भर्खरै :

संरा अमेरिकी साम्राज्यवाद संसारमा के गर्दै छ ?

रुस र युक्रेनबीच सैनिक द्वन्द्व सुरु भएयता यो सङ्कटपछाडि संरा अमेरिका र नाटोले खेलिरहेको भूमिकाप्रति अन्तर्राष्ट्रिय समुदाय बढी सजग बनेको छ । जैविक प्रयोगशालालाई सहायता दिनेदेखि संसारभर जातीय विभाजन तथा वैचारिक द्वन्द्व चर्काउनेसम्म, ‘कुरा नमान्ने देशहरू’ माथि नाकाबन्दी थोपर्नेदेखि अरू देशलाई आफ्नो पक्ष लिन दबाब दिनेसम्म गरेर संरा अमेरिकाले ‘शीतयुद्धको योजनाकार’ अथवा आफै ‘शत्रु’ बनाउने ‘रक्तपिपासु’ ले जस्तो व्यवहार गरिरहेको छ र युद्धको डावानलबाट अकुत सम्पत्ति कुल्याउने गरेको छ । संसारका विभिन्न सञ्चारमाध्यमले महाशक्ति कहलिएको संरा अमेरिकाले कसरी एकपछि अर्को सङ्कट निम्त्याएर संसारमा समस्या थोपरिरहेको छ भन्ने कुरा समाचार, लेखरचना र कार्टुनमार्फत पाठकलाई जानकारी दिँदै आएका छन् ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिका संसारको जताततै जङ्गली पाराले दौडादौड ग¥यो । जताततै युद्धको विष छर्दै गयो । जहाँ जाँदा पनि घृणा फैलाउँदै गयो । जैविक क्षेत्रमा होस् वा वैचारिक क्षेत्रमा, संरा अमेरिकाले जताततै विषवमन गरिरहेको छ ।
रहस्यपूर्ण जैविक प्रयोगशाला
रुस र युक्रेनबीच द्वन्द्व चर्किएपछि युक्रेनमा रहेका संरा अमेरिकी पैसाले चलेका जैविक प्रयोगशालाबारे संसारको ध्यानाधकर्षण ग¥यो । रुसका सहायक विदेशमन्त्री सर्गेइ ¥याबकोभले मार्च २२ मा संरा अमेरिकाले युक्रेनमा जैविक हतियार बनाउने सम्भावनासहितका जैविक प्रयोगशाला स्थापना गरेको रुसको लागि सह्य हुन नसक्ने बताएको टास समाचार संस्थाले जनाएको छ ।
अघिल्लो महिना रुसको रक्षामन्त्रालयले युक्रेनमा बनेका जैविक प्रयोगशालाहरूमा संरा अमेरिकाले २० करोडभन्दा बढी अमेरिकी डलर खर्च गरेको खुलासा गरेको टासले नै बताएको छ ।
रुसी सेनाले संरा अमेरिकाले युक्रेनमा कम्तीमा तीस वटा जैविक प्रयोगशालाको सञ्जाल स्थापना गरेको प्रमाणित गर्ने आफूसँग आधिकारिक कागजात भएको बताएको छ । ती प्रयोगशालाहरूमा निकै खतरनाक जैविक प्रयोग गर्न सक्ने र त्यहाँ प्लेग, एन्थ्राक्स, तुलारेमिया, हैजालगायत अन्य प्राणघातक रोगहरू पैmलाउन सक्ने जीवाणु बनाउन सकिन्छ । ती सबै काममा पेन्टागनको राष्ट्रिय चिकित्सकीय गुप्तचरी केन्द्रको लागि संरा अमेरिकी सुरक्षा चुनौती न्यूनीकरण विभाग (डीटीआरए) ले प्रत्यक्ष लगानी र अनुगमन गर्ने गरेको संयुक्त राष्ट्र सङ्घको लागि रुसका स्थायी प्रतिनिधि भास्सिली नेबेन्जियाले भने ।
रुसको रक्षा मन्त्रालयले किभ, खार्कोभ र ओडिसाका प्रयोगशालामार्फत् यस्ता परियोजना कार्यान्वयनमा लगिने तयारी रहेको जानकारी रहेको बताएको छ । बसाइसराइ गर्ने चरहरूमार्फत् एच५एन१ इन्फ्युन्जा (मानिसलाई ५० प्रतिशतसम्म प्राणघातक मानिने) जीवाणु र न्युक्यासल आदि खतरनाक रोग फैलाउने सम्भावनाबारे ती प्रयोगशालामा अध्ययन हुने गरेको बताइएको छ ।
त्यहीँ कार्यान्वयनमा रहेका अन्य परियोजनाअन्तर्गत चमेरोलाई जैविक हतियारको रूपमा प्रयोग गर्न सकिने सम्भावनाबारे अनुसन्धान हो । चमेराबाट मानिसमा सङ्क्रमण गर्न सकिने ब्याकटेरिया र भाइरल जीवाणुको अध्ययनलाई पनि त्यहाँ प्राथमिकतामा राखिएको छ । प्लेग, लेप्टोपिरोसिस, ब्रुसिलोसिसका साथै कोरोनाभाइरस र फिलोभाइरस आदि जीवाणुबारे अध्ययन गरिएको छ ।
खार्कोभको जैविक प्रयोगशालामा चमेराको शरीरमा हुकाईएको १४० भन्दा बढी भाँडो विदेश पठाइएको प्राप्त कागजपत्रको विश्लेषणबाट देखिएको नेबेन्जियाको भनाइबाट थाहा हुन्छ ।
संरा अमेरिकाले संसारभर ३० देशहरूमा बनाएका ३३६ वटा जैविक प्रयोशालामध्ये युक्रेनको प्रयोगशाला त निकै कम सङ्ख्यामात्र हो । रुसी रक्षामन्त्रालयका अनुसार अधिकांश प्रयोगशालाहरू मध्यपूर्व, दक्षिणपूर्वी एसिया, अफ्रिका र पूर्व सोभियत सङ्घको वरपरका देशहरूमा छन् ।
गोप्यता कायम गर्ने हर प्रयास गर्दा पनि विदेशमा खोलिएका संरा अमेरिकी जैविक प्रयोगशालाका सन्देहास्पद गतिविधि खुलासा भएको छ । सन् २०२१ को अगस्टमा दक्षिण कोरियाली नागरिक समूहले दक्षिण कोरियाली कानुन मिच्दै संरा अमेरिकी सेनालाई विषाक्त वस्तुको लुकीछिपी पठाइरहेको अभियोगमा फोर्ट डेटरिक जैविक प्रयोगशाला र संरा अमेरिकी सेना कोरिया (युएसएफके) विरुद्ध मुद्दा दायर गरेको थियो ।
सन् २०१५ को डिसेम्बरमा दक्षिण कोरियाली योन्हाप समाचार संस्थाले युएसएफकेले सन् २००९ देखि २०१४ को बीचमा सोलस्थित योङसान व्यारेकमा निस्क्रिय बनाइएका एन्थ्राक्सका नमुना प्रयोग गरी पन्ध्र वटा प्रयोग गरेको खुलासा गरेको थियो ।
रुसले गोप्य कागपत्र सार्वजनिक गरेपछि जैविक प्रयोगशालाबारे संरा अमेरिकी अधिकारीहरूले असङ्गत प्रतिक्रिया दिएका छन् । उनीहरूले त्यस्ता प्रयोगशाला भएको स्वीकारेका छन् । तर, ती परियोजना जनस्वास्थ्यको लागि बनाइएको भन्ने कुरा पुष्टि भने गर्न सकेनन् ।
अशान्ति र विभाजन
संरा अमेरिका आफै ‘टाकुरामाथिको सहर’ र ‘प्रजातन्त्रको प्रकाशपुञ्ज’ आत्मगौरव गर्छ । तर, उसको इतिहास भने युद्ध र हत्याका शृङ्खलाले भरिएको छ । २४० वर्षभन्दा लामो अमेरिकी इतिहासमा १६ वर्ष मात्र युद्धरहित रह्यो ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि संरा अमेरिका संसारकै सबभन्दा शक्तिशाली देश बन्यो । तर, आफ्नो प्रभुत्व कायम राख्न युद्ध नै उसको महत्वपूर्ण हतियार रह्यो ।
दोस्रो विश्वयुद्धको अन्त्यदेखि सन् २००१ सम्मका तथ्याङ्क हेर्दा संरा अमेरिकाले संसारका १५३ ठाउँमा भएका २४८ वटा लडाईंमध्ये २०१ वटा संरा अमेरिकाले सुरु गरेको थियो । अर्थात् ८० प्रतिशतभन्दा बढी द्वन्द्वको सुरुवात संरा अमेरिकाले थालेको देखिन्छ ।
सन् १९५०–५३ मा भएको कोरिया युद्धमा ३० लाखभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका थिए । ३० लाखभन्दा बढी मानिस शरणार्थी बनेका थिए । कोरिया प्रायःद्विपका सबैजसो प्रमुख सहर ध्वस्त भएका थिए ।
तथापि, कोरिया युद्धपछि संरा अमेरिकाले यसबारे केही आत्मसमीक्षा गरेन । कोरिया युद्ध अन्त्य भएलगत्तै संरा अमेरिकाले सन् १९५० दसकमै भियतनाममा संरा अमेरिकाले हमला ग¥यो । दक्षिणपूर्वी एसियामा कम्युनिस्टहरूको प्रभाव रोक्न उसले भियतनाममा पनि हमला गरेको थियो । भियतनाम युद्धको क्रममा संरा अमेरिकी सेनाको निर्ममताको कारण त्यो युद्धलाई दोस्रो विश्वयुद्ध पछिको सबभन्दा लामो लडाई बनाएको थियो ।
भियतनाम सरकारले त्यो युद्धमा २० लाखभन्दा बढी मानिस मारिएको अनुमान गरेको छ । भियत कोङ कम्युनिस्टहरूसँग लड्ने नाममा संरा अमेरिकी सेनाले लाखौँ जनताको हत्या गरेको थियो ।
सन् १९९९ को मार्चमा ‘मानवीय सङ्कट रोक्न’ भन्दै संरा अमेरिकाले नेतृत्व गरेको नाटो सेनाले खुलमखुल्ला संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को कुनै मतलब नगरी ७८ दिनसम्म युगोस्लाभियामाथि बमवारी ग¥यो । त्यहाँ नाटोको बमवारीले धेरै निर्दोष मानिस मारिए ।
सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछि संरा अमेरिकाले अल–कायदा र तालिवानसँग लड्ने नाममा अफगानिस्तानमाथि कब्जा जमायो । अनि नानाथरी आरोपमा इराकमाथि पनि हमला ग¥यो ।
वर्षौंसम्म संरा अमेरिकाले ‘अरब क्रान्ति’ उछाल्यो । लिविया र सिरियामा गृहयुद्धको आगो झोस्यो ।
सन् २००१ यता संरा अमेरिकाले थोपरेका युद्ध र सैनिक कारबाहीले ८ लाखभन्दा बढी मानिसको ज्यान गएको छ । करोडौँ मानिस घरबार छोडेर अन्यत्र बसाइ सर्न बाध्य भएका छन् ।
“हामीले बद्ला लिने धुनमा हाम्रो शत्रुलाई निकै ठुलो देखाउन खोज्यौँ । संसारलाई फेरि बनाउने रवाफ लगाएर युद्ध छेड्यौँ । तर, त्यसले उल्टो हामीलाई नै फेरि बनाइदियो । हामीले आफू लडेकोभन्दा खराब आतङ्कवादीहरूलाई जन्मायौँ”, ९÷११ हमलाको बीसौँ वार्षिकीको पूर्वसन्ध्यामा सन् २०२१ को सेप्टेम्बरमा ‘न्यु योर्क टाइम्स’ का स्तम्भकार माइकल गोल्डबर्गले लेखेका थिए ।
‘प्रजातन्त्र’ को निर्यात
संरा अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले एकपटक भनेका थिए, “संसारको इतिहासमा सबभन्दा युद्ध मनपराउने देश संरा अमेरिका हो ।” अमेरिकी मूल्यमान्यता अर्को देशमाथि थोपर्ने चाहनाकै कारण यस्तो भएको उनको आशय थियो ।
शीतयुद्ध केही हदसम्म वैचारिक प्रतिद्वन्द्वको कारण जन्मेको विश्वव्यापी द्वन्द्व हो । यो क्रममा संरा अमेरिकाले आफ्नै बहसको प्रणाली बनाए र तथाकथित ‘उदार प्रजातन्त्र’ लाई बढावा दियो । उसको सांस्कृतिक प्रभुत्ववादको आधार त्यही थियो ।
‘अमेरिकी घातक निर्यात ः प्रजातन्त्र, संरा अमेरिकी विदेश नीतिबारे सत्य र अरू सबै कुरा’ नामको पुस्तकमा अमेरिकी कूटनीतिज्ञ विलियम ब्लुमले विदेशमा अमेरिकी विस्तार र उसको ‘प्रजातन्त्रको निर्यात’बीच निकटको सम्बन्धबारे प्रस्ट पारेका छन् ।
सन् १८४७ देखि १९८९ को बीचमा संरा अमेरिकाले ६४ वटा गोप्य र ६ वटा खुला कारबाही गरेको बोस्टन कलेजका राजनीतिशास्त्री लिन्डसे ओ रोर्केले आफ्नो पुस्तक ‘गोप्य सत्ता परिवर्तनः अमेरिकाको गोप्य शीतयुद्ध’ पुस्तकमा लेखेका छन् । कोस्टारिका, ग्वाटेमाला, इक्वेडर, बोलिभिया, एल साल्भाडोर, ग्रेनेडा, होन्डुरस, पानामा, हाइटी, भेनेजुयला… अमेरिकाका कुनै पनि ल्याटिन अमेरिकी देश संरा अमेरिकी हस्तक्षेपबाट जोगिएको छैन ।
शीतयुद्ध समाप्त भएपछि संरा अमेरिका अझ हस्तक्षेप गर्न निर्लज्जताका साथ लाग्यो । उसले बारम्बार ‘रङ्गीन क्रान्ति’ निर्यात ग¥यो ।
संरा अमेरिकाले सन् १९७६ मा गरेको एउटा संसदीय अध्ययनले प्रमुख संस्थाहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा गतिविधि गर्न दिने गरेका ७ सय अनुदानमध्ये झन्डै ५० प्रतिशतलाई सीआईएले पैसा दिने गरेको छ । फ्रान्स स्टुनर सान्डर्सले आफ्नो पुस्तक ‘बाजा बजाउनेलाई कसले पैसा तिर्छ ? सीआईए र सांस्कृतिक शीतयुद्ध’ मा लेखेका छन् ।
ती संस्थाहरूले अरू देशका शासक र विद्यार्थीलाई संरा अमेरिकामा पढ्न मद्दत गर्छ । तिनले संरा अमेरिकी स्वार्थको सेवा गर्ने ‘वैचारिक नेताहरू’ लाई छानेर सहयोग गर्ने गर्छ ।
‘प्रजातान्त्रिक क्रान्ति’ लाई आर्थिक मद्दत गर्ने संरा अमेरिकाको लामो समयदेखिको सम्बन्ध छ र आफ्ना प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई लगाएर केही विकासशील देशहरूलाई दबाब दिने गरेको छ ।
संरा अमेरिकी शैलीको प्रजातन्त्र स्वीकार्ने अधिकांश देशहरूले स्थायित्व र समृद्धि हासिल गर्नु त कता हो कता बरु राजनीतिक अस्थिरता र राष्ट्रिय प्रतिगमनको ‘प्रजातान्त्रिक श्राप’ को जालमा फस्न बाध्य हुन्छन् ।
अमेरिकाका राजनीतिशास्त्री माइकल प्यारेन्टीले भने वर्षौं वर्षदेखि संरा अमेरिकाले यस्ता ‘प्रजातान्त्रिक चस्मा’ लगाइरहेको बताए । नमेटिने खालको अहम्ले संरा अमेरिकालाई तथाकथित ‘टाकुरामाथिको देश’ को मापदण्ड बनाउन अभिप्रेरित गरेको र उसको प्रजातन्त्रलाई नै ‘अन्तर्राष्ट्रिय नमुना’ मनाउन खोजेको छ । ‘अन्तर्राष्ट्रिय नमुना’ अप्रमाणित परिकल्पना मात्र हो । यसले अरू देशमाथि दोषको भारी बोकाउने गर्छ । संरा अमेरिकाको ‘प्रजातन्त्रको निर्यात’ को जाँगर वास्तवमा प्रजातन्त्रको लागि होइन, बरु अमेरिकी प्रभुत्व कायम राख्नको लागि हो ।
संरा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले भनेका थिए, “संसारभर स्वतन्त्रताको रक्षा र प्रजातन्त्रको प्रबद्र्धन गर्नु हाम्रो आस्थाको प्रतिविम्बमात्र होइन । यो हाम्रो राष्ट्रिय हितको लागि पनि अत्यावश्यक छ ।”
(द ग्लोबल टाइम्सबाट अनुदित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *