भर्खरै :

सन् २१२२ को संसार

आज संसारको ध्यान युक्रेनमा भइरहेको युद्धमा केन्द्रित भइरहँदा भविष्यतिर पनि आँखा डुलाउने समय भएको छ । आजभन्दा ठीक एक सय वर्षपछि अर्थात् सन् २१२२ मा संसार कस्तो होला, कुरा यहीँबाट सुरु गरौँ ।
खराब अवस्था
सन् २१२२ को लागि सबभन्दा खराब अवस्था भनेको त्यतिबेलासम्म संसार रहनेछैन । पृथ्वीलाई परिक्रमा एक डल्लो पृथ्वीमात्र बाँकी हुनेछ । संसार भने सदाको लागि समाप्त हुनेछ ।
मानिस अर्थात् होमो स्येपियन्सको कुनै अवशेष बाँकी रहनेछैन । मानिसको समाज संसारबाट विलिन हुनेछ । मानव समुदाय नै हराउनेछ । मानिसलाई के हुन्छ होला त ? के मानिस एकाएक हराउला त ? कि उनीहरू कतै जानेछन् ? भनौँ अन्तरीक्षमा ? के पृथ्वीभन्दा बाहिरको कुनै शक्ति वा कुनै विशाल अन्तरीक्ष पिण्डले उनीहरूलाई सखाप बनाउला ? कि मानिसले आफैले आफैलाई ध्वस्त पार्नेछ ? अहँ, कसैलाई थाहा छैन । अनि कसैलाई वास्ता पनि त छैन ।
सहस्राब्दीको अन्त्यसम्ममा पृथ्वीमा यस्ता प्रश्नबारे चासो राख्ने तहसम्मको बुद्धि भएको मानिसबाहेकको अरू प्राणी आउने देखिँदैन । पृथ्वीको परिवर्तित अवस्थाबारे जाँचबुझ गर्न अन्तरीक्षबाट कुनै उड्ने वस्तु आउन सक्छ । त्यसले पृथ्वीमा एउटा यस्तो रहस्य छोडेर जान सक्छ जसको खास अर्थ बुझ्न संसारलाई कैयौँ सहश्राब्दी लाग्न सक्छ । त्यो रहस्यमा लेखिएका हुनेछ –हामी आयौँ, हामीले अनुसन्धान ग¥यौँ अनि उत्तर पाउनुअघि नै हामी जानुप¥यो ।
झन्डै चौध अर्ब वर्षअघि अन्तरीक्षमा महाविस्फोटन (बिग ब्यांग) भयो । झन्डै ७ करोड वर्षअघि पृथ्वीबाट डायनासोर हरायो । एक सय वर्षअघि केही भएको हुनुपर्छ, सन् २०२२ अर्थात् आज पनि केही भइरहेको छ । आगामी दिनमा पनि केही हुनेछ । यो सब के थियो ? यसका नायक को थिए ? खलनायक को थिए ? के कोही सहिद भएका थिए ? कोही पीडित थिए ? के कुनै नयाँ नोहको जहाज थियो ?(नोहको जहाज बाइबलमा आधारित कथा हो । नोहले आफ्नो परिवारमा जहाजमा राखेर विध्वंसबाट जोगाउँछ ।) पृथ्वीबाट भाग्ने कुनै अन्तरीक्षयान थियो कि ? मानिस पृथ्वीबाट भागेर कहाँ गए होलान् ? अन्तरिक्षमा उनीहरू कतिञ्जेल घुमे होलान् ? के उनीहरू अर्को कुनै पृथ्वीमा पो गए कि ? उनीहरू आजसम्म अस्तित्वमा रहेका भए के उनीहरूको फेरि पनि पृथ्वीमा आउने र आफ्नो हक दाबी गर्ने सोचमा छन् ? अहँ, कसैलाई थाहा छैन । कसैलाई वास्ता पनि छैन । कसैले टाउको पनि दुखाइरहँदैन ।
विकासक्रमको लामो र कहिल्यै नटुङ्गिने जस्तो देखिने प्रक्रिया अज्ञात र नाप्न नसकिने भविष्यतिरको अन्त्यहीन पाइलामा घर्सिरहनेछ । सौर्यमण्डललाई केही पर्वाह हुनेछैन । आकाशगंगालाई पनि कुनै वास्ता छैन । ब्रम्हाण्डलाई केही पर्वाह छैन । के मेटाभर्सले केही गर्छ ? अहँ, मेटाभर्स भन्ने कुरा केही हुँदैन । ब्रम्हाण्डको आकार लगातार फैलिरहनेछ । गुरुत्वाकर्षणको लहर लगातार फैलिरहेको छ । अरबौँ ब्रम्हाण्ड आफ्नै तालमा जन्मिने र मर्ने क्रम चलिरहने छ ।
युक्रेन के हो ? रुस के हो ? नाटो के हो ? अमेरिका के हो ? यो के हो ? त्यो के हो ? होमो स्यापियन्स के हो ? कसैलाई वास्ता छैन । कसैलाई टाउको दुखाउनु पनि छैन ।
सन् २१२२ मा मानिसबिनाको पृथ्वीले भोग्ने घटनाक्रम पन्छाउन सकिन्छ वा सकिँदैन, त्यसबाट जोगिन सकिन्छ वा सकिँदैन, तिनलाई रोक्न सकिन्छ वा सकिँदैन, तिनलाई असफल बनाउन सकिन्छ वा सकिँदैन, तिनलाई निस्क्रिय पार्न सकिन्छ वा सकिँदैन, यदि … । अहँ, कसैलाई वास्ता छैन । कसैलाई टाउको दुखाइराख्नु पनि छैन ।
५० लाख वर्षपछि कुनै बुद्धिमान प्राणी
(त्यो पक्कै मानिस अर्थात् होमो स्यापियन्स हुनेछैन) ले सन् २०२२ अथवा त्यसको लगत्तै होमो स्यापियन्सहरू कसरी हराए भन्ने कुराको खोजी गर्न उत्सुकता देखाउनेछन् । एक शताब्दीपछि होमो स्यापियन्सको पृथ्वीमा कुनै अवशेष बाँकी रहनेछैन । त्यसबारे कसैलाई वास्ता छैन । न कसैले टाउको नै दुखाउन आवश्यक ठानेको छ ।
राम्रो अवस्था
सन् २१२२ को सबभन्दा राम्रो पक्ष भनेको युरोप र सिङ्गो संसारकै सबभन्दा शान्त र धनी देशमध्ये युक्रेन पनि एउटा हुनेछ । युक्रेनको विशाल भूगोलमा युक्रेनी भाषा र रुसी भाषा दुवै औपचारिक भाषाको रुपमा बोलिनेछ । युक्रेनका सबै कुनाकाप्चामा अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस, जर्मन, चिनियाँ, जापानी, अरबी र अरू धेरै भाषा दैनिक बोलीचालीको भाषाको रुपमा बोलिनेछ । संसारभरका मानिसहरू युक्रेनमा पढ्न, काम गर्न, व्यापार गर्न, विज्ञान र प्रविधिको अनुसन्धान गर्न, ठूलठूला खोज अनुसन्धान गर्न, आकाश, अन्तरिक्ष, महासागर र मानिसको चिन्तनको सीमा खोज्न, मानसिक शान्ति खोज्न, व्यापारको प्रवद्र्धनको लागि र आत्मिक अमनचयनको लागि आउनेछन् ।
जताततै सङ्गीत हुनेछ, कला हुनेछ । सबैतिर सङ्ग्रहालय हुनेछ । सिर्जनशीलता जताततै हुनेछ । अनुसन्धान र प्रोत्साहन हुनेछ । विशिष्टता, धन, समृद्धि र मनग्यता हुने युक्रेनको सबैतिर ।
युक्रेनको सबै मित्र हुनेछ, कोही उसको शत्रु हुनेछैन । युक्रेनको विकासको ढाँचाबारे व्यापक खोज अनुसन्धान हुनेछ । संसारभर त्यसको विश्लेषण हुनेछ । असम्भवलाई सम्भव कसरी बनाउने, आदर्शवादलाई यर्थाथवाद र गतिशीलतासँग जोड्न, आत्मविश्वास कसरी विकास गर्ने कुरा सिक्न मानिसहरू युक्रेन आउनेछन् । युक्रेनको खास मूल्य आफैमा अब्बल मूल्य मान्यता हो । युक्रेनको मूल्यमान्यता संसारकै मूल्य प्रणालीको हिस्सा हो । युक्रेन मानव सभ्यताको रुपमा सबैप्रति सद्भाव भएको र कसैप्रति वैरभाव नभएको देशको रुपमा रहनेछ ।
युक्रेनको रुपान्तरणको लागि उसको शान्तिपूर्ण स्थायी तटस्थता नै मूर्त आधार हुनेछ । संयुक्त राष्ट्र सङ्घको महासभा र सुरक्षा परिषद्ले युक्रेनको तटस्थता मान्यताप्राप्त हुनेछ । युक्रेनको तटस्थता संरा सङ्घको सुरक्षा परिषद्, त्यसका पाँच स्थायी सदस्य, नाटो, युरोपेली सङ्घ, ओइसीडी, बीआरआई, साङ्घाई सहकार्य सङ्गठन, अफ्रिकी सङ्घ, अरब लिग र अन्य अन्तर्राष्ट्रिय सङ्गठनले पनि मान्यता दिनेछ ।
सिङ्गो युक्रेन संसारकै सबभन्दा ठूलो खुला बन्दरगाह बन्नेछ । दक्षिणदेखि उत्तरको आर्टिकसम्म, पश्चिममा अटलान्टिकदेखि पूर्वमा प्रशान्तसम्म कृष्ण सागरदेखि भूमध्यसागरसम्मको युक्रेन नै मुख्य बाटो बन्नेछ । युरेसियाली भूगोलको लागि युक्रेन नै मुख्य केन्द्र बन्नेछ । जसले मध्यपूर्व र अफ्रिकालाई क्षिणसँग जोड्नेछ, पश्चिममा युरोपसँग जोड्नेछ अनि एवम्रीतले पूर्वमा रुस, चीन, भारत र आसियानसँग जोड्दै जानेछ ।
युक्रेन सिङ्गो मानव समुदायको लागि अन्नको भण्डार हो । संसारकै उत्पादन केन्द्र हो । व्यापारको केन्द्र र भूमि, नदी, महासागर, आकाश र अन्तरीक्ष जोड्ने सेतु हो । युक्रेनको सफलता भनेको मानव जातिको सफलता हो । युक्रेनको सुरक्षा नै संसारको सुरक्षा हुनेछ । युक्रेनको भविष्य नै सिङ्गो मानव जातिको विशाल हिस्साको भविष्य हुनेछ ।
युक्रेनको उत्तर र पूर्वमा सबभन्दा ठूलो छिमेकी देश रुस हुनेछ । उनीहरूबीच जेजस्ता समस्या आए पनि तिनको शान्तिपूर्ण समाधान गरिनेछ । दुई छिमेकी देशहरू सद्भाव र असल छिमेकीको रुपमा सदैव सहज व्यवहार गर्नेछन् ।
युक्रेनको सबैतिर संरा अमेरिका, बेलायत र युरोपेली सङ्घ हुनेछन् । सारमा युक्रेन संसारकै हिस्सा भएजस्तै युरोपको पनि हिस्सा हुनेछ । युक्रेनसँग जापान हुनेछ, भारत हुनेछ, युक्रेनलाई प्रेम गर्ने सबै देश हुनेछन् । संसारका मानिसलाई स्वागत गर्न युक्रेनको हात सधैं खुला हुनेछ ।
अब सन् २०२२ मा
एक सय वर्षपछि हुने राम्रा र नराम्रा कुरा विचार गरेर अब हामी आज अर्थात् सन् २०२२ मा फर्कौँ । आज जस्तो मानिस कहिल्यै पनि आणविक नरसंहारको जोखिममा परेको छैन । युक्रेनमा आज जे भइरहेको छ, त्यो दुःखद र विस्मयकारी छ । अहिले त्यहाँको परिस्थितिले सैनिक लडाईदेखि आणविक युद्धसम्म चर्किन सक्छ । अनि सिङ्गो मानव जाति विनाशको सङ्घारमा पुग्न सक्छ । खराबभन्दा खराब अवस्था आउन सक्छ । त्यसकारण, विवेक, दृष्टिकोण, सहास र मानिससँग भएका स्रोतसाधनको परिचालन गरिनुपर्छ । आणविक नरसंहार रोक्न त्यसो गर्नुपर्छ । युक्रेनको शान्ति, पुनःस्थापना, पुनःउत्थानको लागि र विश्वको शान्ति, स्थायित्व, विकास र समृद्धिको लागि हामीले सबभन्दा अब्बल अवस्थाको अपेक्षा गर्नुपर्छ ।
त्यसको लागि आजै युक्रेनमा तनाव कम गर ! शान्ति कायम गर ! युद्ध बन्द गर । युक्रेनी जनतालाई जोगाऔँ । मानव जातिलाई जोगाऔँ ।
(लेखक समसामयिक मामिलाका टिप्पणीकार तथा चिनियाँ नेता तेङ स्याओपिङका भाषा सहयोगी हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
प्रस्तुति : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *