विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
रामुले मूलढोकाको घण्टी बजायो श्यामले मूलढोका र भित्री भवनको माथिल्लो भागसमेत आउने गरी रामुको तस्बिर खिच्यो । भित्रबाट कुकुरहरू भुकेको सुनियो ।
एकछिनपछि साधारण कमिज, घुँडासम्म आउने सुरूवाल र चप्पल लगाएको १५–२० वर्षको एक युवक आएर मूलढोका खोल्यो । रामु र श्यामतिर हेरेर उसले सोध्यो, “तपाईँँहरू को हुनुहुन्छ ?”
“हामीहरू पत्रकार हौँ, का. एन.बी.ले हामीलाई समय दिनुभएको थियो ।”
रामुले उत्तर दियो । ढोका बन्द गरी ऊ फेरि फक्र्यो र एकछिनपछि ढोका खोल्दै भन्यो, “मालिकले तपाईँँहरूलाई बोलाउनुभएको छ, भित्र पाल्नुहोस् ।” रामु र श्याम भित्र पसे र श्यामले ढोका खोल्ने युवकसँग प्रश्न ग¥यो, “कामरेड, तपाईँँको नाम के हो ?”
“मेरो नाम भक्ते हो, हजुर ।”
“तपाईँ का. एन.बी. को को हुनुहुन्छ ?”
“उहाँ मालिक हुनुहुन्छ, म नोकर हुँ हजुर ।”
श्यामले आफ्नो क्यामेरालाई मिलायो र भक्तेको तस्बिर खिच्यो, तस्बिरको पृष्ठ भागमा भव्य भवन पनि थियो ।
यतिकैमा कामरेड एन.बी. २–३ वटा काला रङ्गका छाउराहरू बोक्दै भवन अगाडिको चौरमा देखापरे । रामु र श्यामले अभिवादन गरे । एन. बी. ले मेच र टेबुल भएको ठाउँमा पत्रकारहरूलाई बस्ने सङ्केत गर्दै एउटा मेचमा आफू पनि बसे । श्यामले आफ्नो क्यामेरा निकाल्दै मेचमा बस्दै गरेका छाउराहरू बोकेका मालिक कामरेडको तस्बिर खिच्यो । अनि विस्तारै कामरेडले छाउराहरूलाई चौरमा खेल्न छोडे तर भवनको भित्री ढोकाको दायाँ–बायाँ एक–एकवटा ठूल्ठूला कुकुर सिक्रीले बाँधिएको थियो । बीच–बीचमा ती कुकुरहरू भुक्दै थिए ।
चौरको बीचमा एउटा टेबुल, चारैतिर चारवटा मेच, दक्षिण मोहडामा मालिक कामरेड, उत्तर मोहडाको मेचमा रामु र पश्चिम मोहडाको मेचमा तस्बिर खिच्न श्याम बसेका थिए । मालिक कामरेडले बायाँ हातको नाडी घडी हेर्दै भने, “पत्रकार भाइहरू त समयमै आउनुभयो । मेरो घडीमा ८ बज्यो ।” चाक्लो घडीको चारैतिर टलटल टल्किने स–साना हिरा जडिएका थिए भने घडी बाँध्ने बाइन सुनको थियो ।
पत्रकार रामुले आफ्नो झोलाबाट टेप र रेकर्डर अगाडि सार्यो र असजिलो मान्दै तारिफ ग¥यो – “नेताजी, तपाईँँको घडी त तपाईँँको नाडीलाई सा¥है सुहाउँछ, अत्यन्त राम्रो पनि छ ।”
