भर्खरै :

तिलागुफामा शाही र रोकाया तथा चाबिनपामा चौलागाइँ वडाध्यक्ष निर्वाचित

कालीकोट, २ जेठ । कालीकोट जिल्ला, तिलागुफा नगरपालिका वडा नम्बर– ३ को वडा अध्यक्षमा नेमकिपाका सूर्यबहादुर शाही पुनः निर्वाचित हुनुभएको छ । त्यस्तै नेमकिपा, कालीकोट जिल्ला समिति सदस्य स्व. लौके दमाईकी धर्मपत्नी होइजा दमाई वडा समिति सदस्यमा विजयी हुनुभएको छ ।

सूर्यबहादुर शाही


नवनिर्वाचित वडाध्यक्ष शाही नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घमा क्रियाशील हुनुहुन्थ्यो । गत वैशाखमा सम्पन्न पार्टीको तिलागुफा नगर सम्मेलनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै वैशाख ३० गतेको निर्वाचनमा कालीकोटको तिलागुफा नगरपालिका वडा न.९ मा नेमकिपाका नरेन्द्र रोकाया वडाध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको छ । रोकाया नेमकिपा, तिलागुफा नगर समितिका सदस्य हुनुहुन्छ । सोही वडामा नेमकिपाका माया जिसी र लालकौरा विक विजयी हुनुभएको छ ।

नरेन्द्र रोकाया


साथै कालीकोट जिल्ला तिलागुफा नगरपालिका, वडा नं ११ मा नेमकिपाका गौरी शाही र प्रवल शाही सदस्यमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै दैलेख जिल्ला चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ७ मा पनि नेमकिपाका वडाध्यक्ष इन्द्रप्रसाद चौलागाई पुनः निर्वाचित हुनुभएको छ ।

इन्द्रप्रसाद चौलागाई


निर्वाचित वडा सदस्यहरूमा वसन्ता खनाल, नवराज ढकाल र जयकला विक हुनुहुन्छ ।
वडाध्यक्ष चौलागाई नेमकिपा, चामुण्डाविन्द्रासैनी नगर समितिका सदस्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *