विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
साम्राज्यवादी, विस्तारवादी, सामन्तवादी र पुँजीवादी दलहरूले कम्युनिस्ट पार्टी र कम्युनिस्ट विचारको विरोध गर्नु अन्यथा होइन । यो उनीहरूको वर्गीय चरित्र हो । अमेरिकाले चीनको विरोध गरेकोमा के आश्चर्य ¤ नेपालका राजावादीहरूले कम्युनिस्ट पार्टीको विरोध गर्नु स्वाभाविक हो । अहिले निर्वाचनको पूर्वसन्ध्यामा राजावादी दलहरूले कम्युनिस्ट पार्टीको विरोध गरेका छन् । उनीहरूले माक्र्स, लेनिन, माओ त्सेतुङ, होचि मिन्ह देशको लागि चाहिएको छैन भनी विश्वका महान् नेताहरूको विरोध गरेका छन् । भर्खर राजावादी बन्न पुगेका केही लेखे पढेका व्यक्तिहरूले भने, “कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन्, देशभक्त हुँदैनन् या देश र जनताप्रति समर्पित हुँदैनन् ।”
हो, कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् र देश र जनताप्रति समर्पित हुन्छन् । कम्युनिस्टको नाउँमा कम्युनिस्ट पार्टीकै खिल्ली उडाउने नक्कली कम्युनिस्टहरू देश र जनताप्रति समर्पित नहुनु स्वाभाविक हो । कुनै कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्त र विचार छोडेर पुँजीवादी बाटो लिएको आधारमा सबै कम्युनिस्ट पार्टीलाई एउटै नजरले हेर्नु दृष्टिदोष हो । सच्चा कम्युनिस्ट पार्टीहरू देश र जनताप्रति समर्पित हुन्छन्, देश जोगाउन उनीहरू कहिल्यै पछि हट्दैनन् । सच्चा कम्युनिस्ट पार्टीहरू कुनै पनि विदेशी थिचोमिचो, अतिक्रमण, आक्रमण, दबाब सहँदैनन् । कम्युनिस्टहरू सामन्त, जमिनदार वर्गको विरोध गर्छन् । विदेशी पुँजीको चलखेल र विदेशी दलालको विरोध गर्छन् । बरु सामन्तवर्ग र पुँजीपतिवर्ग विदेशी दलाल हुन्छन् । नेकाले पुँजीपतिवर्गको मात्र होइन साम्राज्यवाद, विस्तारवाद र विदेशी दलालको पक्षपोषण गरिरहेको छ । कम्युनिस्टहरू शोषण र थिचोमिचोको विरोध गर्छन् ।
हो, कम्युनिस्टहरू कुनै देशका जनताको सङ्घर्षलाई ऐक्यबद्धता जनाउँछन् र आन्दोलनलाई समर्थन गर्छन् । कुनै देशको स्वतन्त्रता र मुक्ति आन्दोलनलाई ऐक्यबद्धता जनाउँछन् र समर्थन गर्छन् । विदेशमा भइरहेको स्वतन्त्रता र मुक्तिसङ्घर्षलाई समर्थन गर्नु कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय कर्तव्य हो । साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवाद हरेक कम्युनिस्ट पार्टीको साझा शत्रु हो । कुनै पनि कम्युनिस्ट पार्टी साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र पुँजीवादको पछि लाग्दैन । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी नेकाको पछि लागेर साम्राज्यवादी देशको पक्षपोषण गर्दै छ, यो विडम्बनाको विषय हो । श्रमजीवी वर्गको पक्षमा लड्ने कम्युनिस्ट पार्टीलाई देश र जनताप्रति समर्पित हुँदैन, देश र जनताको निम्ति लड्दैन भन्ने राजावादीहरूको तर्क शतप्रतिशत झूट हो ।
नेमकिपाले कामदार या शोषित पीडित जनताको पक्षमा आवाज उठाइरहेको छ । नेमकिपाले देश र जनताकै हितमा सङ्घर्ष गरिरहेको छ । नेमकिपाले साम्राज्यवाद र विस्तारवादको विरोध गरिरहेको छ, सामन्तवाद र पुँजीवादको विरोध गरिरहेको छ । नेपालको सुस्ता भारतले अतिक्रमण गर्दा सबभन्दा पहिले विरोध जुलुस र सभा गर्ने दल नेमकिपा नै हो । देशका कामदार जनताको मुक्तिकै निम्ति नेमकिपाको आन्दोलन चालु छ । कुनै दार्शनिक र वैज्ञानिकको विचार, सीप अनुकरण गरेर त्यो दलाली हुँदैन । ती दार्शनिकहरूको दर्शन, विचार आफ्नो देशको परिस्थितअनुसार लागु गर्ने हो, नक्कल गर्ने होइन ।
Leave a Reply