नेताजीले मुसुमुसु हाँस्दै आफ्नो घडीलाई दायाँ हातले मिलाउँदै भने, “यो घडी म विदेशको निमन्त्रणामा यात्रा गर्दा उपहार पाएको थिएँ, यो घडी दामी छ । विदेश यात्रामा एउटा दामी टाई र टाईपिन पनि ल्याएको थिएँ । त्यो मलाई सा¥है सुहाउँथ्यो र त्यसको चर्चा पनि चलेको थियो ।”
पत्रकारले नेताजीको दायाँ र बायाँ हातहरूमा देखिएका औँठीहरूलाई औँल्याउँदै फुर्कायो, “ती औँठीहरू पनि तपाईँँका औँलाहरूमा अत्यन्त सुहाउँछ ।”
“यी मेरा औँठीहरूमध्ये एउटा भारत भ्रमणमा जाँदा एकजना सिद्धबाबाले प्रसाद दिएका थिए, ती बाबाले मलाई प्रधानमन्त्री हुने योग भएको बताएका थिए । मलाई पूरापूर विश्वास छ, म त्यस ओहदामा ढिलो वा चाँडो पुग्छु ।” एकछिन मुसुमुसु हाँस्दै औँठी देखाउँदै गर्विलो स्वरमा उनी भन्दै गए, “यो औँठी नेपाली बाबाले मेरो स्वास्थ्यको निम्ति लगाइदिएका थिए । ती बाबाको भविष्यवाणी पनि अत्यन्त अचुक छ । देशमा सङ्कटकाल आउने, संसद र स्थानीय निकाय भङ्ग हुने र निर्वाचित सरकारसमेत पतन हुने भविष्यवाणी केही महिनाअगाडि नै गरेका थिए । संसद्मा रहेका पार्टीहरूको ‘सङ्कीर्ण’ र ‘अकर्मण्य’ आन्दोलनको समेत भविष्यवाणी गरेका थिए ।”
नेताजीले सेतो पातलो कपडाको कुर्ता र सुरूवाल लगाएका थिए । नेताजीको भुँडीले उनको सम्पन्नता प्रदर्शन गर्दै थियो । रामुले प्रश्न ग¥यो, “नेताजी, तपाईँँको परिवार र तपाईँँको बाल्यकालबारे बताइदिनुहुन्छ कि ?”
“म एक नाउँ चलेको सम्पन्न जमिनदारको छोरो हुँ । मेरो बाल्यकाल र अध्ययन भारतको एक महँगो निजी विद्यालयबाट सुरू भएको थियो । विज्ञानको प्रमाणपत्र तह उत्तीर्ण गरेपछि म देशको राजधानी आएर चिकित्सा विज्ञानमा विदेश अध्ययनको निम्ति प्रतियोगितामा सामेल भएँ । मैले भारतमै पहिलो श्रेणीमा उत्तीर्ण गरेको हुँदा छात्रवृत्ति पाउनेबारे म ढुक्क थिएँ । तर, काठमाडौँको जातिवाद र भाषावादको कारण म चिकित्सा विज्ञानको छात्रवृत्तिमा छानिनँ । ठूला–बडा कर्मचारी र पुँजीपति वर्गका छोराछोरी विदेश जान छानिए । केही दिन म निराश भएँ, पछि एकजना साथीले ती शिक्षा मन्त्रालयका भँडुवाहरूलाई बदला लिने भावना जगायो । मलाई त्यो सुझाव राम्रो लाग्यो र म कम्युनिस्ट पार्टीमा सामेल हुने उद्देश्यले माक्र्सवादी साहित्यहरू अध्ययन गर्न थालेँ र कम्युनिस्ट पार्टीमा सामेल भएँ ।”
किस्तीमा तीन वटा चियाका कपहरू लिएर साँवला रङ्गकी एउटी केटीले टेबुलकै छेउमा आएर नेता कामरेडसँग अदबका साथ सोध्छे– “मालिक, चिया टक्र्याऊँ ?”
“हुन्छ हुन्छ, उहाँहरूलाई पनि दिनू” – कामरेडले बडो गौरव अनुभव गर्दै भने । चियाका कपहरू टेबुलमा राखेर किस्ती लिएर फर्कनै लाग्दा नोकर्नीलाई नेता कामरेडले भने, “मालिक्नीलाई पनि मैले बोलाएको बताउनु है ।” “हस् मालिक” भन्दै नोकर्नी भवनभित्र पसी र एक छिनपछि फेरि फर्केर आई र भनी, “मालिक ! मालिक्नी एकछिनपछि सवारी होइसिन्छ, अहिले श्रृङ्गार कोठामा होइसिन्छ ।”
नेता मालिकले सकारात्मक टाउको हल्लाएपछि नोकर्नी फर्की । रामुले अर्को प्रश्न तेस्र्यायो–“कामरेड, तपाईँँको यस महलबारे बाहिर सा¥है प्रशंसा र चर्चा छ । यसले पनि तपाईँँको राजनैतिक सफलताको प्रमाण प्रस्तुत भएको अड्कल काट्छन् । यसबारे केही बताइदिनुहुन्छ कि ?”
“हो, यस भवनले पनि मेरो राजनैतिक सफलताको प्रमाण दिन्छ । मैले फकिर हुन राजनीति गरेको होइन, काठमाडौँमा भव्य भवन नभई तथा सम्पन्न जीवन बिताउन नसकेसम्म नेपालमा उच्चस्तरीय राजनीति गर्नै सकिन्न । गाउँ र जिल्लाको मूल्य नभएको घर जग्गाको कुनै अर्थ छैन । यसकारण, मैले आफ्नो सारा परिवार काठमाडौंँ ल्याएँ, मेरा छोरा–छोरीहरूलाई राजधानीका राम्रा कलेजहरूमा पढाएँ र तिनीहरू विदेशबाट एउटा एउटा विषयमा विशेषज्ञ भई फर्के । मेरा तीनजना छोरा–छोरीले रूस, चीन र भारतमा अध्ययन गर्ने अवसर पाए । सबै डाक्टर र इन्जिनियर भए, सबैको विवाह भयो, मेरो जीवन मेरो विचारमा सफल जीवन हो । प्रजातन्त्र पुनःस्थापनाको उपलब्धि यही हो ।”
नेताजी आफ्नो जीवनप्रति गर्व गर्दै मेचको हातमा र टेबुलमा विस्तारै औँठी भएको हातले हलुका ढङ्गले बजार्दै बोल्दै गए । चौरको चारैतिर लहरै फूलबारी थियो भने एउटा कुनामा सानो पोखरी पनि थियो । यतिकैमा मूलढोकाको घण्टी बज्यो, मोटरसाइकल चढेका दुईजना हट्टाकट्टा युवाहरू नेताजीको नजिक आएर अभिवादन गर्दै भने, “कामरेड, सिमेन्ट र छडको भाउ बढ्दै छ ।”
“ठीक छ, तिमीहरू उद्योग वाणिज्य सङ्घका साथीहरूसँग छलफल गर्नू” – नेताजीले आदेश दिए ।
“कामरेड, उद्योग वाणिज्य सङ्घ र पर्यटन उद्योगका हाम्रा पार्टनरहरू भने नेपाल बन्दलाई नियन्त्रण गर्न कामरेडको प्रभाव प्रयोग गर्नुपर्नेबारे बारम्बार जोड दिँदै छन् के गरौँ ?” मोटरसाइकल चलाउने युवाहरूले गुनासो पोखे ।
“ठीक छ, ठीक छ, म कोसिस गर्दै गरौँला, अहिले तिमीहरू जाओ, भरे साँझ काम सिध्याएर आउनू”, नेताजीले आदेश दिए ।
भव्य भवनको ढोकाबाट मालिक्नी श्रृङ्गारपटारका साथ टेबुलमा आएर बस्न नपाउँदै नेताजीले पत्रकारहरूलाई परिचय दिए, “यिनी मेरी जीवन सङ्गिनी हुन् । यिनी पनि सानैदेखि देश र जनताको निम्ति पार्टीमा लागेकी हुन् ।” पत्रकार दुवैले अभिवादन गरे । श्यामले क्यामेरा झिक्दै महिला कामरेडको तस्बिर खिच्न सुरू गर्यो । रामुले पहिलेको प्रश्नलाई फेरि जोड्यो, “कामरेड, यत्रो भव्य महल बनाउन कति वर्ष लाग्यो होला ?”
