भर्खरै :

सयौं मानिस नगर सफाई अभियानमा एक साथ- फोटो फिचरसहित

भक्तपुर, २१ साउन । शनिबार बिहान भक्तपुर नगरको मुल सडकमा सयौं मानिस हातमा बेल्चा, च्वाफी र चुनका बोरा बोकेर सरसफाई गर्दैथिए । उनीहरु बाटोमा थुप्रिएका स–साना टुक्रा कागज र प्लास्टिक मात्र होइन, सडकमा थुप्रिएको माटो र बालुवा समेत पन्छाइरहेका थिए । बाटोमा पर्ने मन्दिरमा लागेको लेउ र घास समेत उनीहरुले बाँकी राखेनन् । एकै साथ कसैले बेल्चाले माटो पन्छाउने, कसैले च्वाफीले फोहोर बढार्ने र कोही पानीपास सफा गर्दै थिए ।
शनिबार नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आह्वानमा सयौं जनता आफ्नो नगर सफा गर्न सडकमा आएका हुन् । सरसफाई कार्यक्रममा नगरबासीको बाक्लो उपस्थिति थियो नै । साथै भक्तपुर नगरपालिकाका नेमकिपाका सचिव प्रेम सुवाल, प्रमुख सुनिल प्रजापति, सांसद डिल्लीप्रसाद काफ्ले, उपप्रमुख रजनी जोशी, वडाध्यक्ष, वडासदस्य, स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीहरूको बाक्लो सहभागिता थियो । साँस्कृतिक पर्व गाईजात्राको पूर्वसन्ध्यामा आयोजित सरसफाई कार्यक्रमले नगर सफामात्र गर्ने होइन बरु नगरबासीलाई पनि आफ्नो नगर सफा बनाउन सचेत पनि बनाउने सहभागीहरूले बताए ।
कार्यक्रममा सहभागी एक जना पुराना किसान कार्यकर्ता लक्ष्मीनारायण राजलवट खत्रीले शनिबारको कार्यक्रमले विसं २०३९ सालबाट भक्तपुर नगरमा हँुदै आएका सरसफाई कार्यक्रमको स्मरण गराएको बताउनुभयो ।
ख्वप कलेजका एक शिक्षकले यस्ता खाले सफाई अभियान महिनाको एक शनिबार गर्न सके ज्यादै राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।
स्कूलका विद्यार्थीहरू पनि कार्यक्रममा सरसफाईसम्बन्धि नारा लेखिएका प्लेकार्डहरू बोकेर कार्यक्रममा सहभागी भएका थिए ।












Leave a Reply

Your email address will not be published. Required fields are marked *