नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
काठमाडौं, २१ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि बहानामा स्थानीय तहको स्वायत्ततामाथि केन्द्र वा प्रदेशले हस्तक्षेप गर्न नहुने बताउनुभयो । व्यवस्थापिका–संसदको विकास समितिको आयोजनामा शनिबार सिंहदरवारमा प्रमुख–उपप्रमुखबीच स्थानीय तह सञ्चालनसम्बन्धी विधेयकबारे भएको छलफल कार्यक्रममा प्रमुख प्रजापतिले केन्द्रले स्थानीय तहमा कर्मचारीहरु खटाउनु पनि हस्तक्षेप नै भएको बताउनुभयो । उहाँले विधेयकमा सांस्कृतिक नगर घोषणा गर्ने व्यवस्था उल्लेख हुनुपर्ने बताउँदै भक्तपुरलाई नवौं पञ्चवर्षीय योजनामा सांस्कृतिक नगर घोषणा गर्ने उल्लेख भए पनि अहिलेसम्म सरकारले नगरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले संविधान संशोधनको नाउँमा संविधान बमोजिम स्थानीय तहका जनप्रतिनिधिलाई प्राप्त अधिकार कुण्ठित गर्न नहुनेमा जोड दिनुभयो । आर्थिक र जनशक्तिको हिसावले सक्षम नगरपालिकालाई विश्वविद्यालय खोल्ने अधिकार दिनुपर्छ । ख्वप विश्वविद्यँलय विधेयक संसदमा विचाराधीन छ । विधेयक पारित भएमा भनपाले विश्वविद्यालय सञ्चालन गर्छ, उहाँले भन्नुभयो । निलकण्ड नगरपालिकाका प्रमुख भीम ढु·ानाले स्थानीय तहलाई स्थानीय सरकार भन्नुपर्ने क्षेत्र विकास कोष कटाएर स्थानीय तहलाई दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
चन्दनाथ नगरपालिका प्रमुख कान्ती सेजुवालले सिंहदरवारको अधिकार घर घरमा पुग्यो भने भनाइ नारामामात्र सीमित भएको बताउनुभयो । मध्यपुर नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले पारिश्रमिकको निर्णय गर्दा आफू विवादमा तानिएकोमा दुःख व्यक्त गर्दै स्थानीय तहसम्बन्धी विधेयक छिटो पारित गर्न जोड दिनुभयो ।
व्यवस्थापिका–संसद विकास समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुखहरु उद्धव रिजाल, रामेश्वर श्रेष्ठ, दिनानाथ गौतमलगायतले नपाको स्वायत्ततामा हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभएको थियो ।
Leave a Reply