“४–५ वर्ष त लाग्यो नै । फिनिसिङ्ग वा साज–सजावट गर्न बढी समय लाग्यो” – नेता मालिकले टाउको हल्लाउँदै बताए ।
रामुले अर्को जिज्ञासा थप्यो, “यस भव्य भवनको लागतबारे केही अनुमान गर्न सकिएला, कामरेड ?”
“निश्चय पनि जग्गा र भवन गरेर २–४ वर्षअगाडि नै ५० लाख पुगेको थियो । बढ्दै गएको बजार भाउले हाम्रो महलको पनि मूल्य बढ्दै जाने भयो नि । राजधानीमा घर बनाउनुको अर्को मज्जा यही हो, गाउँको पुर्ख्यौली घर त्यसै छ ।”
नेताजीले यति भन्दै थिए श्यामको तस्बिर खिच्ने धोको देखेर भने, “होइन पत्रकार भाइहरू भित्रै गएर पनि तपाईँँहरू अवलोकन गर्नसक्नुहुन्छ, जाऔँ ।”
रामुले टेप, अरू सामान र आफ्नो झोला बोक्यो, श्याम दङ्ग भएर अझ व्यवस्थित गर्न क्यामेरा चलायो । मालिक र मालिक्नी कामरेडहरू उठेर भवनतिर लागे, पत्रकारहरू पछिपछि लागे ।
भित्र पस्नासाथै श्यामले आफ्नो क्यामेरा ‘क्लिक’ ‘क्लिक’ गर्न थाल्यो । महिला कामरेडले पत्रकारहरूको उत्सुकता बुझेर भनिन्, “मन्त्रीज्यू, हजुरले नै सबैको एक–एक गरेर बताइस्योस् न ।”
नेता कामरेड उत्साहित भएर भन्दै गए, रामु आफ्नो टेप र सामान अगाडि सार्न थाल्यो, “यो सिङ्गमर्मरको साथीभाइमा ठूलो तारिफ छ, मैले यी सबै विदेशबाट मगाएको थिएँ ।”
एक–एक कोठा र एक–एक तला देखाउँदै उनले भन्दै गए, “हरेक कोठा र तला एक न एक देशको भ्रमणबाट पाएको फाइदा र मन्त्रालय हेरफेर हुँदा एउटा एउटा मन्त्रालयको चिनोको रूपमा निर्माण गरेको हुँ ।” सबै कोठाहरू आधुनिक सामानले सुसज्जित थिए । राम्रा र दामी गलैँचाहरू, राम्रा राम्रा सोफा, टेबुल, दराज, पलङ र अन्य सामानहरू देखाउँदै भने, “यिनीहरू स्वदेशी नै हुन् भने यी बिजुलीका – सामान झाड–पानस आदि विदेशका हुन्, स्नान गृह बनाउन मेरो बुद्धि, मेहनत र रकम धेरै खर्च भयो । एकपटक विदेशको कार्यक्रममा निमन्त्रणा आउँदा मैले न्यानो लुगाको समेत रकम लिएँ । अमेरिका जाँदा म साथीहरूकहाँ बसेँ तर पाँच तारे होटेलको खर्च सरकारबाट लिएँ । यसरी मैले हुनसम्म किफायत र सहुलियतमार्फत एउटा राम्रो भवन बनाउने धोको पूरा गरेँ ।”
“नेताजी, तपाईँँको भव्य भवन र विचारबाट म त साह्रै प्रभावित भएँ, अब यस्तै घर सारा नेपाली जनताले कहिले पाउनेछन् ?” रामुले विस्तारै व्यङ्ग्यात्मक प्रश्न तेस्र्यायो ।
“मलाई थाहा छ, क्रान्ति र समाजवादको निम्ति एक ऐतिहासिक युग लाग्छ । यसकारण, त्यति लामो समय यस जीवनले पर्खन नसक्ने भएको हुँदा मैले आफ्नो र आफ्नो परिवारबारे सोच्न लागेको हुँ”–कामरेडले थपे ।
“त्यसो भए आमूल परिवर्तन, व्यापक सुधारजस्ता शब्दहरूको प्रयोग तपाईँँहरूको पार्टीको दस्तावेजमा छ र तपाईँ पनि भाषणमा बारम्बार बताउनुहुन्छ, यसबारे जनताले के सम्झनु उचित होला नेताजी ?”– रामुले अर्को प्रश्न गर्यो ।
“तपाईँँको प्रश्न गम्भीर छ, ती सब कुरा देखाउने दाँतमात्रै हुन्, जनतालाई चर्काचर्का कुरा र ठूला–ठूला आश्वासन नदिँदासम्म तिनीहरू पछि लाग्दैनन् र मत दिँदैनन्, न त कार्यकर्ताहरू नै ताली बजाउँछन्”– धक नमानी उनले साँचो कुरा बताए ।
“त्यसो भए जनता झुक्किने भए पछिपछि त घर, खेत र जागिरबारे पत्याउन छोडेपछि आकाशका तारा र चन्द्रमा झारिदिने तथा छानै सुनको लगाइदिने आश्वासन दिनुपर्ने स्थिति आउँदैन त नेताजी ?” रामुले अर्को प्रश्न ग¥यो ।
“तपाईँँको जिज्ञासाको निम्ति धन्यवाद छ, तर त्यसो नगरी हामी सरकारमा पुग्नै सक्दैनौँ र सरकारमा नगई हाम्रो राजनीति नै सफल हुन्न”– सजिलै उत्तर दिए । पूर्व मन्त्रीलाई पनि मन्त्रीज्यू भन्ने चलनअनुसार नेता कामरेडलाई पनि मन्त्रीकै सम्बोधन रामुले गर्यो । नेताजी झन् उत्साहित देखिए ।
“त्यसो भए मन्त्रीज्यू, हाम्रो लक्ष्य त साह्रै सानो अवधिको मात्रै हुने भयो होइन र ? भनिन्छ राजनीतिज्ञले अर्को निर्वाचनलाई मात्र ध्यान दिन्छ भने राजनेताले अर्को पुस्ता र युगको बारे” रामुले विचार राख्यो ।
“हो, पत्रकार भाइको कुरा साँचो हो, तर मेरो जीवन त्यति लामो छैन । अब मैले क्रान्ति, आमूल परिवर्तन र समाजवाद छिट्टै आउँछ भन्नेबारे विश्वास गर्नै छोडिसकेँ”, मन्त्री कामरेडले उत्तर दिए ।
“त्यसो भए तपाईँँको पार्टीको नाममा ‘माक्र्सवाद–लेनिनवाद’ जस्ता पुच्छर झुन्ड्याउनु उचित छ र ?” रामुले तत्काल अर्को प्रश्न तेस्र्यायो ।
“हो, त्यसो गर्नु धोका हो, तर हामीसँग अर्को उपाय पनि त छैन नि ! जनता सचेत नभएसम्म हामी छलछाम गर्दै जानेछौँ, जनताले राम्रो बुझ्न थालेपछि हामी राजनीतिबाट सन्यास लिनेछौँ वा हामीलाई जनताले पत्याउन छोड्नेछन् ।” अलि मुख अँध्यारो पारी नेताजीले आफ्नो लाचारी देखाए ।
झ्यालबाट बगैँचा र आँगनको तस्बिर खिच्दै गरेका श्यामले अचानक सोध्यो, “मन्त्रीज्यू, आँगनमा त २–४ वटै मोटर देखेँ, तपाईँँको कतिवटा मोटर छन्, बताइदिनुहुन्छ कि ?”
मन्त्री कामरेडले भने, “संसद् सदस्य हुँदाको एउटा पजेरो थियो, मन्त्री हुँदाको अर्को मोटरकार, फेरि सांसद हुँदा अर्को मोटर थपेँ । ती मोटरहरू अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (आइएनजीओ) हरूलाई बहालमा दिएको छु, नामसारी गरेको छैन, नाम मेरै हो । सुरूमा व्यापारमा हात नहाल्दा आम्दानीको स्रोत नै यी मोटरहरू थिए ।” मन्त्रीको पछिपछि लाग्दै गरेकी मन्त्रिणीलाई रामुले सोध्यो, “तपाईँँ पनि – पहिले महिला क्षेत्रमा सा¥है सक्रिय रहनुहुन्थ्यो, तपाईँ आफ्नो समय केमा खर्चिदै हुनुहुन्छ ?”
“हाम्रो पार्टीमा ठूलो पक्षपात भयो, हामीभन्दा कम दुःख पाएका र लामो पार्टी जीवन नभएका महिलाहरूलाई माथिल्लो तहमा ल्याएको हुँदा हामीले पार्टीमा भित्रभित्रै विद्रोह गर्यौँ । मलाई अब पार्टी नेतृत्व र पार्टी सङ्गठनमा विश्वास छैन । श्रीमान् मन्त्री हुँदा सरकारबाट पाइने पदको सुविधा लिँदा वा मनोनीत हुँदासमेत कुरा काट्नेहरू मलाई मन पर्दैन । आफूहरूले जे पनि गर्न हुने, अरूले केही गर्न नहुने, दोहोरो मापदण्डको म घोर विरोधी हुँ । लोग्ने नेता हुँदैमा लामो पृष्ठभूमि नभएका श्रीमतीलाई माथिल्लो तहमा ल्याउनु सरासर गलत हो ।” हात हल्लाउँदै मन्त्रिणीले आफ्नो दुःखेसो र आक्रोश एकैसाथ पोखिन् । रामुले एक कोठाको झ्यालबाट दायाँ बायाँ हेर्दै वातावरणलाई शान्त पार्न खोज्यो र भवनको २–४ शब्दमा तारिफ गर्दै मुसुमुसु हाँस्दै प्रसङ्ग बदल्दै नयाँ प्रश्न सोध्यो, “कामरेड, तपाईँलाई त पार्टी फुटाएको र नेतृत्वको भोको भन्ने आरोप लागेको छ नि ?”
“त्यो आरोप सोह्रै आना गलत हो, किनभने म पार्टीको महासचिव थिएँ, नेतृत्वको भोको भएको भए नेतृत्वमै बसिरहन अनेक चालबाजी पनि त गर्नसक्थेँ ।” नेताजीले मुख बिगारेर पत्रकारको जिज्ञासालाई शान्त पारे ।
“पार्टी सानै भए पनि महासचिव वा अध्यक्ष बन्ने महत्वाकाङ्क्षा विदेश भ्रमणमा राष्ट्र प्रमुखहरूसँग, आफ्ना पार्टी नेतृत्वसँग भेट्दाको इष्र्याबाट पलाएको भनिन्छ नि नेताजी ?” रामुले एक गम्भीर आरोप कामरेडतिर तेस्र्यायो ।
“मानिसमा ठूलो हुने इच्छा को सँग हुँदैन ? के उनमा महासचिव बन्ने धोको थिएन ? त्यस्तो नभएको भए, उनी किन महासचिव पद छोड्दैनन् ? महानिर्वाचनमा मलाई हराउन वा महासचिवको दाबाबाटै पन्छाउन कमजोर स्थानको उम्मेदवारी दिएको थियो । जालसाजीमा नपरेको भए म महासचिवमै रहन्थेँ, निर्वाचन जित्ने र प्रधानमन्त्री पनि भइसक्थेँ, अनि विदेशी राष्ट्र प्रमुख र राज्य प्रमुखहरूसँगै अनेक पार्टी र रात्रिभोजहरूमा रहन्थेँ । महत्वाकाङ्क्षा मानिसमा रहनैपर्छ र इष्र्या त हरेक मानिसभित्र रहने स्वाभाविक भावना हो ।” अलि झर्केर नेताजीले चोर औँला सोझ्याउँदै उत्तर दिए ।
“नेताजीको अभिव्यक्तिले म त सा¥है प्रभावित भएँ, तर आफ्नै सहकर्मीहरूको तपाईँँसँग मन्त्री हुँदाको भ्रष्टाचारको आरोप पनि त छ नि ! यसको जवाफ कसरी दिनुहुन्छ ?” रामुले मसिनो स्वरमा कौतूहलता जाहेर ग¥यो ।
रामुको प्रश्नले मन्त्रीको मुखमण्डलमा बादल लाग्यो, शिर झुक्यो, तर बिस्तारै टाउको उठाउँदै मुख बिगार्दे जवाफ दिए, “मैले क्विन्टलका क्विन्टल सुन बोकेको छैन, पार्टी कार्यालय बनाउने नाममा मैले लपनछपन गरेको छैन, काठमाडौँमा घर बनाउने, बैङ्क ब्यालेन्स र रकम लगानी गरेको विषयमा स्थायी समितिका कुन नेता यसमा अपवाद छन् ? हो, मैले काठमाडौँमा घर ठड्याएँ, अरूले पाटन र भक्तपुरमा घर ठड्याए । कसैले आइएनजीओबाट सम्पत्ति कुम्ल्याए, कसैले लामो रूटको बसबाट, कसैले निजी कलेज, स्कूल, होटेलबाट, कसैले कम्प्युटर वा इँटाभट्टा र जग्गा खरिद बिक्रीमा पुँजी लगाए भने मैले कुनै एउटा व्यापारमा पैसा लगाएँ ।”
वातावरणको तनावलाई कम गर्न रामुले महिला नेतृको लुगाको तारिफ गर्दै भन्यो, “हजुरलाई यो पहिरन असाध्यै सुहाउँछ ।”
“हो त, उहाँ विदेश जानुहुँदा सम्झेर ल्याइदिनुभएको थियो । मन्त्रिणीले आफ्नो श्रीमान्को परिवारबारे चिन्ताको बेलीबिस्तार लगाइन् ।
नेताजी पहिले, त्यसपछि मन्त्रिणी र तिनीहरूका पछिपछि पत्रकारद्वय एक एक खुड्किलो र एक–एक तला अवलोकन गर्दै तल झर्दै गए । आँगनमा पुगेपछि रामुले अन्तिम तर चाखलाग्दो प्रश्न सोध्यो, “कामरेड, बिदा लिने बेलामा विनम्रतापूर्वक एउटा प्रश्न राख्न चाहन्छु, काठमाडौँको यस्तो महँगो ठाउँमा यति धेरै रोपनी जग्गा कसरी लिनुभयो ?”
“मेरा केही कामरेडहरू घर–जग्गामा लागेका छन्, केही सडकका ठेकेदारहरू छन्, कोही दूध मिल र कार्पेट वा तयारी पोशाकका उद्योगपति छन्, तिनीहरू सबैलाई मैले सरकारमा बस्दा सघाएँ, तिनीहरू आज मेरा सहयोगी भएका छन् । साथै काठमाडौँको सहरभित्र जग्गा नपाउँदा अलि बाहिरै पुगेँ तथा सुरूमा बीचको बाटो नभएको सस्तो २–४ रोपनी जग्गा लिएपछि देश विकास गर्नुप¥यो भनी टालटुल गरेर ज्यापूहरूको जग्गाहरूबाट सडक बाटो निकालेँ, अनि त मेरो प्रगति भइहाल्यो नि ।” सजिलैसित मन्त्री कामरेडले राजधानीको आफ्नो प्रगतिको बेलीबिस्तार लगाए ।
बिदा लिनुअघि श्यामले मन्त्री र मन्त्रिणीसँगै राखेर तस्बिर खिच्ने प्रस्ताव राख्यो र सोअनुसार दुवै कामरेडहरू भव्य भवनलाई पृष्ठभूमि बनाएर उभिए, तस्बिर खिचियो र नेताजीले बिदा गर्दै पत्रकारहरूलाई भने, “भाइहरू चिन्ता मान्नु पर्दैन, चर्काचर्का र लामालामा भाषणमा जनता भुलेसम्म हामी निर्वाचनमा हार्नेछैनौँ र हामी फेरि सत्तामा पुग्नेछौँ ।
स्रोतः एकादेशको कथा
Leave a Reply