भर्खरै :

तिब्बतबारे झूटा प्रचारको खण्डन

ल्हासा, २९ मार्च (सिन्ह्वा) । चीनको दक्षिणपश्चिम तिब्बत स्वशासित क्षेत्रमा प्रस्ट र प्रभावशाली प्रगति सधैं खेदो खन्दै बस्नेहरू त्यहाँ केही पनि देख्दैनन् । उनीहरू कहिलेकाहीँ तिब्बतको विषयमा भ्रमपूर्ण आरोप लगाउने गरेका छन् ।
केही पश्चिम सञ्चारमाध्यम र व्यक्तिले बदनियतका साथ तिब्बतको तथाकथित मानवअधिकार र अन्य मुद्दाबारे अनुचित हमला गर्छन् । उनीहरूले हल्ला र झुटकै भरमा यसरी खेदो खन्ने गर्छन् । संरा अमेरिकी सरकारको पैसाले चलेको रेडियो फ्रि एसिया समाचार सेवाले तिब्बतमा चीनको ‘मानवअधिकार उल्लङ्घन’ को दोषारोपण गरेर प्रकाशित गरेको प्रतिवेदन यसको पछिल्लो उदाहरण हो ।
यस्ता कामलाई ‘राजनीतिक भाइरस’ को संज्ञा दिन सकिन्छ र कहिलेकाहीँ यस्ता भाइरस खतरनाक संसारभर करोडौं जनतालाई दुःख दिइसकेको नोबेल कोरोनाभाइरसभन्दा बढी घातक हुन सक्छ ।
तिब्बतले कोभिड–१९ को निकै प्रभावकारी ढङ्गले नियन्त्रण ग¥यो । उसले पनि त्यहाँको मानवअधिकारको अवस्था देखाउँछ । बितेका दुई वर्षभन्दा लामो समययता तिब्बतमा कोही पनि नयाँ वा शङ्कास्पद सङ्क्रमित छैन । अहिलेसम्म तिब्बतमा एक जना मानिस सङ्क्रमित भएका छन् भने त्यो रोगको कारण मर्ने मानिस शून्य छ ।
त्यसबाहेक पनि खेदो खन्ने ठाउँ अरू केही छैन । ३६ लाख ५० हजार जनसङ्ख्या भएको तिब्बतमा कोभिड–१९ खोप लगाउने मानिसको सङ्ख्या बढिरहेको छ । जनवरी महिनाको मध्यसम्म तिब्बतमा ८० लाख खोप लगाइसकेको छ ।
तिब्बत संसारकै एक मात्र सबभन्दा सुरक्षित ठाउँ हो भन्न नमिले पनि त्यो संसारको सबभन्दा सुरक्षित स्थानमध्ये एउटा हो भन्न सकिन्छ । जनस्वास्थ्य र सुरक्षामा यस्तो उपलब्धि चीनले मानवअधिकारको रक्षा गर्छ भन्ने कुराको एउटा साधारण उदाहरण मात्र हो । जुनसुकै जातिको भए पनि सबै जनताको भलाइको निम्ति चीनले काम गर्छ भन्ने यो उदाहरण हो ।
विगत दसकमा तिब्बतमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । सन् १९५१ मा तिब्बत शान्तिपूर्वक मुक्त भयो । त्यसयता तिब्बतले गरिबीबाट समृद्धितिर, एकतन्त्रबाट प्रजातन्त्र र उपेक्षाबाट खुलापनको यात्रा ग¥यो ।
चिनियाँ कम्युनिस्ट पार्टीको सशक्त नेतृत्वमा तिब्बतको क्षेत्रीय कुलगार्हस्थ उत्पादन बढ्यो । गरिबी र भोक विगत बन्यो । मानिसको गोजी भरिन थाल्यो । लगातार १९ वर्षसम्म दुई अङ्कको वृद्धिले ग्रामीण क्षेत्रका जनताको प्रतिव्यक्ति खर्च गर्ने क्षमता पनि बढ्यो ।
सन् १९५१ मा तिब्बतको औसत आयु ३५.५ वर्ष थियो भने गत वर्ष त्यहाँको औसत आयु ७२.१९ पुगेको छ । तिब्बत शिशुशालादेखि उच्च माविसम्म पन्ध्र वर्षको निःशुल्क सरकारी खर्चमा शिक्षा दिने चीनकै पहिलो प्रदेश हो ।
तिब्बतमा आदिबासी तिब्बती जनताको जनसङ्ख्या बढिरहेको छ । सन् २०२० मा तिब्बतमा स्थायी रूपमा बस्ने तिब्बतीको सङ्ख्या ३१ लाख ४० हजार छ । सन् २०१० मा झन्डै १६ प्रतिशतले उनीहरूको जनसङ्ख्या वृद्धि भएको छ भने सन् २००० मा ३० प्रतिशतले उनीहरूको जनसङ्ख्या वृद्धि भएको थियो ।
चीनका कुनै पनि ठाउँमा जस्तै तिब्बतमा पनि धार्मिक स्वतन्त्रताको सुरक्षा गरिएको छ । सबै धर्म र सम्प्रदायका साथै आस्तिक र नास्तिकलाई तिब्बतमा समान व्यवहार गरिन्छ । तिब्बतमा १७ सत्न्दा बढी तिब्बती बौद्ध गुम्बा, चार वटा मस्जिद र एउटा क्याथोलिक गिर्जाघर छ ।
झुटमा सधैँ कति पनि वास्तविकता हुँदैन । मानिसले के ठीक के बेठीक पहिल्याउन सक्छन् । केही पश्चिमा देशहरू अरू देशका आन्तरिक मामिलामा थिचोमिचो गर्न र मानवअधिकारको बहानामा उनीहरूको प्रगति रोक्न खोज्छन् । उनीहरू त्यस्ता सबै प्रयास असफल हुने पक्का छ ।
कसैको बद्ख्वाईं र झूटले तिब्बतको समग्र विकास कदापि रोकिनेछैन । बरु यसले केही पश्चिमा देश, संस्था र व्यक्तिको पाखण्डी मात्र उदाङ्गिनेछ ।
त्यस्ता शक्तिले तिब्बत र समग्र चीनका वास्तविकता र सत्य कुरालाई नियाल्ने समय आएको छ । अरूमाथि हिलो छ्याप्ने र दोषको भारी अरूका काँधमा थोपर्ने बठ्याइँले विशेषतः महामारीले बनाएका पश्चिमा देशहरूका घाउ निको पार्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *