पर्यटक पथप्रदर्शकका लागि भक्तपुरमा एकदिने पुनर्ताजगी तालिम
- आश्विन १५, २०८३
नेपालगञ्ज, २४ वैशाख । नेपाल मजदुर किसान पार्टी बाँकेको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा शनिबार प्रचार जुलुस र कोणसभाहरू भए ।
नेपालगञ्जको त्रिभुवन चोकबाट भएको प्रचार जुलुस एकलाइनी चोकमा पुगी सभामा परिणत भयो । सभामा नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासीले निर्वाचन घोषणा पत्रको लडाइँ भएको बताउँदै घोषणापत्रअनुसार काम नगर्ने पार्टीका उम्मेदवारहरूलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा नेमकिपा बाँके जिल्ला सचिव प्रकाश शाही र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार डिल्लीबहादुर पुनले पनि बोल्नुभएको थियो ।
नेपालगञ्जको बुद्धचोकबाट सुरू भएको अर्को प्रचार जुलुस न्युरोड सेतु बिक चोक हुँदै त्रिवेणी चोकमा पुगी कोणसभामा परिणत भयो । कोणसभामा इन्जिनियर समाज नेपालका नरेश खत्री, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य रसिद सद्दिकी र नेमकिपाका बाँके जिल्ला सदस्य तथा कोहलपुर नगरपालिका प्रमुख पदका उम्मेदवार खड्गराज थापाले आसन्न स्थानीय तहको चुनाव एमसीसी पास गर्ने देशघाती दलहरू र एमसीसीको विरूद्ध आन्दोलन गर्ने देशभक्त नेमकिपाबीचको लडाईँ भएको बताउनुभयो ।
शनिबार नै कोहलपुरको पीपल चौताराबाट अर्को प्रचार जुलुस न्युरोड चोकमा पुगी सभामा परिणत भयो । सभामा नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासीले नेमकिपाले कोहलपुर नगरपालिकालाई भक्तपुरजस्तै नमुना नगरपालिका बनाउन नेमकिपाका उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गर्नुभयो ।
इन्जिनियर समाज नेपालका नरेश खत्रीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने शासक दलका उम्मेदवारहरूको उम्मेदवारी खारेज गर्नुपर्ने बताउनुभयो ।
उक्त सभामा नेमकिपा कोहलपुर नगरपालिका प्रमुख पदका उम्मेदवार खड्गराज थापा र वडा नं १ का अध्यक्ष उम्मेदवार हिराबहादुर शाहीले नेमकिपाको घोषणापत्रअनुसार काम गर्ने र नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाई शिक्षा,स्वास्थ्य र सरसफाइमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा बाँकेका सचिव प्रकाश शाही, नेमकिपा कोहलपुरका नगर अध्यक्ष अंजीरबहादुर शाहीले पनि बोल्नुभयो ।
सभाको बीचबीचमा कलाकारहरूले गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।
Leave a Reply