शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
दक्षिण एसियामा भारत विस्तारवादी देश हो । यसले आफ्ना छिमेकी देशहरूमाथि बिस्तारै सीमा, व्यापार, धर्म, संस्कृति, विकास, कृषि, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सुरक्षा, वातावरणजस्ता महत्वपूर्ण क्षेत्रहरूमा हस्तक्षेप गरी त्यहाँको अर्थतन्त्र नष्ट गर्दै आएको देखिन्छ । नेपाल, चीन, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान, माल्दिभ्स आदि देशमा यसले यस्तै क्षेत्रमा हस्तक्षेप गरिरहेको छ ।
आफ्नै देशभित्र हिन्दूहरूलाई हातमा लिएर अन्य धर्म मान्ने मान्छेहरूमाथि विस्तारवादी नीति लागु गर्दै आइरहेको छ । मुस्लिम धर्ममाथि तुलानात्मकरूपमा सबभन्दा बढी फासीवादी व्यवहार देखाइरहेको छ ।
विभिन्न लेखकहरूले भारतीय जनता पार्टीको वैचारिक सङ्गठन आरएसएस र राष्ट्रिय स्वयम्सेवक सङ्घबारे अमेरिकी ‘कु क्लक्स क्लान र भारतीय आरएसएसबीच धेरै सम्मानता छ’ भनेका छन् ।
‘आजको भारत’ चिनाउन रचनाकारहरूलाई यस पुस्तकमा पाँच खण्डमा विभाजित गरिएको छ ।
पहिलो, संसारकै सबभन्दा ठूलो ‘लोकतन्त्र’ भनिएको भारतमा मोदी प्रधानमन्त्री बनेयता फासीवादी शासनमा परिणत भएको प्रसङ्ग छ ।
दोस्रो, विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको, दोस्रो ठूलो सेना, अन्तरिक्ष केन्द्र भएको, आणविक अस्त्र सम्पन्न, औषधि निर्माणमा विश्वशक्ति बन्न अग्रसर भनिएको देशले कोभिड महामारीमा भारतले आफ्ना नागरिकलाई अक्सिजन र औषधि उपलब्ध गराउन सकेन । मरेकाहरूको शवदाह गर्न दाउरासमेत उपलब्ध गराउन सकेन । स्वतन्त्रतापछि भारतमा सबभन्दा ठूलो विपत्ति गलत नेतृत्वको कारण कोभिड महामारी फैलियो ।
तेस्रो, हिजो आज भारतले बितेका केही दशकमा महत्वपूर्ण फड्को मारेको छ । तथापि, भारत अझै संसारकै सबभन्दा धेरै गरिबहरू भएको देश हो भन्ने मूल्याङ्कन भारतीयहरूको छ ।
चौथो, धर्म निरपेक्ष भारतमा मोदी शासनमा हिन्दूत्वकरणको लागि गरिएका आपराधिक षड्यन्त्रहरूबारे चर्चा गरिएको छ । कसरी भारतलाई धर्म निरपेक्ष भन्न सकिन्छ ? इसाईहरूलाई विभिन्न निहुँमा दमन गर्ने गरिन्छ ।
पाँचौँ, अन्यायको विरोधमा किसानहरूले सधैँ प्रतिरोध गरेको इतिहास छ । चालु भारतीय किसान आन्दोलनले पनि त्यही गौरवशाली परम्पराको अनुशरण गरिरहेको ठहर्छ । भारत सरकारले ल्याएका किसानविरोधी विधेयक लाखौँ जनताले वर्षभरि दुःख, कष्ट सहेर आन्दोलन गर्दा फिर्ता लियो ।
किसानका मागहरू सम्बोधन गर्न अझै बाँकी छ । भारतीय शासकहरू भन्ने गर्छन्, विश्वसामु हामी शक्तिशाली छौँ, हाम्रो देश गौरवशाली हो । बेलायतीहरूले ‘नीच भारतीय’ नाम राखेका थिए । ‘मध्यरातिको स्वतन्त्रता’ पुस्तक पढ्दा बेलायतीहरूले भारतीयहरूलाई ‘फोहर, अवसरवादी, चरित्रहीन र कायर भन्ने गरेको पाइन्छ ।
ठूलो भूभाग भएको देश हुँ भन्नेले पाकिस्तान, बङ्गलादेश, भुटान, नेपाल आदि देशको सीमा मिचिरहेको छ । भारतको सेना अझै नेपालमा छ ।
आफ्नी आमालाई हेप्नेलाई बच्चाले कहिले पनि सजाय नगरी छाड्दैन । त्यो पनि भारतले बुझ्नुपर्छ । नेपालीको ‘बहादुर’ भन्ने उपाधीलाई भारतले बुझेको छ कि छैन ? नेपाल भारत होइन । नेपाल हिजो अङ्ग्रेजहरूलाई हराएको देश हो ।
Leave a Reply