हर्मुजदेखि पनामासम्म अमेरिकाको डकैती
- बैशाख २६, २०८३
सन् १९९१ डिसेम्बर २६ मा सोभियत सङ्घको विघटनपछि साम्राज्यवादी, प्रतिक्रियावादीहरूले उत्सव मनाए । “समाजवाद असफल भयो”, “माक्र्सवाद पुरानो भयो” भनी झूटको खेती गरे । पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू ढालिए । त्यसले विश्व कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलनमा प्रभाव पार्नु स्वाभाविक थियो । सोभियत सङ्घको विघटनपछि संरा अमेरिकाले आपूmलाई विश्वको एकल महाशक्ति घोषणा ग¥यो । विश्वबाट सोभियत रुसको प्रभाव मेटाउन, आर्थिकरूपमा कमजोर बनाउन संरा अमेरिका लागिप¥यो र त्यसले ‘समाजवादी युगको अन्त्यको घोषणा’ समेत ग¥यो ।
त्यस्तो संवेदनशील समयमा नेता किम इल सङले सन् १९९२ अप्रिल २० मा प्योङयाङ घोषणापत्र जारी गरेर साम्राज्यवादविरोधी साझा मञ्च खडा गर्नुभयो । प्योङयाङ सम्मेलनले विश्वका कम्युनिस्ट, समाजवादप्रति आस्था राख्ने दल र जनतालाई मनोबल दियो । सोभियत सङ्घको विघटन अस्थायी हारमात्रै हो भन्ने सन्देश दियो । नेता किम इल सङको नेतृत्वमा भएको प्योङयाङ सम्मेलन विश्व कम्युनिस्ट आन्दोलनका निम्ति उल्लेख्य सफलता थियो । त्यसकारण, हामी नेता किम इल सङलाई विश्व कम्युनिस्ट आन्दोलनको योद्धाका रूपमा सम्झन्छौँ ।
जापानी साम्राज्यवादविरोधी सङ्घर्षका ज्वारभाटाहरूमा हुर्कनुभएका नेता किम इल सङले सन् १९५० देखि १९५३ को अमेरिकी साम्राज्यवादविरोधी युद्धमा कोरियाली जनताको मुक्तिको गाथा लेख्नुभयो । उहाँ एक देशभक्त, जनतालाई निकै प्रेम गर्ने पितातुल्य नेता हुनुहुन्थ्यो । कोरियाली जनताको स्वाधीनता, मुक्ति र गौरवका पर्याय हुनुहुन्थ्यो नेता किम इल सङ । विश्व साम्राज्यवादविरोधी दृढ निश्चयी योद्धा, एक तीक्ष्ण रणविद्, सच्चा माक्र्सवादी लेनिनवादी र जुछे विचारधाराका प्रतिपादकको रूपमा उहाँलाई हामी स्मरण गर्छौँ । सिद्धान्त र विचार व्यवहारमा प्रतिबिम्बित हुनुपर्ने उहाँको जीवन मान्यता रह्यो । जुछे विचारधारा मानवजातिकै निम्ति अमूल्य उपहार हो । जनतालाई माया गर्न सिकाउने, सबै कुराको चालक मानिस बनाउने, सबै कुराको निर्णायक जनता हो भन्ने विचार नै जुछे विचारधाराको सार हो । क्रान्ति र निर्माणको संवाहक जनता, देशका मालिक जनता हुन्छन् । जुछे विचार भौतिकवादी चिन्तनको प्रतिफल हो । विश्वका बहुसङ्ख्यक कामदार जनताको एकता र शक्तिले साम्राज्यवादी विश्वको अन्त्य सम्भव छ । यो विश्वास, दृढसङ्कल्प यो युगलाई अझ बढी आवश्यक छ । माक्र्सवादी लेनिनवादी विचार र जुछे विचारबाट सुुसूचित बनाउँदै देशमा समाजवाद निर्माणको गतिलाई अघि बढाउने क्रममा विचारधारात्मक, प्राविधिक तथा सांस्कृतिक क्रान्तिलाई उहाँले जोड दिनुभयो ।
समाजवाद निर्माणमा उहाँको योगदान अतुलनीय रह्यो । संरा अमेरिकी नाकाबन्दीविरुद्ध लडेर आत्मनिर्भर र समाजवादी अर्थतन्त्र निर्माण र विकास, विश्वका स–साना मुलुकहरूका निम्ति प्रेरणा बनेको छ । स–साना देशले पनि सार्वभौमिकता, स्वाधीनता र आफ्नो अस्तित्व रक्षाका लागि एक्लै भए पनि उभिन सक्छन् भन्ने प्रेरणा प्रजग कोरिया र नेता किम इल सङबाट मिल्छ ।
नेता किम इल सङ दूरदर्शी राजनेता हुनुहुन्थ्यो । उहाँले कोरिया पुनः एकीकरणको निम्ति लामो सङ्घर्ष गर्नुभयो । कोरिया पुनः एकीकरणको उहाँको सपना विश्व शान्ति र एसियाको शान्तिका निम्ति आवश्यक छ । उहाँले हरेक समय शान्तिकै पक्ष लिनुभयो । हरेक पाइला शान्तिको पक्ष र युद्धका विरुद्धमा चाल्नुभयो । प्रजग कोरियाले समाजवाद, स्वाधीनता रक्षाका निम्ति विकास गरेको आणविक शक्तिलाई पश्चिमा विश्व अझ भनौँ संरा अमेरिकालगायत साम्राज्यवादी देशहरूले गलत प्रचार गरे, सैनिकीकरणको झूटा प्रचार गरे । निशस्त्रीकरणको निम्ति दबाब दिइयो । प्रश्न उठ्छ, प्रजग कोरियाले आजसम्म कहाँ हमला ग¥यो ? संरा अमेरिकाले २५० वर्षको इतिहासमा २१५ भन्दा बढी देशहरूमा हमला, हस्तक्षेप या अतिक्रमण ग¥यो । युक्रेनको पछिल्लो उपद्रोह एउटा दृष्टान्तमात्र हो । साम्राज्यवादी हमला र युद्धका धम्कीविरुद्ध प्रजग कोरियाको तयारीबाट सार्वभौम देशहरूले सिक्न जरुरी छ ।
महान् नेता किम इल सङ बाल्यकालदेखि देशको मुक्ति, समाजवादको निम्ति सङ्घर्षमा होमिनुभयो । जीवनको अन्तिम घडीसम्म बिनाथकान अघि बढ्नु जीवनकै सुन्दरम पक्ष हो । समर्पण, सङ्घर्ष उहाँको व्यक्तित्व हो । उहाँले समाजवादी क्रान्तिको सफलतापछि देशभित्र समाजवाद निर्माणको अर्को क्रान्तिलाई जोड दिनुभयो । समाजवाद निर्माण अर्थतन्त्र निर्माणमात्र थिएन, नयाँ पुस्ता र उत्तराधिकारी तयारी पनि थियो । साम्राज्यवादविरुद्ध लड्नुका साथै साम्राज्यवादविरोधी विचारका नयाँ पुस्ताको तयारी पनि थियो । उहाँले नयाँ पुस्तालाई जीवनका सिद्धान्तहरू एचष्लअष्उभिक या षिभ बाट दीक्षित बनाउनुभयो । भौतिक विकाससँगै सांस्कृतिक परिवर्तनमा जोड दिनुभयो । जीवनपर्यन्त नयाँ पुस्तालाई क्रान्तिकारी बन्न हौस्याउनुभयो । “क्रान्तिकारीहरू जनतामाथि विश्वास गर्छन् । जनतामा भर पर्छन् । तिनलाई जनताको शक्तिले सधैँ विजयोन्मुख बनाउँछ । जनताको विश्वास डगमगाएको दिनबाट हार र असफलताको सङ्केत मिल्न थाल्छ । त्यसकारण, क्रान्तिकारी बन, जनतालाई केन्द्रमा राख ।” उहाँले नयाँ पुस्तालाई हस्तान्तरण गर्नुभएको जीवन सङ्घर्षको शिक्षा यही हो । देशलाई अप्ठ्याराहरूबाट जोगाउने देशभक्त सत्यको पक्ष लिएर परिवर्तनका निम्ति लड्ने क्रान्तिकारीहरूको बलिदानीले मात्र क्रान्ति सम्भव हुन्छ । मानिसका निम्ति सबैभन्दा ठूलो पीडा र दुर्भाग्य देश नहुनु हो । त्यसकारण, देश जोगाउन तयार रहनु नयाँ पुस्ताको जिम्मेवारी हो भन्दै नयाँ पुस्तालाई उहाँले देशप्रेम पढाउनुभयो ।
उहाँले एचष्लअष्उभिक या ीषभ मा लेख्नुभएको छ, “राजनीति व्यापक जनताको सेवाको निम्ति हो । राजनीतिक कार्यकर्ता फराकिलो मस्तिष्कका हुनुपर्छ । राजनीतिको उद्देश्य क्रान्ति र साम्राज्यवादविरुद्ध मुक्ति हो ।” एक देशको क्रान्तिले अर्को देशलाई ऊर्जा प्रदान गर्दछ । अन्तर्राष्ट्रवादी भावना विश्व कम्युनिस्ट आन्दोलनको आधारजस्तै हो । नयाँ पुस्ताको उद्देश्य कम्युनिस्ट बन्ने हुनुपर्दछ । कम्युनिस्ट बन्न वैचारिक तथा सैद्धान्तिकरूपमा परिपक्व, कामरेडली भावना, समर्पण र त्यागको भावना जरुरी हुन्छ । क्रान्तिको सही अर्थ सङ्घर्षमात्र होइन जीवन पनि हो । जीवन सङ्घर्षबाटै सुन्दर हुन्छ । यो उहाँको जीवनदर्शन हो । उहाँले नयाँ पुस्तालाई पनि भन्नुभयो, “जनताको बीचमा जानु, जनताबाट सिक्नु र जनताकै सेवामा समर्पित रहनु । यसैलाई आफ्नो जीवनपद्धति बनाउनु ।” उहाँले नयाँ पुस्तालाई अध्ययनमा जोड दिन सल्लाह दिनुभयो । अध्ययन क्रान्तिकारीहरूको आत्मसंस्कृति हुर्काउने आधारभूत प्रक्रिया हो ।
वर्गसङ्घर्षको इतिहास, शोषणको इतिहास अध्ययनविना भविष्यको चिन्तन सम्भव हुँदैन । भौतिकवादी दृष्टिकोणबाट समाजको व्याख्याका निम्ति माक्र्सवाद, लेनिनवादको अध्ययन अनिवार्य छ भन्नुहुन्छ । पार्टी प्रकाशन कम्युनिस्ट पार्टी र कार्यकर्ताको निम्ति मार्गदर्शक बन्दछ ।
नयाँ पुस्तालाई सर्वहारावर्गीय पार्टीप्रति इमानदार, अनुशासित र कर्तव्यनिष्ठ बनाई हुर्काउन पार्टी प्रकाशनले भूमिका खेल्ने हुँदा त्यसमा जोड दिनुभयो । उहाँले भन्नुभएको छ, “पार्टी प्रकाशन विचारधारात्मक क्रान्तिको हतियार हो । देशका उत्तराधिकारीहरू निर्माणको आधार हो ।”
नयाँ पुस्तालाई व्यक्तिगत स्वार्थभन्दा देश र क्रान्तिलाई माथि राखेर जीवनयात्रामा अघि बढ्न उत्प्रेरणा दिनुभयो । मान्छे या जनता बाँचेको ठाउँमा जीवन हुन्छ । त्यसकारण, जनताको जीवन रक्षाका निम्ति उभिन सल्लाह दिनुभयो ।
नयाँ पुस्तालाई कामरेडली भावना, समाजवादी भावना तथा युवा भावनासहित देश र जनताको स्वाधीनता रक्षा गर्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सेवा गर्न हौस्याउनुभयो । उहाँको शिक्षा, विचार तथा योगदान आत्मसात् गर्दै सदा सङ्घर्षमा जुट्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । एक समाजवादका रक्षक तथा साम्राज्यवादविरोधी योद्धाका रूपमा उहाँ युग युगसम्म बाँचिरहनु हुनेछ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सांसद सृजना सैँजूले कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डलको संयुक्त आयोजनामा चैत २१ गते भएको किम इल सङको ११० औँ जन्मदिवस कार्यक्रममा व्यक्त गर्नुभएको विचार–सम्पादक)
Leave a Reply