भर्खरै :

नेमकिपाद्वारा सबै मतदाताहरूमा धन्यवादज्ञापन

भक्तपुर, २ जेठ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिले स्थानीय तहको निर्वाचनमा नेमकिपालाई मतदान गरी भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, वडा सदस्य पद विजयी गराएका मतदाताहरूप्रति धन्यवादज्ञापन गरेको छ ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – “नेपाल मजदुर किसान पार्टीलाई आफ्नो अमूल्य मत दिनुभई पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउनुहुने तथा सहयोग गर्नुहुने सम्पूर्ण मतदाता र सहयोगीहरूमा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
नवनिर्वाचित जनप्रतिनिधिहरूले जनताको मतको उच्च कदर गर्दै पार्टीको निर्वाचन घोषणापत्रअनुसार निःस्वार्थ र इमानदारीपूर्वक सेवा गर्नुहुने विश्वास दिलाउन चाहन्छ । आगामी दिनमा पनि पार्टीलाई यहाँहरूको साथ, सहयोग तथा सुझाव प्राप्त हुने अपेक्षा गर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *