इतिहासलाई विकृत गर्न नहुने : ‘नानचिङ नरसंहार’ लाई ‘नानचिङ घटना’ मा सीमित गर्न नसकिने
- श्रावण १, २०८३
पुँजीवादी सरकारमा गएर देशमा आमूल परिवर्तन सम्भव छैन भन्ने तर्क नेपाल मजदुर किसान पार्टीको हो । यसकारण, नेमकिपाले संसद्लाई क्रान्तिकारी संसद्वादको रूपमा उपयोग गर्दै देश र जनताको पक्षमा आवाज उठाउँदै आएको हो । नेमकिपाले संसद्लाई सैद्धान्तिक र वैचारिक सङ्घर्षको थलो बनाइरहेको छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी दलहरू आफूलाई ‘कम्युनिस्ट’ दाबी गर्छन् । तर, ती दलका नेताहरूले कम्युनिस्ट सिद्धान्त र विचारअनुसार काम गर्न सकेनन् । ती दलका नेताहरू निर्वाचनको माध्यमबाटै पुँजीवादी बन्दोबस्तमा पनि समाजवाद स्थापना गर्ने बताउँछन् । तर, त्यो सम्भव छैन । निर्वाचनको माध्यमबाट पुँजीवादी सरकार पल्टाएर समाजवाद स्थापना गर्ने विचार संशोधनवाद हो । संशोधनवाद पुँजीवाद हो । पुँजीवाद माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराविपरीत हो ।
नेमकिपा जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिकको विरोधमा छ । नेमकिपाले कहिले पनि जातीय राजनीति गरेको छैन । तर, अन्य दलहरू नेमकिपाको सिद्धान्त, विचार र उद्देश्य भुली भ्रम फैलाउँछन् । नेमकिपाले संविधान सभाको निर्वाचनताका एक मधेस एक प्रदेश र जातीय राज्यको विरोध गरेको थियो । जातीय राज्यले देश विखण्डनतर्फको आधार बन्न सक्ने धारणा नेमकिपाले अघि सारेको थियो । नेमकिपाले कहिले पनि उत्पीडित मधेसी जनताको विरोध गरेको छैन । बरु नेमकिपाले तराईका उत्पीडित मधेसी जनताको पक्षमा आवाज उठाउँदै आएको हो । संविधान सभाको निर्वाचनमा नेमकिपाले भौगोलिक र प्राकृतिक स्रोत र साधनको आधारमा राज्य पुनः संरचनाको धारणा अघि सारेको थियो । फलतः देश जातीय राज्य बनेन । यो सकारात्मक पक्ष हो ।
पुँजीपतिवर्गको शासन अन्त्य गरेर कामदार वर्गको शासन सत्ता स्थापना गर्नुपर्छ भन्ने नेमकिपाको मान्यता हो । कुनै पनि सरकार आफै ढल्दैन, न त फू गरेर नै ढल्छ । नेमकिपा वर्गसङ्घर्षमा विश्वास गर्छ । किसान, मजदुर, प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपति वर्गसँग मिलेर नेमकिपा समाजवादी क्रान्तिको वातावरण तयार गर्न चाहन्छ । यसैले नेमकिपा भारतीय एकाधिकार पुँजी, विस्तारवाद र पुँजीवादको विरोध गर्छ । समाजवादी गणतन्त्र र पुँजीवादी गणतन्त्रको भेदबारे जनताको घर आँगनमा गएर नेमकिपाले सुसूचित पार्दै छ ।
कामदार वर्गको मुक्ति समाजवादमा मात्र सम्भव छ भन्ने मान्यता नेमकिपाको हो । त्यो व्यवस्था ल्याउन कामदार जनता सचेत र सङ्गठित हुनुपर्छ । कामदार वर्गको प्रतिनिधित्व गर्ने दलको सङ्घर्षविना समाजवाद असम्भव छ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबाट सिक्ने पाठ यही हो । नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मान्दै आएको हो । जनताको प्रजातन्त्र नेमकिपाको तत्कालीन उद्देश्य हो भने समाजवाद हुँदै साम्यवादमा पुग्ने दीर्घकालीन उद्देश्य हो ।
Leave a Reply