भर्खरै :

के नेपाली काङ्ग्रेसले एमसीसीसँग गुलेलीले लड्ने ?

काठमाडौँ, १७ वैशाख । ‘एमसीसीमार्फत बमबारूद र सेना लिएर आए काङ्ग्रेस अग्रपङ्क्तिमा रहेर लड्छ’ भनी नेपाल तरूण दलको आयोजनामा भएको एक भेलामा गृहमन्त्री बालकृष्ण खाणले बताएको कुरा समाचारमा छापियो । गृहमन्त्री खाणले एमसीसी प्रस्ताव पास हुनु नेपालको निम्ति ‘ज्यादै ऐतिहासिक र महत्वपूर्ण’ उपलब्धि भएको धारणा राख्दै गरिबी निवारण हुने बताए ।
अमेरिकामा गरिबी निवारण गर्न नसकेको स्वयम् अमेरिकी सरकारले नेपालको गरिबी निवारणमा किन चासो राख्छ ?¤ आश्चर्यको विषय छ । जहाँसम्म ‘ऐतिहासिक र महत्वपूर्ण’ उपलब्धि भन्ने भनाइ छ – हाम्रा बितेका हरेक क्षण ऐतिहासिक र प्रत्येक क्षण पनि मूल्यवान र महत्वपूर्ण हुन्छ । त्यसो त बेलायती साम्राज्यवादसँगको सम्झौता पनि ‘ऐतिहासिक र महत्वपूर्ण’ बताइन्छ । किनभने, त्यो सम्झौता नभएको भए देशले अरू भूभागहरू पनि गुमाउँथ्यो भन्ने विश्लेषण छ । त्यस्ता आत्मसमर्पणवादीहरू हरेक देशमा हिजो थिए र आज पनि छन् ।
एमसीसी सम्झौता भएका देशहरू हातमा लिन अमेरिकी सेना आफै आउँदैनन् बरू एमसीसी पारित गर्ने सरकार र नेताहरूले अमेरिकी सैनिक नेताहरूलाई बोलाउने छन्, अथवा रक्सौल नाका र एयरपोर्टहरूमा फूलको माला र खाडाले स्वागत गराउन बाध्य पार्नेछन् ।
अहिले बन्दुक र बारूदले होइन ‘दूरमारक यन्त्रहरू’, ड्रोन र युद्धक विमानहरूमार्फत
हमला गर्ने गर्छन् । के त्यसबेला हामी नेपालीहरूले गुलेलीले जवाफ दिने हो ?¤
सारा साधारण जनतालाई थाहा छ – बिजुलीका तारले हात–हतियार बोक्दैन ‘रोप वे’ वा केवलकारले बोकेजस्तै । आत्मसमर्पणको अर्थ लाग्ने कागजमा हस्ताक्षर गरेपछि लडाइँ गर्नुपर्दैन, सेना पठाउनु पर्दैन, सादा पोशाकका मान्छेले काम चलाउनेछ, संसारको इतिहासले यही देखाउँछ ।
कागज कारखाना बेचिँदा नेपालमा पुस्तक छाप्ने कागजको कमी
हिजो छिमेकी मुलुकले कागज नपाएर देशव्यापी परीक्षालाई स्थगित गरेको समाचार सुनेका हामी नेपालीहरूले आज आफ्नै देशका सञ्चारमाध्यमले ‘विद्यार्थीको किताब छाप्ने कागज सकियो, ४५ लाख पाठ्यपुस्तक छाप्न बाँकी’ समाचार छापेको छ ।
५० प्रतिशत कागज अभावको कारण पाठ्यपुस्तक नछापिने समाचार बाहिरियो । तर, शैक्षिक सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले ९० लाख पुस्तक छाप्नुपर्नेमा ४५ लाख अर्थात् आधा पुस्तकमात्र छाप्न बाँकी भएको बताए । उनका अनुसार मतपत्र छापेकोमा कुनै असर पर्दैन र दुई सिफ्टमा काम भएको हुँदा (फरक समूहलाई फरक समयमा काम गर्ने) त्यसले खासै असर गर्दैन ।
तर, दुःखको कुरा हो – हाम्रा शासक दलहरू खास गरेर नेपाली काङ्ग्रेसले भृकुटी कागज कारखाना निजीकरण गरी भारत पठाएको थियो । हामी नेपाली सा¥है ‘देशभक्त’ ! भएको कागज कारखाना कौडीको मोलमा बेचेर महँगो कागज किन्न आतुर ! त्यस्तै हाम्रा केही ‘विद्वान’ निजी छापाखानाका प्रकाशकहरू छन्, तिनीहरू आफ्नो सरकार आउँदा पुस्तक छाप्ने ठेक्का लिई भारतीय छापाखानाहरूबाट पुस्तक छापेर नाफा खाने गर्छन् । हो, भारतीय छापाखानाले ‘सानो’ काम पाए पनि हाम्रा एजेन्टले देशअनुसार ‘ठूलो’ एजेन्ट भाग वा नाफा पाउँछन् ।
आफ्नो घरमा आगो लगाएर त्यसको खरानी खेतको लागि मल बनाउने बुद्धिलाई त ‘तारिफ’ गर्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *