चीन–प्रजग कोरिया सम्बन्धमा नयाँ मोड
- जेष्ठ २५, २०८३
जून ९ तारिखमा दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ उत्तर कोरियाको राजकीय भ्रमण सम्पन्न भएपछि पेइचिङ फर्कनुभएको छ ।
विमानस्थल जाने क्रममा प्योङयोङका विभिन्न क्षेत्रका नरनारीहरूले बाटोका दुवैपट्टि उभिएर दुवै देशका राष्ट्रिय झण्डा र ताजा फूल हल्लाएर राष्ट्राध्यक्ष सीलाई बिदाइ गरेका छन् ।
उहाँको सम्मानमा उत्तर कोरियाली श्रमिक पार्टीका महासचिव एवम् राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उन तथा श्रीमती री सुलले विमानस्थलमा राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआनका लागि भव्य बिदाई समारोहको आयोजना गर्नुभएको छ ।
जुन ९ तारिखमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन प्योङयोङ कुम्सुसान अतिथि भवनमा उत्तर कोरियाली श्रमिक पार्टीका महासचिव एवम् राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उन तथा श्रीमती री सुल ज्यूद्वारा आयोजित सानो परिधिको दिवा भोजमा सहभागी हुनुभएको छ ।
सो अवसरमा दुवै पार्टी र दुवै देशका सर्वोच्च नेतागणले चीन उत्तर कोरियाको परम्परागत मित्रतालाई सुदृढ पार्न र बिँडो थाम्नका लागि गहन रूपमा वैचारिक आदान प्रदान गर्नुभएको छ ।
महासचिव किम जोङ उनसँगसँगै चीन उत्तर कोरिया सम्बन्धलाई अझ विकसित पार्दै दुवै देशको समाजवादी कार्यमा नयाँ सशक्त जीवन्त शक्ति थपिदिँदै जान आफू इच्छुक रहेको राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ ।
किम जोङ उनले यो भ्रमणको दुवै देश सम्बन्ध र यसै क्षेत्रको भावी विकासका लागि ज्यादै महत्वपूर्ण अर्थ रहेको बताउनुभयो । यस भ्रमणमा सम्पन्न महत्वपूर्ण मतैक्यलाई राम्ररी व्यवहारमा उतारेर उत्तर कोरिया सम्बन्धलाई नयाँ उचाइमा पु¥याउँदै जान उत्तर कोरिया इच्छुक रहेको पनि उहाँले औँल्याउनुभएको छ ।
Leave a Reply