कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
“हामी अमेरिकी अधिकारीहरूलाई सबै उपयुक्त कार्यहरू गर्न, अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी दायित्वहरूको पालना गर्न, एकपक्षीय कार्यशैली परिवर्तन गर्न र अफगानिस्तानमा भएको मानवीय सङ्कटको जवाफको लागि अन्तर्राष्ट्रिय प्रयासहरू पूरा गर्न आग्रह गर्दछौँ ।”
हालै १४ स्वतन्त्र संयुक्त राष्ट्र मानव अधिकार विशेषज्ञहरूले एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी सरकारलाई अफगानिस्तानको केन्द्रीय बैङ्कमा अर्बौं डलरको सम्पत्ति फुक्का गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घबाट आएको यो निन्दा र आह्वान अन्तर्राष्ट्रिय नियमहरू मिचिएको र अन्य देशको मानव अधिकारको गैरकानुनी रूपमा उल्लङ्घन गरिएकोमा अमेरिकाको निन्दा हो ।
अर्बौं डलर अमेरिकाको लागि केही होइन तर अफगानिस्तानका लागि यो पैसा धेरै महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय एजेन्सीहरूको मूल्याङ्कनअनुसार अफगानिस्तानमा दुइ करोड तीस लाखभन्दा बढी मानिसहरूलाई तत्काल खाद्य सहायताको आवश्यकता छ र लगभग ९५ प्रतिशत जनसङ्ख्यासँग पर्याप्त खाना छैन । यसबाहेक चालीस लाखभन्दा बढी अफगानीहरू विस्थापित भएका छन् ।
यो सबैको दोष कसलाई ? अवश्य पनि अमेरिकालाई । सन् २००१ मा अमेरिकाले ‘आतङ्कवादको प्रतिरोध’ को ब्यानरमा अफगानिस्तानमा युद्ध सुरू ग¥यो । गत २० वर्ष युद्धले एक लाखभन्दा बढी अफगान नागरिक हताहत भए, लगभग एक करोड दश लाख शरणार्थी बने । अमेरिकी सेनाद्वारा निर्दोषहरूको अन्धाधुन्ध हत्याले विश्वलाई स्तब्ध र आक्रोशित बनाएको छ ।
अमेरिकाले अफगानिस्तानमा जे गरेको छ त्यो अन्य देशको सार्वभौमिकता र मानव अधिकारको उल्लङ्घनको सानो अंशमात्र हो । युक्रेन सङ्कटको सबैभन्दा ठूलो चालकको रूपमा अमेरिकाले सङ्कट सुरू गरेदेखि दुई महिनाभन्दा बढी अवधिमा युक्रेनलाई आठ वटा हतियारहरू स्वीकृत गरेको छ । सैन्य सहायताको कुल रकम करिब तीन अर्ब सत्तरी करोड अमेरिकी डलर छ, जसले स्थिति चर्काउन लगातार इन्धन थपेको छ । अमेरिकी राजनीतिज्ञहरूको नजरमा रूस–युक्रेन द्वन्द्व जति लामो हुन्छ अमेरिका त्यति नै लाभान्वित हुनेछ । विश्वमा अशान्ति र अराजकताको स्रोत आधिपत्यवादी संरा अमेरिका नै हो भनेर तथ्यहरूले प्रमाणित गरिसकेको छ ।
Leave a Reply