सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
संयुक्त राष्ट्रसङ्घ, २ वैशाख (सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ । यहाँका राजनीतिक दलहरूको सहभागितामा हालै एक परिषद् गठन गरिएको र सोही काउन्सिलमार्फत यो सहयोग गर्ने भएको हो ।
यमनमा संयुक्त राष्ट्र सङ्घको सहयोग र समन्वयमा प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पीएलसी) गठन गरिएको र सो परिषदमार्फत शान्ति प्रक्रियाका लागि पहल गरिने भएको हो ।
यसैबीच यमनका राष्ट्रपतिले यमनमा गठन भएको प्रेसिडेन्सियल लिडरसिप काउन्सिल (पीएलसी) लाई आफ्नो शक्ति हस्तान्तरण गर्नुभएको छ । उहाँले गर्नुभएको सो शक्ति हस्तान्तरणको प्रक्रियाको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि स्वागत गरेको छ ।
विभिन्न सञ्चारमाध्यमहरूले यमनका राष्ट्रपतिले सो पीएलसीलाई शक्ति हस्तान्तरण गरेकामा सुरक्षा परिषदले स्वागत गरेको बताएका छन् । सो परिषदले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत गरेको समाचारमा जनाइएको छ । यमनमा गहिरिँदै गएको राजनीतिक सङ्कटको समाधानका लागि यहाँ संयुक्त राष्ट्रसङ्घको समन्वयमा उक्त पीएलसी गठन गरिएको छ ।
सोही परिषदमार्फत् यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पनि पहल गर्ने जनाएको हो । सो पीएलसीले यहाँका राजनीतिक दलहरूको सहभागिता र समन्वयमा राजनीतिक सङ्कट समाधानका लागि काम गर्नेछ । यहाँ निर्वाचन गर्नका लागि पनि यही संरचनाले भूमिका खेल्ने बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घले यस पीएलसीमा यमनका सबै राजनीतिक शक्तिहरूलाई समेटेर यहाँ रहेका समस्या समाधान गर्ने र उनीहरूकै सहमति र समन्वयमा काम गर्ने बताइएको छ । यहाँ केही वर्ष यतादेखि राजनीतिक सङ्कट बढ्दै गएको छ । जसका कारण यहाँ हिंसासमेत जारी रहेको बताइएको छ । यस पीएलसीले यहाँको द्वन्द्वको समाधानका लागि पनि एक वार्ता टोली गठन गरी यहाँका विद्रोही र विपक्षीहरूसँग वार्ता अघि बढाउने बताइएको छ ।
शान्तिपूर्णरूपमा यहाँका समस्याहरूको समाधान गरी आगामी दिनमा उचित वातावरण निर्माण गरेर यमनका राष्ट्रपतिको निर्वाचन गर्नेसम्मको काम यस पीएलसीले गर्ने बताइएको छ । उक्त परिषदले यमनमा जारी रहेको मानवीय सङ्कटको समाधानका लागि पनि आवश्यक पहल गर्ने जनाएको छ ।
यहाँ खाद्यान्न लगायतका अन्य न्यूनतम आवश्यकताको परिपूर्ति पनि हुन नसक्दा मानवीय सङ्कट परेकाले त्यसको समाधानका लागि संयुक्त राष्ट्रसङ्घ र यमनको सरकारलाई आग्रह गर्ने जनाएको छ ।
Leave a Reply