राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
काठमाडौँ, ११ वैशाख । यही वैशाख ३० गते देशभरका कुल ७ सय ५३ पालिकाहरूमा एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ । ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ वटा नगरपालिका र ४ सय ६० वटा गाउँपालिकाहरू गरी कुल ७ सय ५३ पालिकाहरू छन् ।
जसअनुसार प्रदेश १ मा १ सय ३७, मधेश प्रदेशमा १ सय ३६, बाग्मती प्रदेशमा १ सय १९, गण्डकी प्रदेशमा ८५, लुम्बिनी प्रदेशमा १ सय ९, कर्णाली प्रदेशमा ७९ र सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेका छन् ।
प्रदेश १ मा १ हजार ८ सय ७७, मधेस प्रदेशमा २ हजार १ सय ६३, बाग्मती प्रदेशमा १ हजार ७ सय ९२, गण्डकी प्रदेशमा १ हजार २ सय ५३, लुम्बिनी प्रदेशमा १ हजार ६ सय २९, कर्णाली प्रदेशमा ९ सय ७, सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३५ मतदानस्थल तोकिएका छन् । ती मतदानस्थलहरूमा मतदाता सङ्ख्याको आधारमा क्रमशः प्रदेश १ मा ३ हजार ८ सय ६३, मधेश प्रदेशमा ४ हजार १ सय ३, बाग्मती प्रदेशमा ३ हजार ९ सय ३२, गण्डकी प्रदेशमा २ हजार २ सय ८, लुम्बिनी प्रदेशमा ३ हजार ६ सय ३४, कर्णाली प्रदेशमा १ हजार ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।
स्थानीय तह निर्वाचन एकै चरणमा हुन लागेकोले उम्मेदवार, मतदाता, मतदानस्थलमा परिचालित कर्मचारी, निर्वाचन आयोगका पदाधिकारी, मतदान केन्द्र, निर्वाचन सामग्री, पर्यवेक्षक, राजनीतिक दलका नेता, कार्यकर्ताको सुरक्षा चुनौतीपूर्ण हुने बताइन्छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा कुल १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता थिए । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ३ सय २३ जना मतदाता रहेको बताइन्छ । जसअनुसार २०७४ सालको भन्दा ३६ लाख ५९ हजार २ सय ९९ मतदाता थपिएको देखिन्छ ।
आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन सुरू भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकोमा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालयसमेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकोले उम्मेदवारको मनोनयन दुई दिन राख्न राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम बनाइएको आयोगको प्रस्टीकरण छ ।
यही वैशाख ८ गते देशभरका स्थानीय तहको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो । कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्नसक्ने आयोगले जनाएको छ ।
स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैङ्क भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेश गर्नुपर्नेछ । दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रू. एक हजार ५००, वडाध्यक्षले रू. एक हजार र वडा सदस्यले रू. ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।
सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ ।
Leave a Reply