भर्खरै :

कालीकोटको शुभकालीकामा नेमकिपाको विजय ¥याली

कालीकोट, २ जेठ । नेपाल मजदुर किसान पार्टी शुभकालीका गाउँ समितिको आयोजनामा सोमबार विजय ¥यालीको आयोजना भएको छ ।
गाउँ पालिका केन्द्र सुकाटियाबाट सुरु भएको विजय जुलस भर्ता पुगेर समापन गरिएको थियो । जुलुसको क्रममा ठाउँ–ठाउँमा कोणसभा गरेर मतदातालाई धन्यवाद ज्ञापन गरिएको थियो ।
जुलुसको अन्तमा आयोजित सभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले इमानदारीपूर्वक जनताको सेवा गर्ने विश्वास गर्नुभयो । उहाँले जनप्रतिनिधिहरूले पार्टीको घोषणापत्रअनुसार काम गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेमकिपा, कालीकोट जिल्ला समितिका सचिव धनञ्जय अधिकारी, शुभकालीका वडा नं ३ का वडाध्यक्ष प्रकाशबहादुर शाहीलगायत निर्वाचित प्रतिनिधिले इमानदारीसाथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *