भर्खरै :

भनपा ७ नं. वडाको प्रगति प्रतिवेदन

  • बैशाख २५, २०७९
  • उकेश कवां    
  • विचार

गोल्मढी, याता, इनाचो, चोर्चा, वाचुटोल, जगाती, सिमालय, वासिगचा, हनुमानघाट, महेश्वरीलगायतका टोलहरू मिलाई राज्य पुनर्संरचनासँगै साविक ६ र ७ वडा मिलाई ७ वडाको राजनैतिक भूगोलमा अङ्कित गरेको छ ।
यो वडाको पूर्व ८ वडा, उत्तर ६ र ९ वडा, पश्चिम ५ वडा र दक्षिण अरनिको राजमार्गसम्म सिमाना फैलिइएका वडा नं. ७ भक्तपुर नगरमा ०.२९९८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
यहाँको जनसङ्ख्या ७,५६३ रहेको छ । यस वडाका जनताले कृषिलाई प्रमुख पेशाको रूपमा अँगालेका छन् । यसबाहेक अरु व्यापार, नोकरी, मजदुरी व्यवसायहरूमा आबद्ध भई आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
यस वडा सांस्कृतिक र सम्पदाहरूको पहिचानको रूपमा पाटी ४३, पोखरी ४, इनार २७, पुल ५, मस्जिद १, मन्दिर १५, वहि २, विहार १, चैत्य ५, ढुङ्गेधारा १०, सत्तल ११, द्यःछेँ ३ ओटा तथा तीर्थस्थलहरू त्रिवेणीघाट, महेश्वरीघाट र हनुमानघाट रहेका छन् ।
यस वडामा १३९ थरका मानिसहरूले बसोबास गरिरहेका छन् । यसमध्ये ९९ प्रतिशत नेवार रहेका छन् ।
सामुदायिक र संस्थागत गरी ४ ओटा मावि र ३ ओटा आधारभूत विद्यालयहरू शैक्षिक स्तर उकास्न सक्रिय रहँदै आएका छन् । महेश्वरी खेल मैदानले फूटबल, क्रिकेट र अन्य खेलको विकासमा योगदान गरिरहेको छ भने विपद्को बेला आश्रय स्थलको रूपमा प्रयोग भइरहेको छ । स्वास्थ्य उपचारको लागि ख्वप अस्पतालबाट घरदैलो नर्सिङ परिचालन भइरहेको छ भने सिद्धि स्मृति अस्पताल र सिद्धि गणेश स्वास्थ्य क्लिनिकले सहयोग पु¥याइरहेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्पmबाट निर्वाचित भई जेठ ७ गते शपथ लिई निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने, जनताको इमानदारीपूर्वक सेवा गर्ने पार्टीको उद्देश्यअनुसार वडा र नगरपालिकामा हामी सक्रिय रह्यौँ । विकास निर्माण, स्वास्थ्य, शिक्षा र सर—सफाइलगायतका विषयमा हाम्रो विशेष ध्यान केन्द्रित रही स्थानीय पार्टी कार्यकर्ता, युवा, विद्यार्थी एवं जनतासँग मिली काम गर्न हामी क्रियाशील भयौँ ।
स्थानीय जनता र नगरवासीहरूको हितमा चेतनामूलक एवं नगरपालिका र वडास्तरीय विकास निर्माणका कामहरूमा उपभोक्ता समितिका साथीहरूसँग योजनाहरू सञ्चालन गर्दै गयौँ । यसक्रममा मुख्य गरी कोभिड नियन्त्रण र उपचार, सांस्कृतिक गतिविधि, खेलकुद, सम्पदा पुनः निर्माण, सडक गल्ली सुधार, भूकम्पले क्षति भएका पुलहरू पुनः निर्माण, कानुनी र प्राविधिक समस्यालाई झेल्दै काम गर्दै गयौँ ।
७ नं. वडाभित्र हनुमन्ते खोला तर्न महेश्वरी पुल, छिपा ताँ, न्याताँ र गय् भिन्द्यो पुल गरी चार ओटा पुलको उपयोग हुँदै आएको छ । ती पुलहरूमा भूकम्पले केही क्षति पुगेको थियो भने केही जीर्ण थियो । ती पुलहरू पुनःनिर्माण गर्न अति आवश्यक थियो । त्यसको लागि नगरपालिका र प्रदेश बजेटमार्फत दुई ओटा पुल (गय्भिन्द्यो पुल चार करोड छत्तीस लाख बयासी हजार आठ सय छबीस रुपैयाँ र छिपा ताँ दुई करोड अन्ठानब्बे हजार पाँच सय पन्ध्र रुपैयाँ) मा पुनः निर्माण सम्पन्न भए । न्या ताँ ४९ लाख ल. ई. मा पुनःनिर्माण कार्य भइरहेको छ । ती काममा उपभोक्ता समितिमा बसी काम गर्नुहुने लक्ष्मीभक्त कवां, रामेश्वर प्रजापति र कृष्णगोविन्द खाईजूलगायतका साथीहरू धन्यवादका पात्र हुनुहुन्छ ।
हनुमानघाट सुधार कार्यअन्तर्गत भूकम्पले क्षति भएका सत्तल र पाटी पौवा तथा घाटहरू निर्माण र पुनः निर्माण आवश्यक थियो । ती कामका लागि पुरातत्व विभाग, भक्तपुर नगरपालिका, शक्ति सम्पन्न बागमती सभ्यता र स्थानीय जनताको आर्थिक सहयोग एवं भौतिक सहयोगबाट सत्तल, पाटी—पौवा र घाटहरू निर्माण गर्ने कार्य भयो । यसबाट हनुमानघाटको केही स्वरूप परिवर्तनको अनुभूति हामीले गर्न पाएका छौँ । तर तमसा र भद्रा नदीबाट बगेर आउने फोहोर र माटोले सधैँ कुरूप बनाइरहेको र त्यसमा स्थानीय धर्मावलम्बी एवं नगरपालिकाले नियमित सरसफाइ गरिरहनुपर्ने बाध्यता भने निराकरण हुनसकेको छैन । साथै शवदाह गर्न आउने व्यक्तिहरूलगायतका गुथि र अन्य समूहहरूले दाह संस्कारका वस्तुहरू राम्रोसँग व्यवस्थापन नगर्ने, जथाभावी फाल्ने कार्यले नागरिक भावनामा कमी भएको विषयमा जनताबीच चर्चा हुने गर्छ । शवदाह स्थल सुधारको क्रममा वनमाला समाज, शाही समाज, क्षेत्री, बाहुनलगायतका स्थलहरू केही सुधार भएको छ । नगरवासीहरूले दाह संस्कार गर्ने स्थलको सुधारका लागि स्थानीय गुथि, व्यक्तिहरूको पूर्ण आर्थिक सहयोगमा आकर्षक परम्परागत शैलीको खोह्र दीप ध्वाका (५० लाख) मा निर्माण भएको छ । वडा बजेटबाट कुरुवा पाटी निर्माण (२५ लाख) मा निर्माण सम्पन्न भएको छ । त्यस्तै सुधारिएको शवदाह गृह निर्माण भक्तपुर नगरपालिकाको ल. ई. रु. ५७,५७,४३३।— अनुसारको योजना कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा काम अगाडि बढिरहेको छ । त्यसैगरी महेश्वरी खेल मैदान वरिपरि पिच कार्य र बत्तीको व्यवस्थापन कार्य स्थानीय जनताको सक्रियतामा सम्पन्न भएको छ ।
पाँचाख्यो सुधार भक्तपुर नगरपालिकाको योजनाअनुसार शक्ति सम्पन्न बागमती सभ्यताको लगानीमा पर्खाल लगाउने, बगैँचा निर्माण अर्थात् विचरण पार्क निर्माण कार्य भइरहेको छ । खेल मैदान सुधार, व्यायामस्थल निर्माणलगायतका कामहरू पनि भइरहका छन् । खानेपानी वडावासीहरूको समस्या हो । यो समस्या समाधान गर्न चित्तपोलमा डीप बोरिङ्ग कार्य भई हाल जगाती र आदर्श एरियामा खानेपानीको लाइन विस्तार भई खानेपानी वितरण भइसकेको र हनुमानघाटदेखि झरतिला र इनाचोसम्म खानेपानीको लाइन विस्तार गर्न उपभोक्ता समिति गठन भई कार्य अगाडि बढिरहेको छ । त्यस्तै ७ वडाको परिसरमा डीप बोरिङ्ग र ट्याङ्की निर्माण सम्पन्न गरी खानेपानी वितरण भइरहेको छ ।
विश्वमा नै महामारीको रूपमा फैलिएको कोभिड—१९ ले हामी पनि अछुतो रहेनौँ । यस क्रममा भक्तपुर नगरपालिका र यस वडाका वडावासीहरू पनि प्रभावित भए र धेरैले ज्यान गुमाए । यो रोगको सङ्क्रमणबाट जोगाउनको लागि ७ वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरी स्थानीय वडावासीहरूलाई सजग गराउन विभिन्न पहल गर्दैे गयौँ । जनचेतनामूलक ¥याली, पर्चा तथा सूचना, सांस्कृतिक पर्वहरूमा भिडभाड नगर्नको लागि आवश्यक स्वयम्सेवक परिचालन, सङ्क्रमित वडावासीहरूलाई आइसोलेसनमा राख्न आवश्यक सहयोग तथा सङ्क्रमित व्यक्तिहरूको घरघरमा गई विभिन्न स्वास्थ्य सामग्रीहरू, औषधिहरू तथा आयुर्वेदिक औषधिसमेत वितरणका साथै आवश्यक सल्लाह–सुझाव र हौसला दिने कार्य भएको थियो । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन कोभिडविरुद्धको पटक–पटक खोप कार्यक्रम सञ्चालन गरियो ।
सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूलाई सहज तरिकाबाट वितरण, कृषकहरूलाई समयअनुसारको विभिन्न बीउबिजन वितरण, समय–समयमा कौसी खेतीको तालिम, कम्पोस्ट मल बनाउने तालिम सञ्चालन गर्दै आएका छौँ । त्यस्तै खेलकुद प्रतियोगिताहरू, विभिन्न रोगका स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छौँ । घरदैलो नर्सिङ सेवा सञ्चालन हुँदै आएको छ । नेपाल सरकारको महत्वपूर्ण कार्यक्रमअन्तर्गत राष्ट्रिय जनगणना तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियानमा आवश्यक सहयोग एवं समन्वयको भूमिका निर्वाह भएको थियो ।
पाँच वर्षको अवधिमा नागरिकहरूमा स्वास्थ्य, शिक्षा, सरसफाइ, सामाजिक दायित्व आदिबारे चेतनामूलक कामलाई जोड दिँदै स्वास्थ्य शिविर, सरसफाइ अभियान, वडामा रहेका विद्यालयहरूको निरीक्षण सुधारका प्रयासहरू र भौतिक पूर्वाधारका गतिविधिमा जोड दियौँ । त्यस्तै सम्पदाप्रति महत्व बुझाउन ‘एक विद्यालय एक सम्पदा’ सरसफाइ कार्यलाई पनि जोड दियौँ ।
जनताको लागि जनतासँग मिली काम गर्ने उद्देश्यका साथ नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार काम गर्न वडावासीहरूको मतबाट हामी निर्वाचित भयौँ । जनताले दिएको जिम्मेवारी जिम्मेवारीपूर्वक गरिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *