सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
हजारौँ किलोमिटर टाढा कुर्सीमा बसेको मान्छेले महादेशको अर्को कुनामा एउटा रेखा कोरेर हजारौँ वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका करोडौँ मान्छेहरूको भाग्य लेख्छ । मानव सभ्यताको इतिहासमा यो एउटा आततायी बेमेल हो । तर, दक्षिण एसियाको फराकिलो भूभागमा यस्तै हुँदै आएको छ । चिया पिउने बेला बेलायती उपनिवेशवादीहरूले विश्व मानचित्र पल्टाएर मसीको थोपा खसाल्थे । उनीहरूले यसरी कोरेका रेखाहरूले यस उपमहाद्वीपलाई द्वन्द्व र विवादहरूमा डुबाइदिएका छन् ।
रेडक्लिफ रेखा : एक अंकुश
१९४७ जूनमा बेलायती साम्राज्यको घाम ढल्कियो । माउन्टबेटन योजनाले भारत विभाजनको प्रस्ताव अघि सा¥यो । सोहीअनुसार बेलायतले सर सिरिल रेडक्लिफलाई दुइटा सीमा आयोगहरूको अध्यक्षता ग्रहण गर्न भन्यो । एउटा आयोग बङ्गालको लागि बनाइएको थियो र अर्को पञ्जाबको लागि बनाइएको थियो । रेडक्लिफ एक वकिल थिए र उनी कहिल्यै पेरिसभन्दा पूर्व लागेका थिएनन् ।
रेडक्लिफले हतारोमा नक्साङ्कन गरे । म्याद नाघेका मानचित्र र अल्पज्ञानका आधारमा सो नक्साङ्कन गरिएको थियो । त्यसैले रेडक्लिफको नक्साङ्कन असफल हुने निश्चित थियो । अर्को कुराले स्थिति झन् गञ्जागोल पा¥यो । भारत र पाकिस्तानको स्वतन्त्रता घोषणा नगर्दासम्म रेडक्लिफ रेखा घोषणा गरिएको थिएन । मुस्लिम र हिन्दूहरू आआफ्ना नयाँ घरतिर हुत्तिने बेला परिस्थिति झन् सङ्गीन बनाउन रेडक्लिफ रेखाको कुरा बाहिरियो ।

भारत पाकिस्तान विभाजनको पहिलो वर्ष १ करोड ४५ लाख मान्छेहरू नयाँ सिमाना नाघेर यताउता लागे । त्यति नै बेला अङ्कुशको धार चम्कियो । नरसंहार, बलात्कार र यातनाले २ लाख मान्छेको ज्यान लियो र भारतीय उपमहाद्वीपलाई नर्क बनाइदियो । खासगरी कश्मिर विवादले गर्दा त्यसपछिका वर्षहरूमा भारत र पाकिस्तानबीच प्रत्यक्ष युद्ध र द्वन्द्व सुरु भयो ।
के रेडक्लिफले नजानेरै वा टार्न नसकेरै गल्ती गरेका थिए ? खासमा त्यो संयोगभन्दा पनि बेलायतको पुरानो उपनिवेशी रणनीति थियो – ‘फुटाउ र राज गर’ । सन् १८५७ को ‘सिपाही विद्रोह’ ताका नै हिन्दू र मुसलमानबीच तनाव उत्पन्न गर्न बेलायतीहरू यो नीतिमा पारङ्गत देखिएका थिए । यसरी तिनले आफ्नो सत्ता बलियो पारेका थिए ।

म्याकमाहोन रेखा : विवादको निहुँ
चीन र भारतजस्ता महान् एसियाली सभ्यताहरू हजारौँ वर्षसम्म शान्तिपूर्णरूपमा फस्टाउनु मानव इतिहासकै हेर्नलायक अध्याय हो । तर, गएको शताब्दीमा यी ठूला देशबीच बेलायती उपनिवेशवादीहरूले जबरजस्ती विवादको निहुँ जन्माए ।
१९१४ मार्चमा बेलायतशासित भारतका तत्कालीन विदेश सचिव हेनरी म्याकमाहोनले सिम्ला सम्मेलनमार्फत एउटा रेखा थोपरे । चीन–भारत सीमालाई उनले सयौँ किलोमिटर उत्तर धकेलेर हिमालयको टाकुरासम्म पु¥याए । बेलायती गुप्तचर फ्रेडरिक बेलीले गरेको सर्भे र एकतर्फी रेखाङ्कनजस्ता अवैध गतिविधिका आधारमा ‘म्याकमाहोन रेखा’ को सीमाङ्कन गरिएको थियो । यसलाई तत्कालीन चिनियाँ सरकारले कहिल्यै मान्यता दिएन ।
औपनिवेशिक सरकारले हस्ताक्षर गरेको सन्धिहरूको औपचारिक प्रकाशक एइचसन सन्धिपत्रमा अवैध ‘म्याकमाहोन रेखा’ को सम्झौता संलग्न गरिएन । बेलायतशासित भारतका उप विदेशमन्त्री ओलाफ कारोले सन् १९३८ मा बेलायत सरकारबाट त्यसको मूल संस्करण फिर्ता लिने र परिमार्जित संस्मरण प्रकाशित गर्ने अनुमति पाए । नयाँ संस्मरणमा ‘म्याकमाहोन रेखा’ थपियो । त्यतिमात्र नभई प्रकाशनको मिति पुरानो बनाएर त्यसमा सन् १९२९ लेखियो । यसरी कारोले भारतको आधिकारिक नक्सा परिमार्जन गरेर ‘म्याकमाहोन रेखा’ लाई नयाँ सिमाना बनाए । यो तानाबानालाई १९३६ जुलाईमा बेलायत सरकारको भारत कार्यालयले अनुमोदन ग¥यो र मिडियालाई जानकारी नगराई ‘भित्रभित्रै’ हेरफेर गर्न आदेश दियो । गुप्तरूपमा काम गर्दै बेलायतले चीन र भारतबीच हुँदै नभएको विवाद जन्मायो ।
डुरान्ड रेखा : पान्डोराको बाकस
रुसविरुद्ध ‘ठूलो खेल’ को फाइदा उठाएर उपनिवेश फैलाउने महत्वाकाङ्क्षा पूरा गर्ने ध्येयले बेलायतले सन् १८९३ मा अफगानिस्तानमाथि डुरान्ड सम्झौता थोप¥यो । दुईवर्षे अङ्ग्रेज–अफगान युद्धपछि त्यो सम्झौता थोपरिएको थियो । सो सम्झौताले दक्षिण अफगानिस्तानको केही भूभाग बेलायतशासित भारतमा गाभियो । डुरान्ड रेखा बेलायती प्रभावको सीमा बन्यो । उक्त रेखाले पश्तुन जातिको भूभागलाई राजनीतिकरूपमा चिरा पा¥यो । पश्तुन, बलोख र अन्य जातिहरूलाई रेखाले दुवैतिर बाँड्यो । समस्या जन्माउने हेतुले यस्तो तर्कहीन चालबाजी गरिएको थियो । त्यसैले १८९७ जून महिनामा बेलायतविरुद्ध अभियान सुरु भइहाल्यो । त्यो असन्तोषलाई दबाउन बेलायतले ४० हजार सैनिक पठायो ।
यो भूमिमा त्यो घटना दुर्भाग्यको अन्त्त्न्दा पनि थालनीमात्र थियो । अफगानीहरूको लागि पान्डोराको बाकस खुल्यो । त्यसयता अफगानीहरू बर्चस्वकारी शोषणको जालोमा परिरहे । बेलायतीहरू दक्षिण एसियाबाट फर्के । तर, तिनले रोपेको द्वन्द्वको बीउ हुर्कियो । अङ्ग्रेज–अफगान द्वन्द्व अफगान–पाकिस्तान सम्बन्धको दागमा रूपान्तरण भयो । अफगान–पाकिस्तान सिमाना संसारकै खतरनाक सिमाना बन्यो ।
निश्चय नै बेलायतले छोडेर गएको विषाक्त औपनिवेशिक विरासत आज दक्षिण एसियाका सबै सीमा विवादको मूल कारण हो । बेलायती उपनिवेशवादीहरूले आफ्नो प्रभावको दायरा फैलाउन विभिन्न धर्म, राष्ट्र र क्षेत्रहरूबीच अविश्वास र घृणाको बीउ रोप्न सीमा विवादहरू जन्माए । उपनिवेशवादीहरू फर्केर गएपछि ती सीमा विवादहरू स्थायी दाग वा घाउमा फेरिए । यी घाउबाट अझै पनि रगत बगेको बगै छ ।
–सिन्ह्वा
प्रस्तुति : गणेश
Leave a Reply