भर्खरै :

नाम सहयोग, काम अर्कै ?

राजनीति सिद्धान्तनिष्ठ हुनुपर्छ । सिद्धान्तविहीन राजनीति तीन न ते¥हको हुनपुग्छ । तर, हाल नेपालको राजनीतिलाई सत्तासीन राजनीतिक दलहरू र हिजो सत्तामा भएका पार्टीहरूले जति गठबन्धन गरे ती सबै सिद्धान्तविहीन एवं सत्तामा कसरी जाने, कसरी टिक्ने भन्ने आधारमा नै भए । वास्तवमा सिद्धान्तविहीन राजनीतिक गठबन्धन गलतमात्र होइन चरम अवसरवाद हो । सिद्धान्तहीन राजनीतिको कुनै औचित्य नै हुँदैन र यसले कसैलाई पनि उचाल्दैन बरू थचार्छ । हिजो एक भएका पार्टीहरू आज अनेक भएका छन् भने हिजो अनेक भएका दल आज फेरि एक हुन खोज्दै छन् । यसो हुनुको मूल कारण नेतृत्व र नेताहरूको निजी स्वार्थ र महत्वाकाङ्क्षा हो । यो एकता र बद्धता कुनै सैद्धान्तिक परिवेशमा भएको देखिँदैन । स्वार्थ–स्वार्थ पनि असैद्धान्तिक एवं तत्कालको लिनु र खानसँग मात्र सम्बद्ध छ । झन् निर्वाचन, पार्टीको अधिवेशनको छिमलमा त यस्ता छहारी फेरूवाहरूको निम्ति त बडा दसैँ पो हुन्छ त ? जबसम्म यस्ता नकाम भइरहन्छ केही कुराको पनि थिति बस्दैन । थिति नै नबसेपछि परिणाम भरोसालाग्दो कसरी आउँछ र सिद्धान्तहीन जे कुरा पनि राम्रो हुँदैन । कुनै विलक्षण कलाकारले कलात्मक बनाउन प्रयत्न गर्दा राम्रो देखिन्छ पनि परिणाम शून्य नै आउँछ । अगाडि अङ्क भएको शून्यको तात्पर्य औधी रहन्छ परन्तु अगाडि अङ्क नभएको शून्य भनेको शून्य नै हो । सिद्धान्त भनेको अगाडिको अङ्क पनि हो।
क्रान्तिकारी निम्ति एउटा अवसर
स्थानीय तहको निर्वाचन दैलैमा आइपुगेको छ । नेपाल मजदुर किसान पार्टी यस्ता निर्वाचनलाई क्रान्तिकारी संसद्वादी सिद्धान्तअनुसार उपयोग गर्छ । लामो समयदेखि यस्तो अभ्यास गर्दै आएको पनि छ । यो नीतिले राम्रो परिणाम दिँदै आएको पनि छ । नेमकिपाले निर्वाचमा भाग लिएका जनतालाई राजनीतिक प्रशिक्षण दिन हो । वास्तवमा निर्वाचनमा भाग लिनु भनेको क्रान्तिको निम्ति संसद्लाई उपयोग गर्नु हो र यसो भनेको क्रान्तिकारी संसद्वाद हो । यो आन्तरिक तथ्य कतिपय राजनीतिक नेता बुझ्दैनन् । निर्वाचनको अभियानमा कतिपय पार्टी एवं दलबीच बिनासिद्धान्त गठबन्धन भएको देखिन्छ । यस्ता गठबन्धनको काम गलतमात्र होइन नितान्त गलत हो जो अहिले पनि कतिपय पार्टीबीच घाँटी जोडिएको छ । घाँटी जोडिनुको पनि बेला बेलाको अर्थ फरक हुनेरहेछ । लामो समयको निर्वाचनपछि जब प्रधानमन्त्रीमा इन्दिरा गान्धी थिइन् भारतमा । तब विश्वेश्वरप्रसाद कोइरालालाई भारतमा प्रवासको दिनचर्या निर्वाह गर्न सहज हुन छोड्यो तब राजा वीरेन्द्रसँग आफ्नो घाँटी जोडिएको छ भने निष्कर्ष निकालेर राष्ट्रिय मेलमिलापको नीति निष्पादन गरेर नेपाल फर्के । तैपनि जेल परे । राजनीतिक नेताहरू बेला–बेला यस्ता अनेक तरङ्ग झिक्छन् । आम जनता यस्तो राजनीति बुझ्दैनन् । जनताका वास्तविक नेताले यस्ता कुरा जनतालाई छ्याङ्ङ हुनेगरी बुझाउनुपर्छ । निर्वाचन एउटा यस्तै अवसर हो क्रान्तिकारीकारीहरूको निम्ति ।
त्यो खड्गो अब ट¥यो ?
कतिपय टाठाबाठाहरूको ध्याउन्न नै अनेक टाकनटुकुन गरी जनतालाई झुक्याई आफू अनुकूल गराउन आकाश–पाताल जोर्छन् । नेपालमा पनि केही यस्ता पात्रले आफू कम्युनिस्ट नहुँदा नहुँदै पनि कम्युनिस्ट पार्टी हुँ भनी जनतालाई भ्रममा पार्दै छन् । जस्तै एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको नाममा । वास्तवमा यी मान्छे वा पार्टी कम्युनिस्ट नै होइनन् । अमेरिकी जाल छ एउटा मिलेनियम च्यालेन्ज कर्पोरेसन नामको । त्यो जालोभित्र पार्नु अमेरिकीहरूको पहिलो काम थियो । यो जाली कामको जालो भित्र पार्नु अमेरिकीहरूको पहिलो काम थियो । यो जाली कामको जालोभित्र पार्न नेपाली काङ्ग्रेससँग मिलायो अरू त अरू, नाम माओवादी उपसर्गसहितको कम्युनिस्ट पार्टीलाई मिलाएर पाँच दलको गठबन्धन बनायो । संसद् विघटन गरायो । सर्वोच्च अदालतमार्फत प्रमुख प्रतिपक्षका नेता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा सरकार बनायो । एमसीसी संसद्बाट पारित गरायो । यता संसद्लाई पङ्गु बनायो । अमेरिकाको के स्वार्थ छ । संसद्वाद पनि आँखा चिम्लेर अमेरिकी साम्राज्यवादको पक्षमा उभिने नदेखेपछि आउँदो निर्वाचन धान्न के के जाल रच्दै छ । यो कुरा केही समयपछि स्पष्टै देखिने छ । तर, तत्कालको फोहोर पञ्छाएर विधि विधानै बदलेर भए पनि चीनविरूद्ध अनेक गतिविधि गर्ने दीर्घकालीन रणनीतिअन्तर्गतको चक्रब्युहको निर्माण भइरहेको जस्तो लाग्छ । वास्तवमा एमसीसी पारित नभएको भए कतिपय मन्त्रीको बलि पनि हुनसक्थ्यो, अघोषित नरबलि । त्यो खड्गो अब ट¥यो ?
षड्यन्त्र सहयोग त होइन ?
नेपाल लामै समय अड्यो एमसीसीको गुलियो अमेरिकी चकलेट खाएन । सहयोग लेउ भनी धेरैपल्ट फकायो । यो कुराको सार मैले आत्मसात् गर्न सकिन । सहयोग लिन पनि पनि किन त्यत्रो फकाइ ? त्यो फकाइ वा यो भित्र केही छ ! सहयोग लिनभन्दा पनि लिन बाध्य पार्ने यो पहिलोपल्ट अनुभव भयो मलाई । कर गरेर, धम्की खपेर सहयोग लिनु परेको छ । पहिलोपल्ट ५० करोड अमेरिकी डलर सहयोग त्यसपछि त्यसपछि नै भयो । अब आउँछ, धेरैले अनुमान गर्नै सकेका छैनन् । कर गरी गरी सहयोग ? के तात्पर्य होला । यो करयुक्त सहयोगको । पढेलेखेका बौद्धिक बुद्धिजीवीहरू संयुक्त राज्य अमेरिकालाई भन्छन्, यस राज्यको राम्रो छवि छैन । जनवादी गणतन्त्र चीन समाजवादी एवं अफिमवादी बन्धनबाट मात्र मुक्त भएन एक सय वर्ष नपुग्दै अफिमको नशाबाट मुक्त भएको मात्र हो र विश्वको प्रथम आर्थिक शक्ति अमेरिकालाई पछारेर आफू प्रथम आर्थिक शक्तिको रूपमा उभिन लागेको छ । यो कुरा लेख्न जति सजिलो छ गर्न धरै कठिन छ तर चीनले गरेरै देखायो । चीनसँग निरपेक्ष गरिबीको रेखामुनि धेरै मान्छे थिए भर्खर भर्खर मुक्त भए त्यो करोडौँ सङ्ख्याका चिनियाँहरू । सफलता पनि प्राप्त हुन थालेपछि लहर लागेर हुने हो कि ? नेपालले आफ्नो भूमि कुनै पनि मित्रराष्ट्रको भूमिविरूद्ध प्रयोग गर्न नदिने सङ्कल्प गरेको कुरा गोप्य छैन । तैपनि कतिपय शक्ति यो प्रतिज्ञाबाट चिप्ल्याउन प्रयत्न गर्न छोड्दैनन् । एमसीसी कतै यही चक्करमा पार्ने षड्यन्त्र सहयोग त होइन भन्ने शङ्का गर्नेहरू पनि छन् यो भूगोलमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *