सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, २ वैशाख । नेपाल नगरपालिका कर्मचारी एसोसियसन भनपा समितिको आयोजनामा शुक्रबार नपाका कर्मचारीहरूबीच ‘बिस्का जात्रा र नववर्ष २०७९’ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूबीच अन्योन्याश्रित सम्बन्ध रहने बताउँदै भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको संयुक्त पहल र सहकार्यले गर्दा भक्तपुरलाई देशकै नमुना सहरको रूपमा विकास गर्न सम्भव भएको बताउनुभयो ।
भक्तपुर नपालाई स्मार्ट सिटी बनाउनेभन्दा आदर्श नगर, ज्ञान विज्ञानको केन्द्र र पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न अग्रसर भएको बताउँदै उहाँले नपाले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखी नगरको सन्तुलित विकासमा जोड दिँदै आएको प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेज तथा स्वास्थ्य केन्द्रहरू नै आज ख्वप मोडलको रूपमा अगाडि बढिरहेको छ भन्दै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइलगायतमा विशेष प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
कर्मचारीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने, समय सापेक्ष तालिमहरू लिनुपर्ने र आफूलाई परिष्कृत गर्दै लानुपर्नेमा उहाँले जोड दिनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई देशकै उत्कृष्ट नगरको रूपमा विकास गर्न भक्तपुरवासी जनताको साथ र सहयोग रहेको चर्चा गर्दै कर्मचारीहरूले आफ्नो वृत्ति विकासको लागि अध्ययनलाई जोड दिनुपर्ने र सामाजिक दायित्व बहन गर्न आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कर्मचारीहरू सेवाग्राहीप्रति उत्तरदायी हुनुपर्ने र आफ्नो अधिकार तथा कर्तव्यबारे सुसूचित हुनुपर्ने बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भनपा समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू देश र जनताको इमानदारीपूर्वक सेवा गर्न दत्तचित्त भएर लागिरहेको बताउँदै चाड–पर्वको समयलाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एसोसियसन भनपा समितिका सदस्यद्वय दिलकृष्ण माक र विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply