भर्खरै :

चिनियाँ भूमिभित्र भारतीय प्रवेशको वास्तविकता

जुन १८ मा भारतीय सिमाना सेना चीन–भारतबीचको सीमाअन्तर्गत सिक्किम खण्डको ड्व का ला(दोका ला) नाका नाघेर एक सय किलोमिटरभन्दा बढी मिटर चिनियाँ भूमिभित्र प्रवेश गरे ।
तोकिएको सिमानाको अवैध उल्लंघन र छिमेकी देशको भूमिमा प्रवेश गर्नु चीनको सार्वभौमिकता र भूअखण्डता, अन्तर्राष्ट्रिय सम्बन्धको आधार बनेका अन्तर्राष्ट्रिय कानुन र आधारभूत मान्यताको उल्लंघन हो । आफ्ना अवैध कार्यलाई सही ठह¥याउन भारतले अनेकन बहानाबाजी आविस्कार ग¥यो । तर वास्तविकता यी हुन् ः
जुन १८ मा के भएको थियो ?
जुन १६ को दिन चीनको तिब्बती स्वशासित क्षेत्रको यादोङ काउन्टीमा अवस्थित दोङ लाङ(दोक्लाम) क्षेत्रमा चिनियाँ पक्षले बाटो खन्दै थियो । जुन १८ को दिन २ सय ७० भन्दा बढी भारतीय सीमा बल हातहतियार बोकेर र दुई वटा बुल्डोजर चलाउँदै सिक्किम खण्डको सीमा उल्लंघन गरे र चिनियाँ पक्षले बनाउँदै गरेको बाटो निर्माण कार्यलाई अवरोध पु¥याउँदै एकसय मिटरभन्दा बढी चिनियाँ भूमिभित्र प्रवेश गरे । फलतः सो क्षेत्रमा तनावको अवस्था बन्यो । सिमाना उल्लंघन गरेका भारतीय सेनामध्ये ४ सय जना एउटा बिन्दुसम्म पुगेर तीन वटा पाल गाडे र एक सय अस्सी मिटरभित्र चिनियाँ भूमिमा प्रवेश गरे । जुलाई महिनाको अन्त्यसम्ममा त्यहाँ अझै पनि चालिस जना भारतीय सीमा बलका जवानहरु र एउटा बुल्डोजर अवैध रुपमा बाँकी थिए ।
के दोङ लाङ चीनको हो ?
हो ।
विवादको मुख्य बिन्दु नै दोङ लाङ क्षेत्र हो ।
सन् १८९० मा चीन र बेलायतबीच सिक्किम र तिब्बतबारे बेलायती–भारत र चीनबीच एउटा सन्धीमा हस्ताक्षर भएको थियो । सन्धीको पहिलो दफामा भनिएको छ,‘सिक्किम र तिब्बतबीचको सीमा सिक्किम टिस्टा र त्यसका सहायक खोलाहरुबाट तिब्बती मोछु र तिब्बततिर उत्तरमा बग्ने खोलाहरुलाई छुट्याउने पहाडी टाकुरा हुनेछ । यो रेखा भुटानी सिमानाको माउन्ट गिप्मोची(हाल माउन्ट जी मु मा झेन भनेर चिनिने) हुँदै माथि उल्लेखित पानी ढलोलाई पछ्याउँदै नेपालको भूमिसँग जोडिन पुग्छ ।’
सन्धीअनुसार चीन र भारतको सिमाना क्षेत्रमा अवस्थित चिनियाँ भूमि दोङ लाङ क्षेत्र निर्विवाद रुपमा चिनियाँ भूमि हो । अन्तर्राष्ट्रिय सिमाना क्षेत्रमा स्थायित्व र अमनचयन अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त हो । सन् १८९० को सन्धीअनुसार तोकिएको चीन–भारत सीमाअन्तर्गत सिक्किम खण्डको सिमाना दुवै चिनियाँ र भारतीय सरकारहरुले अविछिन्न रुपमा मानेको र पटक पटक अनुमोदन गरेको सिमाना हो । तसर्थ दुवै पक्षले सिमानालाई सम्मान गर्नुपर्छ र उल्लंघन गर्न मिल्दैन ।
के यो घटनामा भुटानको संलग्नता छ ?
छैन ।
सन् १८९० को सन्धीमा प्रष्ट रुपमा चीन–भारतको सिमानाअन्तर्गत सिक्किम खण्ड भुटानको सिमानामा पर्ने माउन्ट जी मु मा झेनबाट शुरु हुने भनी लेखिएको छ । माउन्ट जी मु मा झेन चीन–भारत सिमानाअन्तर्गत सिक्किम खण्डको पूर्वी शुरुवातको बिन्दू हो र त्यो नै चीन, भारत र भुटानको त्रिदेशीय नाका हो ।
चीन–भारत सिमानाअन्तर्गत सिक्किम खण्डको जुन बिन्दूबाट भारतीय सेना चिनियाँ भूमिभित्र प्रवेश गरेको थियो, त्यो बिन्दू माउन्ट जी मा मु झेनभन्दा २ हजार मिटरभन्दा पर पर्दछ । हालको घटनासँग त्रिदेशीय बिन्दुसँग कुनै सम्बन्ध छैन ।
सन् १९८० को दशकदेखि नै चीन र भुटानबीच द्विपक्षीय सीमाको विषयमा वार्ता र संवाद हुँदै आएको छ । दुई देशबीच सिमाना तोकिन अझै बाँकी भए तापनि चीन र भुटानबीच आजसम्ममा २४ चरणको वार्ता भइसकेका छन्, सिमाना क्षेत्रमा संयुक्त रुपमा सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ र सिमाना क्षेत्रको वास्तविक अवस्था र आ–आफ्ना सिमानाबारे एक प्रकारको आधारभूत समझदारी बनाइसकेका छन् ।
भारतको चीन–भारतबीच सिमानाको अवैध उल्लंघन गर्नुको परिणाम के हुन्छ ?
सन् १९७४ को डिसेम्बर १४ मा पारित भएको संरा संघ महासभाको प्रस्ताव नं ३३१४ अनुसार जस्तोसुकै प्रकृतिको किन नहोस्, चाहे त्यो राजनीतिक, आर्थिक, सैनिक वा अरु नै केही प्रकारको भए पनि एउटा देशको सशस्त्र फौजले अर्को देशको भूमिमाथि अतिक्रमण वा हमलालाई माफी दिन सकिंदैन । तोकिएको सिमाना उल्लंघन गर्नु र तथाकथित ‘सुरक्षा चासो’ वा अरु कुनै पनि गतिविधि गर्नु अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारण गर्ने आधारभूत मान्यताविपरीत हुन् ।
तेस्रो पक्षको रुपमा भारतलाई चीन र भुटानबीचको सिमाना वार्तामा दखल पु¥याउने वा बिथोल्ने कुनै अधिकार छैन । न त भुटानको तर्फबाट भूमि दाबी गर्न भारतलाई कुनै अधिकार नै छ । भुटानलाई देखाएर भारत चिनियाँ भूमिमा प्रवेश गर्नुले चिनियाँ सार्वभौमिकता मात्र उल्लंघन गरेन बरु भुटानी सार्वभौमिकता र स्वतन्त्रतालाई समेत चुनौती दिएको छ ।
चीन सरकार भारत सरकारलाई तत्काल सिमाना उल्लंघन गर्ने सबै सिपाहींलाई फिर्ता लान आग्रह गर्दछ । यो घटनाको तत्काल र उपयुक्त समाधान गर्न र दुई देशको सिमानामा शान्ति र सद्भाव कायम राख्न भारतलाई अवैध रुपमा सिमाना उल्लंघनबारे अनुसन्धान गर्न समेत आग्रह गर्दछ ।
ग्लोबल टाइम्स
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *