भर्खरै :

बाल विकासमा ‘धु्रवतारा’को अन्तरक्रिया

भक्तपुर, १९ साउन । बाल विकास स्कूलमा ‘धु्रवतारा’ बुलेटिन, पूर्णाङ्क १३ को अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले धु्रवतारा र धु्रवताराजस्तै अन्तर्राष्ट्रिय पत्रिका, पुस्तकहरू अध्ययन गर्दा अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा बुभ्mन मद्दत हुने बताउनुभयो ।
कुनै पनि राष्ट्रिय घटनाहरूको पछाडि अन्तर्राष्ट्रिय परिस्थितिले भूमिका खेल्ने कुरा बताउँदै उहाँले पत्रिका अध्ययनले अन्तर्राष्ट्रिय घटनालाई विश्लेषण गर्न सहयोग पुग्ने चर्चा गर्नुभयो ।
उहाँले संरा अमेरिका एकपछि अर्को युद्धमा होमिएको र युद्धलाई सही व्यवस्थापन गर्न नसक्नाले फस्दै गएको र पतनको बाटोमा अग्रसर भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू सूर्यबहादुर पञ्च, जयराम कोजू, हरि पाण्डे, रवि प्रजापति र शिक्षिकाहरू सरूना अवाल, इन्दिरा बासुकला, निलम सुवाल, बबिता शाक्य, सरिस्मिता सितिखू र रूपिका बुढामगरले धु्रवतारा बुलेटिनका विभिन्न लेखहरूका बारेका आ–आप्mनो विचार प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *