भर्खरै :

नाटो समस्या हो, समाधान होइन

रुसको जघन्य आक्रमणलाई माफ गर्न सकिँदैन । रुसी सीमातिर नाटोलाई विस्तार गर्नु नै यस आक्रमणको कारण हो । अर्कै परिस्थितिमा लडाइँ हुने थियो कि थिएन, हामी भन्ने अवस्थामा छैनौँ । यति बेलासम्मको लडाइँ हेर्दा सम्झौता गर्नेहरूले नाटोमा संलग्न नहुने शान्ति सम्झौताको सर्तमा सहमति जनाउने खबर छ ।
नाटोलाई पूर्वतिर विस्तार गर्ने कार्यको रुसले लामो समयदेखि प्रतिकार गर्दै आएको छ । खासगरी व्यवहारमा युक्रेनलाई नाटो गठबन्धनमा सामेल गराएको प्रति रुस रुष्ट छ । आक्रमण गर्नु अघिसम्म उसले नाटोले आफूलाई घेराबन्दीमा पारेकोमा बारम्बार आपत्ति जनाएको थियो ।
केही समयअघि युरोपेली युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलले नाटोलाई युक्रेनसम्म विस्तार गर्नु गल्ती भएको स्वीकारे ।
“म गल्ती स्वीकार्न तयार छु । हामीले धेरै गल्तीहरू ग¥यौँ र पश्चिमसँग रुसी घनिष्ठताको सम्भावना गुमायौँ,” उनले फ्रेन्च टेलिभिजन टीएफ १ लाई भने । “हामीले अझ राम्रो गर्नसक्ने समय थियो, हामीले प्रस्ताव गरेर पूरा गर्न नसकेको स्थिति पनि थियो । उदाहरणको लागि, हामीले युक्रेन र जर्जियालाई नाटोको सदस्य बनाउने वचन दियौँ ।”
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोस, चिनियाँ नेता सी चिनफिङ र भेनेजुयलाका निकोलस माडुरोले वर्तमान युद्ध थालनी गर्ने प्रमुख उत्प्रेरक नाटोको आक्रामकतालाई मानेका छन् ।
धेरै वर्षदेखि क्यानडाको संसद् र मिडियाले रुसले नाटो विस्तारको विरोध गरेको रिपोर्ट दिइरहेका थिए । सन् २०१४ मा ‘नेसनल पोस्ट’ ले एउटा खबर छाप्यो । त्यसमा संरा अमेरिकाले कसरी ‘सुन्तले क्रान्ति’ गराएको थियो भन्ने वर्णन थियो । त्यसबाट नाटो गठबन्धनसँगको युक्रेनको साठगाँठमा रुसले किन विरोध जनाउँछ भन्ने स्पष्ट हुन्छ । अन्तर्राष्ट्रिय नीतिका संवाददाता म्याथ्यु फिसरले लेखे, “युक्रेन नाटोमा संलग्न भए र आफ्नो कालो सँगरका बन्दरगाहहरू तथा उत्तरी भेगका विमानस्थलहरूलाई पश्चिमा युद्धपोत र बमवर्षकहरूलाई खुला बनायो भने त्यो रुसको कोखमा छुरा हानेझैँ हुन्छ ।”
नाटोमा संलग्न हुनु भनेको युक्रेनको सेना नाटोको मातहत राख्नु हो, आफ्नो विदेश नीति नाटो गठबन्धनलाई सुम्पनु हो । युरोपका अन्य नाटो देशले जस्तै युक्रेनले पनि घातक अमेरिकी अस्त्र प्रणालीलाई ठाउँ दिनुपर्छ ।
सन् १९९९ मा १६ सदस्य रहेको नाटोमा आज ३० सदस्य देश छन् । क्यानडाले जबरजस्ती नाटोको विस्तार नीति प्रसार गर्दै आएको छ । जर्मनीको एकीकरण स्वीकारे नाटो एक इन्च पनि पूर्वतिर सर्नेछैन भनी कुनै बेला सोभियत अधिकारीहरूलाई वचन दिइएको थिएन । सन् १९९३ मा ज्याँ क्रेतीनले नेतृत्व सम्हालेपछि नाटोमा नयाँ सदस्य थप्न थालियो । सोही दशकको आरम्भमा युक्रेनलाई नाटोको ‘शान्तिका लागि साझेदारी’ र ‘उत्तर एटलान्टिक सहकार्य आयोग’ मा सदस्य बनाइयो । क्यानडाले युक्रेनलाई आफ्नो सैन्य तालिम र सहकार्य कार्यक्रम (एमटीसीपी) को सदस्य बनायो । यो तालिम नाटो देशसँग काँधमा काँध मिलाएर लड्न सक्ने सैन्य क्षमता बढाउन दिइने गरिन्छ । क्यानडा सरकारको ‘युक्रेनमा क्यानडाको साझेदारी’ वेब साइटमा लेखिएको छ – सन् १९९३ यता “एमटीसीपी अन्तर्गत सबैभन्दा धेरै तालिम र पैसा पाउने देश युक्रेन हो ।”
सन् १९९६ मा क्यानडाका प्रधानमन्त्रीले सार्वजनिकरूपमा युक्रेन नाटोमा सहभागी हुने बताए । तर, युक्रेनीहरू र तिनका नेताहरू यसमानेमा अलि अन्योलग्रस्त रहे । सन् २००४ मा नाटोमा संलग्न हुनुपर्ने कुरामा खुलेर लाग्ने व्यक्तिहरूलाई युक्रेनको सत्तामा ल्याउन क्यानडा र संरा अमेरिकाले सघायो । सन्तले क्रान्तिपछि राष्ट्रपति बनेका भिक्तोर युश्चेन्कोले पदभार सम्हालेको महिनादिनपछि नाटो सम्मेलनमा जर्ज बुशलाई भेटे । २००५ को फेब्रुअरीमा भएको बैठकमा अमेरिकी राष्ट्रपतिले नाटोमा युक्रेनको सदस्यतालाई सघाउने बताए । अर्को वर्ष नाटोले युक्रेनलाई नाटोको पूर्ण सदस्य बनाउने प्रक्रिया थाल्यो । युश्चेन्कोको बल यसमै थियो ।
नाटोको छाताले रुसी भालुलाई घोच्दा
नाटोका विस्तारवादीहरूलाई युक्रेनी मतदाताहरूले पाखा लगाए । सन् २००६ को संसदीय निर्वाचनमा भेगीय दलका नेता भिक्तोर यानुकोभिचले भारी मत ल्याए र नाटोको विषयमा विवाद उठ्दा सन् २००८ मा ६ महिनाको लागि संसद् ठप्प भयो । त्यतिबेला गरिएको मतसर्वेक्षणमा बहुसङ्ख्यक युक्रेनीहरूले नाटोमा संलग्न हुने विचार अस्वीकार गरे । एक चौथाइ युक्रेनीहरूले मात्र गठबन्धनमा जान चाहेको संरा अमेरिकी राष्ट्रिय सुरक्षा आयोगका पूर्व सोभियत सङ्घविद् एफ स्टेफेन लाराबीले सन् २०११ मा बताएका थिए । तिनले नाटोलाई खतराभन्दा पनि एकखाले सुरक्षा कवच ठानेका थिए ।
तैपनि, जर्ज बुशलाई पछ्याउँदै (क्यानडाका प्रम) स्टेफेन हार्परले युक्रेनलाई नाटोमा संलग्न हुन दबाब दिए । २००८ को अप्रिलमा भएको नाटो सम्मेलन प्रम हार्परले युक्रेन नाटोमा संलग्न चाहे ‘बलियो सहयोग’ दिने बताए । हार्परले घोषणा गरे, “म हाम्रा नाटो साझेदारहरूलाई आह्वान गर्छु, युक्रेनलाई गठबन्धनको पूर्ण सदस्य दिने विषयमा हामी एकमत हुनुपर्छ ।” तर, जर्मनी र फ्रान्सले कडा शब्दमा यसमा विरोध जनाए । उनीहरू रुसको भावी प्रतिक्रियाबारे सचेत थिए । संरा अमेरिकाको दबदबा रहेको सैन्य गठबन्धनले युरोपकेन्द्रित सुरक्षा चासोहरूको घाँटी निमोठ्ने ती देशलाई थाहा थियो ।
सन् २०१० मा राष्ट्रपति निर्वाचन जितेपछि यानुकोभिचले नाटोको सदस्य हुने विषय थमौतीमा राखे । २०१० जूनमा युक्रेनी संसद्ले नाटो सदस्यता त्याग्ने पक्षमा मतदान ग¥यो । तर, २०१४ फेब्रुअरीमा संरा अमेरिका र क्यानडाले यानुकोभिचलाई हटाउन भूमिका खेले । अमेरिकी सहायक राज्यमन्त्री भिक्टोरिया नुलान्ड र युक्रेनका लागि अमेरिकी राजदूत जोफ्री प्याटले छनोट गरेको व्यक्ति आर्सेनी यात्सेन्युकले कू पछि बनेको असंवैधानिक सरकारको नेतृत्व ग¥यो । उसले नाटोको सदस्यता लिन संसद्सँग अनुरोध गर्ने बतायो । २०१४ को डिसेम्बरमा संसद्ले युक्रेनको असंलग्न परराष्ट्र नीति त्याग्यो र नाटोमा संलग्न हुन आह्वान ग¥यो ।

“युक्रेन नाटो सदस्यहरूसँग मिलेर काम गर्ने सैन्य क्षमता हासिल गर्न चाहन्छ” र क्यानडाले यसमा उसलाई सघाउन सक्रिय छ । जनवरी ३० मा ‘ला प्रेसे’ अखबारले खबर लेख्यो, “क्यानडाली तालिमले युक्रेनी सेनालाई नाटोसँगै तालिम गर्न र संयुक्त कारबाहीहरू गर्नसक्ने बनाउँछ ।” अखबारले लेफ्टिनेन्ट कर्नेल लुसे–फ्रेडरिक गिलबर्टको भनाइ उद्धृत गर्छ, “हामी उनीहरूलाई नाटो सेनासँग संयुक्तरूपमा काम गर्ने स्तरमा ल्याउँदै छौँ । सोभियत मोडलमा रहेको सेनालाई नाटो मोडलमा फेर्नु नै हाम्रो उद्देश्य हो ।”

त्यसयता क्यानडाले आफ्ना महत्वपूर्ण स्रोतसाधन नाटोमा युक्रेनलाई संलग्न बनाउन युक्रेनी सेनालाई तालिम दिन खर्चियो । यानुकोभिच सत्ताच्यूत हुँदा युक्रेनी सेनाको स्थिति खस्केको थियो । ७ वर्षदेखि २०० क्यानडाली तालिमकर्ताहरूले अपरेसन युनिफायरमार्फत युक्रेनलाई नाटोमा जोड्न ‘युक्रेनी सशस्त्र बललाई आधुनिक बनाउँदै’ थिए । यो भनाइ रक्षामन्त्री हरजित सज्जानको हो । सन् २०१७ राष्ट्रिय प्रतिरक्षाको स्थायी समितिले ‘युक्रेनको सङ्कट र सशस्त्र द्वन्द्वका निम्ति क्यानडाली सहयोग’ नामक रिपोर्ट छाप्यो । यसमा लेखिएको थियो, “युक्रेन नाटो सदस्यहरूसँग मिलेर काम गर्ने सैन्य क्षमता हासिल गर्न चाहन्छ” र क्यानडाले यसमा उसलाई सघाउन सक्रिय छ । जनवरी ३० मा ‘ला प्रेसे’ अखबारले खबर लेख्यो, “क्यानडाली तालिमले युक्रेनी सेनालाई नाटोसँगै तालिम गर्न र संयुक्त कारबाहीहरू गर्नसक्ने बनाउँछ ।” अखबारले लेफ्टिनेन्ट कर्नेल लुसे–फ्रेडरिक गिलबर्टको भनाइ उद्धृत गर्छ, “हामी उनीहरूलाई नाटो सेनासँग संयुक्तरूपमा काम गर्ने स्तरमा ल्याउँदै छौँ । सोभियत मोडलमा रहेको सेनालाई नाटो मोडलमा फेर्नु नै हाम्रो उद्देश्य हो ।”
युक्रेनलाई नाटोमा ल्याउन क्यानडाले सुरक्षा सुधारमा नाटो–युक्रेन संयुक्त कार्यदललाई खर्च दिइरहेको छ र सन् २०१९ यता कीभमा नाटो सम्पर्क दूतावास ९ऋयलतबअत एयष्लत भ्mदबककथ० को काममा सघाउँदै आएको छ ।
२०२० जूनमा नाटोले युक्रेनलाई ‘विस्तृत अवसर प्राप्त सहयोगीको स्थान’ दिने प्रस्ताव राख्यो । बेलायत सरकारको प्रतिवेदन ‘सन् २०१४–२०२१ बीच युक्रेनलाई सैन्य सहयोग’ अनुसार “सो स्थान पाएपछि युक्रेनले नाटोको सैन्य अभ्यास, तालिम, सूचना आदानप्रदान र पूर्वसूचना आदिमा पहुँच पाउँछ र संयुक्तरूपमा काम गर्ने क्षमता बढाउन सक्छ । २०२० सेप्टेम्बरमा युक्रेनले आफ्नो भूमिमा बेलायती, अमेरिकी र क्यानडाली सैन्य दस्तासँग संयुक्त सैन्य तालिमको आयोजना ग¥यो जुन युक्रेनले पाएको नयाँ विशेष स्थानअन्तर्गत गरिएको पहिलो अभ्यास थियो ।”
त्यसयता धेरै महत्वपूर्ण अभ्यासहरू भएका छन् । सन् २०२२ सम्म योजना बनाइएका यस्ता अभ्यासहरूमा दसौँ हजार सैनिकहरू संलग्न छन् । युक्रेनको नाटोकरणले गर्दा मस्को चिढियो । युक्रेनलाई ठाउँमा ल्याउन २०२१ अप्रिलमा ५० हजार रुसी सेना सीमामा तैनाथ गरियो । नोभेम्बरमा रुसले दसौँ हजार थप सेना सीमामा लग्यो । युक्रेनलाई नाटोमा नलगियोस् भनेर मस्कोले माग गरेको थियो । त्यो माग औपचारिकरूपमै अस्वीकार भयो ।
रुसलाई कमजोर बनाउन युक्रेनीहरूलाई गोलीको चारा बनाउने सोचले क्यानडाका विदेशमन्त्री बोलिन् । मध्य जनवरीमा मेलानी जोलीले जोड दिइन्, “क्यानडाको अडान फेरिएको छैन ।… युक्रेन नाटोमा संलग्न हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।”
रुसी आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो । तर, क्यानडाले पनि युक्रेनलाई नाटोको सदस्य बनाउने दिशामा धकेल्नु हुँदैनथ्यो । अहिले क्यानडाले युक्रेनलाई नाटोमा ल्याउने कुराको विरोध गर्नुपर्छ र उसलाई तटस्थ देश रहन दिनुपर्ने पक्षमा बोल्नुपर्छ । अष्ट्रिया र फिनल्यान्ड पनि तटस्थ छन् । युक्रेनलाई पनि ती देशकै स्थान दिनुपर्छ ।
शान्तिप्रेमी क्यानडाका जनताले क्यानडालाई नाटोबाहिर ल्याउन हाम्रो प्रयास दोब्बर पार्नुपर्छ । रुसी आक्रमणको लागि बाटो खनिदिने काममा नाटो गठबन्धनको पूर्वी विस्तारको योजनाले सानो भूमिका खेलेको भए पनि गएका २० वर्षहरूमा लिबिया, अफगानिस्तान र युगोस्लाभियामाथिको आक्रमणमा यो थप नकाम हो । त्यसैले पनि नाटो गठबन्धनको विरोध गर्न आवश्यक छ ।
केही हप्ताअघि पूर्व बोलिभियाली राष्ट्रपति ते मोरालेसले भन्नुभयो, “नाटो विश्व शान्ति र सुरक्षाको लागि खतरा हो । त्यसैले हामी ल्याटिन अमेरिकी सामाजिक आन्दोलनहरूसँग मात्र सहकार्य गर्दै छैनौँ । बरु, नाटोलाई निमिट्यान्न पार्न सबै महादेशका आन्दोलनहरूसँग हातेमालो गर्दै छौँ । नाटोविरुद्ध केही गरिएन भने यो मानव जातिकै लागि स्थायी खतरा बन्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *