इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
शेहबाज सरिफ
-लान ज्याङ
गएको जुलाई २८ मा पाकिस्तानको सर्वोच्च अदालतमा गठित पाँच सदस्यीय बेन्चले त्यहाँका प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको आरोपमा एकमतले पदबाट बर्खास्त ग¥यो । पाकिस्तानको अर्को चुनाव आगामी वर्ष मात्र हुनेछ । त्यसकारण त्यहाँका सांसदहरूले बर्खास्त भएका प्रधानमन्त्रीको ठाउँमा नयाँ प्रधानमन्त्री निर्वाचित गर्नुपरेको हो । कुल ३४२ सदस्यीय पाकिस्तानी संसदमा नवाज सरिफको पाकिस्तान मुस्लिम लीग(पीएमएल–एन) ले १८८ स्थान जितेको छ । अर्थात् संसदमा पीएमएल–एनको बहुमत छ । त्यही भएर सरिफको ठाउँमा बन्ने प्रधानमन्त्री पनि उनकै पार्टीका हुन् । राष्ट्रिय सभाले पीएमएल–एनका नेता शेहबाज सरिफको नाम अनुमोदन नगरुञ्जेल पार्टीले पूर्व पेट्रोलियम मन्त्री शाहिद खाकन अब्बासीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ ।
नवाज सरिफ पूर्वी बाटोको पक्षमा छन् भने विपक्षी पार्टीहरू पश्चिमी बाटोको पक्षमा छन् । यस अवस्थामा यदि सन् २०१८ को अर्को चुनावमा सरकारमा अर्को दल आए सीपेक परियोजनाले केही अन्योलको सामना गर्नुपर्नेछ ।
शेहबाब सरिफ नवाजका भाई हुन् । पाकिस्तानकै सबभन्दा ठूलो प्रान्त र आर्थिक केन्द्र पञ्जाबमा पूर्वाधार निर्माणमा बलियो सहयोग गरेका कारण उनको ठूलो इज्जत छ । आफ्नो दाजुको तुलनामा शेहबाजले पाकिस्तानी सेनासँग निकै राम्रो सम्बन्ध बनाएका छन् । उनले पीएमएल–एनको शासन पद्धतिमा स्थायित्व ल्याउने छन् र सत्तासीन दलभित्रको भद्रगोल अन्त्य गर्नेछन् ।
नवाज सरिफले पाकिस्तानको प्रधानमन्त्री पदबाट राजीनामा दिंदैमा चीन–पाकिस्तानबीचको सम्बन्धमा कुनै समस्या आउने छैन । पाकिस्तानका केही राजनीतिक पार्टीहरूले चीनसँग आर्थिक सहकार्यका केही विशेष पक्षमा अहिलेको सरकार परिवर्तनले फरक पार्ने हो कि भनी आशंका व्यक्त गरेका छन् । तर उनीहरूको मनसाय कुनै थप लगानी परियोजना हत्याउने र आन्तरिक राजनीतिक खेल खेल्नु पक्कै होइन । यो आशंकाले दुई देशबीचको सम्बन्धमा कुनै अवरोध आइपर्ने छैन किनभने पाकिस्तानका कुनै पनि राजनीतिक दलहरूले चीनविरोधी भावनालाई आफ्नो राजनीतिक लाभको रूपमा उपयोग गरिरहेको छैन र सबै पार्टी चीन–पाकिस्तान सम्बन्धको दिगो विकास अगाडि बढाउन टेवा दिइरहेका छन् । तथापि नवाज सरिफको अपदस्थीले निर्माणाधीन चीन–पाकिस्तान आर्थिक करिडर(सीपेक) परियोजनामा केही अनिश्चयको बादल भने मडारिने सम्भावना छ । पाकिस्तानका राजनीतिक पार्टीहरूबीच यो परियोजनाको बारेमा केही असहमति छन् । विशेषतः परियोजनाको पूर्वी वा पश्चिम बाटोमध्ये कुनलाई प्राथमिकता दिने भन्ने विषयमा विवाद छन् ।
आर्थिक रूपमा विकसित पञ्जाब र सिन्धजस्ता प्रान्तहरू पूर्वी बाटोमा पर्दछन् भने पश्चिमको बाटोमा खेबर पाख्तुनख्वा र बलुचिस्तान जस्ता कम विकसित प्रान्तहरू पर्दछन् । नवाज सरिफ पूर्वी बाटोको पक्षमा छन् भने विपक्षी पार्टीहरू पश्चिमी बाटोको पक्षमा छन् । यस अवस्थामा यदि सन् २०१८ को अर्को चुनावमा सरकारमा अर्को दल आए सीपेक परियोजनाले केही अन्योलको सामना गर्नुपर्नेछ ।
सन् २०१८ मा हुने आमनिर्वाचनमा यदि पीएमएल–एन अथवा/ र पिपुल्स पार्टी विजयी भए नवाज सरिफको अपदस्थी पश्चात उठेका अनेकन मुद्दाहरू क्रमशः सुसुप्त बन्दै जानेछन् किनभने पूर्वी बाटोमा पर्ने पञ्जाब र सिन्ध क्षेत्र दुई वटा प्रमुख पार्टीका राजनीतिक केन्द्रहरू हुन् । तर यदि द पाकिस्तानी मुभमेन्ट फर जस्टिस पार्टीले चुनाव जिते पश्चिम बाटो प्राथमिकतामा पर्नेछ ।
सीपेकसम्बन्धि सम्झौतामा पीएमएल–एनको पर्दा पछाडिको भूमिकाबारे विपक्षीहरू शंकामा छन् । त्यसकारण यदि विपक्षी पार्टीहरूको सरकार बने परियोजनाका केही वार्ता प्रक्रिया र अवस्थामा हेरफेर हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
हाल पाकिस्तान मुभमेन्ट फर जस्टिस पार्टीले सरिफ परिवारको भ्रष्टाचार काण्डबारे नजिकबाट अध्ययन गरिरहेको छ । अदालतको आदेशले उसको आत्मविश्वास बढाइदिएको छ । तर त्यो पार्टी सरकारमै जान भने सक्षम बनिसकेको अवस्था छैन । यद्यापि सन् २०१८ को चुनावमा त्यो पार्टी सरकारमा आए सीपेक परियोजनामा पार्न सक्ने सम्भावित प्रभावबारे हामीेले ध्यान पु¥याउनै पर्दछ ।
शेहबाज सरिफले पीएमएल–एनको प्रशासनिक गतिलाई व्यवस्थित गर्नेछन् । सरिफ परिवारको थप अनुसन्धानले पीएमएल–एनको प्रशासनमा सन् २०१८ को चुनावसम्म नकारात्मक प्रभाव पार्नसक्दछ । पाकिस्तानमा नेतृत्व परिवर्तनले चीन र पाकिस्तानबीचको सम्बन्धमा परिवर्तन आउनेछैन । बरु सीपेक परियोजनामा केही भिन्न मुद्दाहरू भने आइपर्न सक्दछन् ।
ग्लोबल टाइम्स
Leave a Reply