कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
मुलुकका अठार वर्ष उमेर माथिका लगभग १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्येले गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा आप्mनो मताधिकारको प्रयोग गरे । मुलुुकभर रहेका १० हजार ७ सय ५६ मतदान केन्द्रबाट मतदाताहरूले मतदान गरेका हुन् । कुल ३५ हजार २ सय ११ स्थानीय तहका पदका लागि निर्वाचन सम्पन्न भएको हो । मताधिकार हरेक नागरिकको हक हो जसको माध्यमबाट नागरिकले आफूलाई शासन गर्ने योग्य उम्मेदवारको छनोट गर्ने गर्दछ । यही निर्वाचनको अधिकारका लागि विगतमा कैयौँले आप्mना प्राणको आहुति दिए । परिणामस्वरूप बहुदलीय व्यवस्थाको स्थापना भयो र आज आम नागरिकले निर्वाचनमा भाग लिएर आप्mनो प्रतिनिधि आफैले छान्ने अवसर पाए । यो विगतको आन्दोलनको सकारात्मक परिवर्तन हो । यो उपलब्धिको रक्षा गर्दै आज पटक–पटक जनताले आप्mनो गाउँ÷ठाउँको प्रतिनिधि रोज्न पाएका छन् ।
शासन सत्ता सञ्चालनको लागि आप्mनो प्रतिनिधि छनोट गर्दा मतदाताहरूले आप्mनो गाउँ ठाउँ बनाउने उम्मेदवार कुन दलको तर्फबाट प्रत्याशी भएको हो र उम्मेदवारको व्यक्तित्व कस्तो छ भन्ने कुरालाई अध्ययनको महत्वपूर्ण पाटो बनाएका हुन्छन् । जनता वा आप्mनो मतदाताको मत प्राप्त गर्न तिनीहरूको विश्वास जित्नैपर्ने बाध्यता हरेक उम्मेदवारसँग हुने गर्दछ । मतदाताका विश्वास नजितीकन उम्मेदवारको जित्ने सम्भावना नहुने नै गर्दछ ।
नेपालभर हाल ७५३ वटा स्थानीय तहहरू छन् । यी सबै तहहरूमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले वैशाख ३० गतेको दिन मिति घोषणा भएको भए तापनि कपिलवस्तु महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गतेलाई निर्वाचन सारेको छ । त्यहाँका उपमेयरका उम्मेदवारको मृत्यु भएपछि आयोगले सो निर्णय गरेको हो । बाँकी सबै तहमा सोही दिन निर्वाचन सम्पन्न भएको थियो । तर, शासक दलका नेता कार्यकर्ताहरूको आपसी मेलमिलाप नहँुदा, एकआपसमा स्वार्थहरू बाझिँदा, ठाउँ–ठाउँमा झैझगडाको परिस्थिति निम्तिँदा मतदान शान्तिपूर्वक हुन सकेन । विभिन्न किसिमका बाधा व्यवधानहरू खडा भएपछि प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी २८ स्थानीय तहमा निर्वाचन हुन नसकेको समाचार निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्ने आम मतदातालगायत सरोकारवाला सबैको माग हो । स्वतन्त्र र निष्पक्ष निर्वाचनले मात्र वास्तविक अर्थमा प्रजातन्त्रलाई बचाउन सकिन्छ । तर, शासक दलका नेताहरूले आम मतदाताको भावनाविपरीत गैरराजनीतिक तवरमा गठबन्धन गर्ने निर्णय सबै निकायमा पठाएपछि अन्ततः परिणाम जे नआउनुपर्ने हो त्यस्तै आयो । नेता कार्यकर्ताबीच हात हालाहालको परिस्थिति सृजना भयो । गालीगलौजको परिस्थिति आयो । झैझगडा निम्तियो । परिणामस्वरूप ६७ ठाउँमा गोली चल्यो भने एकको मृत्युसमेत भएको समाचार सुन्नुप¥यो । नेतृत्व तहको विचारमा विचलन आउँदा, सिद्धान्तमा स्खलन आउँदा त्यसले राम्रो परिणाम नदिने निश्चित थियो । साथै उपल्लो तहका नेताले तल्लो तहका नेतासँग राम्रो समन्वयसमेत नगर्दा वा गर्न नसक्दा मतदाताहरू नराम्ररी प्रभावित भए । केन्द्र तथा स्थानीय तहका नेताहरूले आप्mना कार्यकर्ता तथा मतदाताको भावनालाई सम्बोधन गर्न नसक्दा यस्तो परिस्थिति निम्तिएकोमा कुनै शङ्का छैन । शासक दलहरू निर्वाचनमा एक्लै भिड्दा परिणाम निराशामात्र आउने स्पष्ट सङ्केत देखिएपछि अराजनीतिकरूपमा निर्वाचन प्रक्रियामा सामेल भए । यसले दलको क्षमतामाथि प्रश्नचिह्न उत्पन्न भएको छ ।
निर्वाचनलाई विचार प्रवाहको माध्यमभन्दा पनि जीवन–मरणको सङ्घर्ष ठान्ने प्रवृत्ति शासक दलले बोकेसम्म निर्वाचन कहिल्यै शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ र निष्पक्ष हुँदैन निर्वाचनको सिलसिलामा अनाहकमा मानिसले ज्यानै गुमाउनुप¥यो भने कैयौँ घाइते भए । दलगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा भाग लिएका दलका कारणले यस्ता घटना हुन गयो । अब यसको क्षतिपूर्ति कसले दिने ? शासक दलका नेताहरूसँग जवाफ छ ?
दलको नेतृत्व इमानदार र सिद्धान्तनिष्ठ भयो भने मात्र कार्यकर्तामा पनि सोही गुण सर्दछ । तर, पटक–पटक सत्ताको स्वाद चाखिसकेका र आफूलाई ठूलो दल भन्ने नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रलगायतका दलले आप्mना कार्यकर्तालाई सही विचार दिन नसकेपछि आज निर्वाचनको क्रममा देशका विभिन्न ठाउँमा सम्बन्धित दलका कार्यकर्ताहरू भिडन्तमा उत्रिएका छन् । यसले गर्दा मतदानको निम्ति घण्टौँमात्र होइन दिनभर हिँडेर जाने हजारौँ मतदाता नराम्ररी प्रभावित भए । शासक दलहरूद्वारा सृजित यही परिस्थितिका कारण कैयौँ मतदाता मतदानको अवसरबाट वञ्चित भएका छन् भने कैयौँ मतदाता मतदान स्थलसम्म पनि पुग्न सकेनन् । यसले नेपालभित्र राम्रो सन्देश प्रवाह नगर्ने निश्चित छ । साथै अन्तर्राष्ट्रिय परिवेशमा पनि नराम्रो सन्देश प्रवाह हुनेमा कुनै शङ्का छैन ।
चितवन काङ्गे्रसका सभापति राजेश्वर खनाल र माओवादी नेता रामचन्द्र अधिकारी नगदको झोलासहित बिहीबार पक्राउ परे । भरतपुरमा रेणु दाहालको आडमा पैसा बाँड्दै हिँडेको आरोपमा गठबन्धनका नेतासहित माओवादी नेता स्थानीयको नियन्त्रणमा परे । नेपाली काङ्ग्रेस गुराँस गाउँपालिकाका सचिव जगत वी.सी. र वडा नं. ८ का सभापति भीमबहादुर डाँगी सवार गाडी प्रहरी नियन्त्रणमा प¥यो । निर्वाचनको अघिल्लो दिन २९ वैशाखमा काभ्रेस्थित चोरी देउराली वडा नं. ६ मा पैसा बाँडेको भन्दै एमाले सांसद नविना लामालाई स्थानीयले घेरे, सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीको विरोधमा स्थानीयले एमसीसी मुर्दावाद, देशबेच्न पाइँदैन भनी नाराबाजी गरे । हिजो निर्वाचनका दिन विभिन्न क्षेत्रमा यस्तै–यस्तै घटनाहरू भए । प्रस्तुत घटनाहरू केही उदाहरणमात्र हुन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले केही अप्रिय घटनाका कारण निर्वाचनमा सोचेअनुरूप शान्तिपूर्णरूपमा सम्पन्न गर्न नसकेको स्वीकार गर्न बाध्य भए । यो मूलतः ठूला दलका नेता कार्यकर्ताहरूको गलत आचरणका कारण सृजित समस्याहरू हुन् ।
संविधानसभाको निर्वाचनबाट नयाँ संविधान निर्माण भई देश सङ्घीयतामा गइसकेपछि संविधानले नै स्थानीय तहलाई बलियो बनाएको छ । स्थानीय तहलाई स्वायत्तता प्रदान गरेको छ । यस अर्थमा मुलुकमा रहेका सबै स्थानीय तहहरू ती तहमा बसोबास गर्ने जनताका लागि ‘प्रमुख सरकार’ कै भूमिकामा छन् अर्थात् ती ठाउँमा यसले केन्द्रीय सरकारको प्रतिनिधित्व गर्दछ । स्थानीय तहमा प्रतिनिधित्व गर्ने १ लाख ४५ हजार ११ जना उम्मेदवारहरू नै तिनीहरूका नजिकका जनप्रतिनिधिहरू हुन् । यस दृष्टिबाट हेर्दा यी कुनै पनि तहमा निर्वाचित उम्मेदवारसँग आप्mनो वडालाई चाहिने सबै प्रकारका अधिकारहरू सुरक्षित रहेका छन् । त्यहाँका जनताले पनि आप्mनो दुःख र सुख सजिलै तिनीहरूलाई व्यक्त गर्न सक्दछन् । अनि ती जनप्रतिनिधिले आप्mनो स्थानीय तहका नागरिकको हितमा आफूले परिणाममूलक गतिविधि गर्न सक्दछ । यो वातावरण आजको संविधानले प्रदान गरेको छ । गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूति गराउने सत्तासीन दलका नेताहरूको अभिलाषा पनि यसैमा केन्द्रित भएको हुनुपर्दछ । सही क्रियाकलापका साथ सही वा राम्रो मानिस निर्वाचित भएको खण्डमा जनताले त्यसको अनुभूति गर्न पाउँथे ।
तर, जन आकाङक्षाभन्दा फरक जनतालाई अनेक प्रलोभनमा पारेर आफू विजयी हुने विगतको शृङ्खलाले यस पटकको निर्वाचनले पनि निरन्तरता पाउँदा निर्वाचन निष्पक्ष हुन पाएन । मतदातालाई प्रभावित पार्न खानेकुरा बाँड्नेदेखि महिलाहरूलाई साडी बाँड्नेजस्ता अराजनीतिक गतिविधि यसपटक पनि दोहोरिए । धेरै जनताले अपेक्षा गरेका थिए कि यसपटकको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न हुनेछ । साथै, आफूले चाहेका उम्मेदरवारलाई स्वतन्त्र तरिकाले मतदान गर्न सकिन्छ भनेर सोचेका थिए । मतदाताहरू उत्साहित नै थिए, त्यसैको परिणामस्वरूप कतिपय मतदाता आप्mनो निजी खर्चमा आप्mनो गाउँ ठाउँमा गएर आप्mनो मतको सही सदुपयोग गर्ने र मनले खाएको उम्मेदवारलाई विजयी बनाउने लक्ष्यका साथ हिँडे काठमाडौँ उपत्यकाबाट । जनताको लागि काम गर्ने जनताकै सुखदुःखमा साथ दिने विकासप्रेमी नेताको अपेक्षा जनताले गरेका थिए ।
तर, विडम्बना ¤ ‘कुकुरको पुच्छर बा¥ह वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गोको बाङ्गै’ भनेझँै गणतन्त्र आए पनि नेताहरूको आचरणमा कुनै सुधार हुनसकेन । पटक–पटक जनताले तिरस्कार गरेको भए तापनि नेताहरूको घैँटोमा घाम लागेन । आज पनि लोभलालचमा फसाउनेजस्ता घृणित राजनीतिकै सहारामा निर्वाचनमा विजयी हुने क्रियाकलापलाई निरन्तरता दिए । सोझा जनतालाई झूटो आश्वासनमा फसाउन कुनै कसर बाँकी राखिएन । डर, धम्की र त्रासको माध्यमबाट जनताको मत बटुल्ने कामबाट तिनीहरूले कहिल्यै ग्लानी महसुस गरेनन् । आप्mनो पक्षमा मतदान नगर्ने जनतामाथि हातपात गरेर घाइते बनाएका समाचारहरूले विगतमा झैँ यसपटक पनि निरन्तरता पायो । यद्यपि, निर्वाचनका सङ्घारमा तिनीहरूका व्यवहारले जनताले स्वतन्त्ररूपमा आप्mनो मताधिकारको प्रयोग गर्न पाइरहेका छैनन् । निर्वाचनबाट राम्रो प्रतिनिधि छान्ने भएकाले राम्रै सन्देश दिनुपर्ने थियो । तर, नेताका आचरणमा सुधार हुनुको साटो विचलन र सैद्धान्तिकरूपमा स्खलनको बाटोमा आफूलाई दोहो¥याउँदा शासक दलका नेताप्रतिको विश्वासमा कालो बादल मडारिरहेको छ । आज निर्वाचनमा विजयी हुनका लागि जेसुकै हर्कत गर्ने नेताहरूले भोलि स्थानीय तहको नेतृत्व गर्दा परिणाम के हात लाग्ला ? हलेदो भनेपछि कोट्याइरहनु नपर्ला ।
शासक दलहरूका यी क्रियाकलापहरू प्रजातन्त्रको भावनाविपरीत छ । निर्वाचनमा विचारको प्रतिस्पर्धा हुनुपर्ने सामान्य सिद्धान्तलाई समेत बेवास्ता गर्ने दलहरूबाट जनताले धेरै आशा गर्न सकिँदैन । निर्वाचनबाट विजयीले आगामी दिनमा गर्ने व्यवहार हेरेर जनताले समर्थन वा विरोध गर्नु आवश्यक छ । जनप्रतिनिधिहरूले निर्वाचनअगाडि गरेका बाचा पूरा गराउन आम मतदाता सचेत भएर बस्नु समयको आवश्यकता पनि हो । स्थानीय तहमा हुने अनियमितता, भ्रष्टाचारजस्ता क्रियाकलाप रोक्न मतदाता आफै जागरुक भएर उपस्थित हुनुपर्दछ । झूटो आश्वासन दिएर निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्ने दलका नेताहरूलाई मतदाताको भावनाविपरीत गतिविधि गर्ने छुट दिनुहुँदैन । तिनीहरूको गलत कदमको विरोधमा कठोर पाइला चाल्न पनि तयार भएर बसेमात्र मतदाताले सुखानुभूति गर्न सक्दछ । त्यसको निम्ति आम मतदाता राजनीतिकरूपमा र वैचारिकरूपमा स्पस्त हुनु जरुरी छ । जनताको सङ्घर्षबाट ल्याएको प्रजातन्त्र मास्ने छुट कसैलाई छैन ।
Leave a Reply