इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
बेइजिङ, अगस्त २(सिन्ह्वा) । चीनले बुधबार हिमालय क्षेत्रमा भारतीय सशस्त्र सिमाना सुरक्षा बल चिनियाँ भूमिमा प्रवेश गरेको बारेमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । चीन–भारत सीमानाको सिक्किम खण्डमा भारतीय सीमा सुरक्षा बल अन्तर्राष्ट्रिय सिमाना नाघेर भित्र पसेको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई सत्य–तथ्य जानकारी होस् र सो विषयमा चीनको धारणा प्रष्ट होस् भन्ने उद्देश्यले बुधबार चीनले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआनले जारी गरेको वक्तव्यमा भनिएको छ ।
भारतको कदमले चीनको भूअखण्डतामाथि ‘गम्भीर उल्लंघन गरेको’ र यसले क्षेत्रीय शान्ति र स्थायीत्वमा ‘गम्भीर चुनौती’ खडा गरेको गेङको भनाई थियो ।
जुन १८ मा २ सय ७० भन्दा बढी भारतीय सशस्त्र बल चीन–भारत सिमानाको सिक्किम खण्डभित्र प्रवेश गरी दोङ ला क्षेत्र(दोक्लाम) मा चीनले गर्दै आएको बाटो निर्माणको काममा अवरोध पु¥याएका थिए । जुलाईको अन्त्यसम्ममा चालिस जनाभन्दा बढी भारतीय सिपाहींहरु र माटो खन्ने एउटा हेभी उपकरण चिनियाँ भूमिमा बाँकी थियो ।
घटनाको शुरुदेखि नै चिनियाँ पक्षले भारतीय पक्षलाई गम्भीरतापूर्वक सजग बनाएको थियो । चिनियाँ पक्षले तत्काल भारतीय सेनालाई फिर्ता जान माग गरेको थियो ।
चीन–भारत सिमानाअन्तर्गत सिक्किम खण्ड ग्रेट ब्रिटेन र चीनबीच सिक्किम र तिब्बतको सम्बन्धमा सन् १८९० मा भएको सन्धिले तोकेबमोजिम नै हो र यसलाई चीन र भारत सरकारहरुले पनि मान्यता दिएका छन् ।
सन् १८९० को सन्धिअनुसार त्यो क्षेत्र निर्विवाद रुपमा चिनियाँ भूमि हो । एकपटक तय भइसके पछि अन्तर्राष्ट्रिय सिमाना अन्तर्राष्ट्रिय कानुनको संरक्षणअन्तर्गत हुने गर्दछ । त्यस्तो स्पष्ट सिमाना अनाधिकृत रुपमा उल्लंघन गर्नु ‘निकै गम्भीर घटना’ हो ।, चिनियाँ वक्तव्यमा भनिएको छ ।

बाटो निर्माणबाट ‘गम्भीर सुरक्षा खतरा’ भएको भन्ने भारतको आरोप र भुटानको तर्फबाट भारतले भूमि दाबी गर्ने प्रयत्नमा कुनै ‘तथ्यगत वा कानुनी आधार’ छैन ।
चीनले प्रष्टतः चिनियाँ भूमिभित्रै बाटो निर्माणको कार्य गरिरहेको छ र यो विषयमा भएका सबै कामकार्यबाहीबारे भारतलाई जानकारी दिइएकै हो । वास्तवमा भारतलाई जानकारी दिनु चीनको सदाशयता हो ।
भारतीय सेनाको प्रवेश अरु केही नभई सिमानाको ‘यथास्थितिमा परिवर्तन’ गर्ने प्रयास हो, वक्तव्यमा भनिएको छ ।
माउन्ट चि मु मा जेन(Mount Ji Mu Ma Zhen) अहिले प्रश्न उठिरहेको सिमानाको पूर्वी प्रारम्भबिन्दू हो र त्यो नै चीन, भारत र भुटानको सिमानाको मिलनबिन्दु हो । भारतीय सेना माउन्ट चि मु मा जेनभन्दा २ हजार मिटर उत्तरबाट प्रवेश गरेका थिए र यसमा सिमानाको मिलनबिन्दुको कुनै अर्थ छैन ।
छिमेकी देशहरूको नाताले चीन र भुटानबीच विभिन्न चरणमा सिमानासम्बन्धि कुराकानी गरिरहेको छ र तेस्रो पक्षको रुपमा भारतलाई यो विषयमा हस्तक्षेप गर्ने वा वार्तामा दखल पु¥याउने कुनै अधिकार छैन । अझ भुटानको तर्फबाट कुनै भूमिमाथि दाबी गर्ने त कुनै अधिकार नै राख्दैन ।
चीनले आफ्नो भुअखण्डताको रक्षा गर्नेछ, अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तको रक्षा गर्नेछ र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत नियमहरुको पालना गर्दछ,गेङले भने ।
न्यायको जीत हुनेछ, विदेशमन्त्रालयका प्रवक्ताले भने ।
Leave a Reply