भर्खरै :

तुमचो, दुगुरे, चोखा निर्वाचन परिचालन समिति गठन

भक्तपुर, ८ वैशाख । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई मादल चिह्नमा छाप लगाई अत्यधिक बहुमतले विजय गराउन नेमकिपा ९ नं वडा तुमचो, दुगुरे चोखा एकाइ समितिको आयोजनामा स्थानीय जनताको भेला भयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले राजनीति देश बनाउन हो बिगार्न होइन भन्नुभयो । उहाँले पढ्दैमा राजनीतिक ज्ञान हुन्छ, समाजलाई चिन्छ, देशलाई चिन्छ भन्ने होइन, त्यस्ताले हाम्रो देशको सार्वभौमिकता बेचिएको इतिहास छ भन्नुभयो । उहाँले भन्नुभयो, “राजनीति असल मानिसले गर्ने हो, गलत मान्छेले होइन । ठग, फटाहा, देशघातीहरूले राजनीति ग¥यो र चुनावमा जित्यो भने देश र जनताले दुःख पाउँछन् हामीले देश र जनताको निःस्वार्थ सेवा गर्ने उम्मेदवार र पार्टीलाई चुनावमा जिताएर पठाउनुपर्छ । आफ्नो सानोतिनो व्यक्तिगत स्वार्थ र लोभमा देशको स्वाभिमान बेच्नु हुँदैन ।”
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि विष्णुराम दुमरुले जनताबाट निर्वाचित जनप्रतिनिधिले देश र जनताको निःस्वार्थ सेवा गर्नुपर्ने का. रोहितको भनाइलाई स्मरण गर्दै नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता र जनप्रतिनिधिहरूले कोरोना महामारीको सङ्कटको बेलामा पनि पीडितको घर–घरमा गई राहत वितरण र सान्त्वना दिएर सेवा गरेको स्मरण गराउनुभयो ।
नेमकिपाका ९ नं वडा समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजुले चुनावलाई वर्गसङ्घर्षको एउटा हतियारको रूपमा उपयोग गर्नुपर्छ भन्नुभयो । उहाँले हामीले हाम्रो सानो स्वार्थ र लोभमा खराब मान्छेलाई अमूल्य मत दिन नहुने बताउनुभयो ।
नेक्रामसङ्घका प्रतिनिधि छोरीमैया सुजखुले नगरपालिकाबाट शिशु स्याहार केन्द्रको व्यवस्थाले महिला दिदीबहिनीहरूको कार्यक्षमता वृद्धि भएको, समयमा आयआर्जनको काममा जान पाएको र व्यक्तित्व विकासमा अवसर पाएको बताउनुभयो ।
जे. प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त भेलामा स्वागत समितिका सदस्य मैयालक्ष्मी त्यातले गर्नुभएको थियो । भेलाले जे. प्रजापतिको संयोजकत्वमा १०१ सदस्यीय ९ नं वडा तुमचो, दुगुरे, चोखा निर्वाचन परिचालन समिति पनि गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *