भर्खरै :

ठूला दललाई सानोको हाँक

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त परिणामअनुसार सत्ता गठबन्धनमा रहेका दलहरूले विभिन्न स्थानीय तहहरू जित्ने क्रम जारी छ । गठबन्धनका उम्मेदवारहरूले जीत हासिल गरेका समाचारहरू सार्वजनिक हुँदै छ । यो जीतसँगै ती दलका नेताहरू खुसी हुनु स्वाभाविक छ । तर, विडम्बना ¤ तल्लो स्तरका कार्यकर्ताहरू खुसी हुन सकिरहेका छैनन् । सिद्धान्तविपरीत दलहरूले गठबन्धन गरेको कारण तिनीहरू स्वयं यो गठबन्धनलाई अप्रजातान्त्रिक र अराजनीतिक गठबन्धनको संज्ञा दिइरहेका छन् ।
आज मत परिणामले नेताहरूमा खुसीयाली छाए पनि यसबाट भोलिको दिनमा विवाद हुनेमा शङ्का छैन । यो गठबन्धन न सिद्धान्तमा आधारित छ न कुनै लक्ष्यमा पुग्नको लागि गरिएको हो । यो त सत्ता टिकाउने र निर्वाचनमा बढीभन्दा बढी सीट हासिल गरी लाभ प्राप्त गर्न गरिएको हो । होइन भने फरक–फरक सिद्धान्त बोकी हिँडेका दलहरू बीचको यो गठबन्धन कुनै पनि कोणबाट सही र स्वाभाविक मान्न सकिँदैन । यसले तल्लो स्तरका कार्यकर्ताहरूलाई शीर्ष नेताहरूले एउटा दलमा लागेर अर्को विरोधी वा मन नमिल्ने राजनीतिक दलको निर्वाचन चिह्नमा मत जाहेर गर्नुपर्ने बाध्यतामा पु¥याएको छ । यस हिसाबले आज परिणामले जुनसुकै राजनीतिक दलको नेता जुनसुकै चिह्नबाट जितेको भए तापनि गौरव गर्ने आधार छैन ।
आफूलाई ठूलो दलको नेतामात्र होइन देश नै आप्mनो काँधमा भएको बताउन कन्जुस्याइँ नगर्ने दलहरूले यो पटकको निर्वाचनलाई सही अर्थमा उपयोग गर्न नसक्दा देशका अत्यन्त बहुमत युवामा नेताहरूप्रति निराशा छाएको छ । हरेकजसो प्रचार बाजीमा आप्mनो स्तरलाई बिर्सेर गालीगलौजमा उत्रने नेताहरूले आफूले त राजनीतिक संस्कार सिकेनन्, कार्यकर्ता र आफूभन्दा तल्लो स्तरका नेताहरूलाई पनि सिकाउन आवश्यक ठानेनन् वा सिकाउन सकेनन् । राजनीति स्वच्छ हुनुपर्दछ । तर, फोहरी नेताहरूले राजनीति गर्दाको परिणाम आज सारा देशवासीले भोगिरहेका छन् । ‘मै हुँ’ भन्ने नेताहरूमा समेत राजनीतिक संस्कारको अभाव देखिएपछि ती मातहतका जनता र कार्यकर्ताहरूमा पनि त्यस्तै सोच हुनेछ ।
शासक दलप्रति जनताको विश्वास गुम्दै गइरहेको छ । ती नेताहरू आज के बोल्छन् र भोलि के बोल्छन् भन्ने कुरामा कुनै तालमेल मिलेको देखिँदैन । न सिद्धान्त न विचार । तिनीहरू बल र नोटले आज चुनावी प्रतिस्पर्धा गर्दै छन् । जुन दिन तिनीहरूसँग भएको बलको सामु जनता झुक्नेछैनन् र नोटमा जनता बिक्ने छैनन् तब तिनीहरूको असली रूप बाहिर आउनेछन् । निर्वाचनमा प्राप्त मत तिनीहरूले असल काम गरेर प्राप्त गरेको मत होइन । बरु, जनतालाई डर, त्रास, धम्की र अनेक प्रलोभनमा पारेर प्राप्त गरेको मत हो भन्दा फरक पर्दैन ।
शासक दलका नेताहरूले अनेक प्रपञ्च गरेर मत प्राप्त गरिरहेका छन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायतका दलहरू पुँजीवादी दलहरू हुन् । यिनीहरूबाट देश र जनताले केही आशा गर्नु व्यर्थ हुनेछ । काठमाडौँ महानगरपालिकाको मत परिणाम सार्वजनिक भइरहँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले हालसम्म प्राप्त मत नेकपा एमालेका प्रत्याशी केशव स्थापितभन्दा झन्डै दोब्बरले फरक छ । शाहले नै काठमाडौँ महानगरपालिकाको मेयर पद पड्काउने धेरैले प्रक्षेपण गरिरहेका छन् । यदि त्यसो भइहाले यो एउटा ठूलो पाठ हुनेछ । हिजोका शासक दलका नेता र आज सत्तामा बसिरहेका नेताहरूले आप्mनो निर्वाचन क्षेत्रलगायत अन्यत्र ठूलो धनराशी खर्च गरेर परिणाम आप्mनो पोल्टामा पार्ने गरेका हुन्छन् भने कुरा धेरैलाई जानकारी नभएको विषय होइन ।
भक्तपुर नगरपालिकाभित्रका जनता तुलनात्मकरूपमा सही र सचेत छन् । आज सञ्चारमाध्यमहरूले भक्तपुरका बारेमा सत्यतथ्य समाचार सम्प्रेषण गरेर आप्mनो धर्म निभाइरहेका छन् । भक्तपुरले गर्ने देशभक्तिपूर्ण आन्दोलनलाई विगतका दिनहरूमा बेवास्ता गर्ने नेपालका ठूला सञ्चारमाध्यमहरूले हिजो आज निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै स्थान दिन थालेका छन् । ठूला दलका नेताहरूको आप्mनो निर्वाचन क्षेत्रमा समेत हार व्यहोरिरहेको वर्तमान सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका सबै उम्मेदवारहरू अत्यधिक मतका साथ विजयी भए । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा ‘क्लीन स्वीप’ गरेको दलका उम्मेदरवारहरूले आज ५ वर्षपछि सम्पन्न निर्वाचनमा अघिल्लो पटक प्राप्त मतभन्दा अधिक मत ल्याएर अर्को ५ वर्षको लागि बहुमत मिलेको छ । आफूले विश्वास गरेका जनप्रतिनिधिलाई कार्यभार सुम्पन्ने काम यहाँका सचेत मतदाताले एकमनले गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीलाई सानो दल मान्न सकिएला । ३ प्रतिशतको थ्रेसहोल्ड राख्ने प्रजातान्त्रिक कहलिएका दलहरूका लागि पनि नेमकिपा सानो होला । निर्वाचनमा केही जिल्लाका थोरै उम्मेदवारहरूले विजय हासिल गरिरहेका छन् भन्ने लाग्ला । तर, सिद्धान्तमा अडिग दलले गर्ने गतिविधि तिनीहरूको लागि चुनौती बनिरहेको छ । यसपटक पनि निर्वाचनको मतपरिणामले भक्तपुर नगरपालिकाभित्रका सम्पूर्ण वडाहरूमा नेमकिपाले विजय हासिल गरेको छ । काठमाडौँ उपत्यका बाहिर दैलेख, कालीकोट, जुम्ला जिल्लाका केही वडाहरूमा विजय हासिल गरिसकेका छन् । जहाँजहाँ पार्टीका उम्मेदवारहरू विजयी हुन्छन् त्यहाँ त्यहाँ ठूला दलले नगरेका साना–साना तर अत्यन्त महत्वपूर्ण काम पनि नेमकिपाका जनप्रतिनिधिहरूले गरेको देख्दा जनता जिल्ल परेका छन् । ठूला दलका लागि ठूला काम पनि सानो देख्ने र सम्पन्न नगर्ने तर नेमकिपाका लागि भने ठूला काम पनि सानो लाग्ने र सम्पन्न हुने मात्र होइन सजिलै सम्पन्न गर्ने प्रवृत्ति देख्नेहरू स्वयं ठूला दलका नेताहरू छक्क छन् ।
नेमकिपाले आप्mनो चुनावी घोषणापत्रमा उल्लेख भएका काम जनताको साथ र सहयोगमा सम्पन्न गर्ने बानी विकास गरेको छ । अन्यत्र ठूला दलले ज्याला वा रकम दिएर पनि सम्पन्न गर्न नसकेका कामहरू नेमकिपाले तिनीहरूसँगै वा सरोकारवालाहरूसँगै चन्दासमेत लिएर गर्छ भन्ने कुरा कतिलाई पत्यारलाग्दो नहुन सक्दछ तर वास्तविकता यही हो । हालैका दिनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताले यो कुरालाई पुष्टि गर्छ । यसले कतिपय वरिष्ठ पत्रकारहरू जिल्ल परेका छन् । काम गर्ने यो शैली शासक दलहरूका लागि निकै अपत्यारिलो लाग्न सक्ला तर वास्तविकतालाई कसैले ढाकछोप गर्न सकिँदैन । यो श्रृङ्खला आजको मात्र होइन विगत लामो समयदेखि पार्टीले अङ्गीकार गरेको प्रवृत्ति हो । यो जीवनपद्धतिको रूपमा अगाडि बढिरहेको छ ।
यसैको परिणाम हो, आज भक्तपुरवासीले नेमकिपालाई विश्वास गरेका छन् भने नेमकिपाले जनतालाई । जनताको सेवाबाहेक अरू केही स्वार्थ नभएका नेता र नेतृत्व पाएपछि ठाउँले कोल्टे फेर्ने एउटा उत्कृष्ट उदाहरण भक्तपुर नगरपालिका भएको छ । विरोधीहरूका अनेक गैर–राजनीतिक, गैर–सैद्धान्तिक आरोप प्रत्यारोपबाट टाढै रहेर आप्mनो काममा खट्ने बानीको विकास यहाँका जनप्रतिनिधिहरूले गरिसकेका छन् । भक्तपुरका मात्र होइनन् सिङ्गो देशका जनताका लागि अहोरात्र खट्ने नेमकिपाले प्राप्त गरेको मत र जितको शैलीलाई कसैले पनि कम आकलन गर्न सकिँदैन । सत्ता गठबन्धनमा रहेका दलहरूले नेमकिपाको विरोधमा विगत लामो समयदेखि तालमेल गर्दै आएको भए तापनि नेमकिपा एक्लैले भारी मतले तिनीहरूको जमानतसमेत जफत हुन पुगेको छ । जनताले नेमकिपालाई यत्ति धेरै विश्वास गरेका छन् कि ठूला भनिएका दलहरूको जमानत नै जफत भयो ।
अतः नेमकिपाले पाएको अपार विश्वासलाई जनप्रतिनिधिहरूले भत्कन दिनु हुँदैन । निःसन्देह चुनौतीहरू छन् । ठूला दलका अनेक भ्रामक प्रचारबाजी चिर्दै अगाडि बढ्नुपर्ने खाँचो छ । पुँजीवादी विकृतिहरू थपिँदै छन् । जनताका इच्छा र आवश्यकताहरू पहाड बनेर थाँती रहेका छन् । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका दलालका गतिविधिहरू पनि नेमकिपाविरुद्ध नै छन् । यस हिसाबले चुनौतीको बीचमा बसेर काम गर्नु त्यत्ति सहज नहोला । तर, आप्mनो गतिविधिलाई जीवनपद्धतिको रूपमा अङ्गीकार गर्दै सफलता प्राप्त गर्दै अगाडि बढेको दलको निम्ति सारा बाधा व्यवधानहरू क्रमिकरूपमा हल हुँदै जाने अपेक्षा गर्न सकिन्छ । जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको सहयोगमा गर्ने कुनै पनि काम असफल हुनेछैन । पार्टीले आप्mनो घोषणापत्र लागू गर्ने काममा सफलता प्राप्त गर्नेछ । आप्mनो कार्य र व्यवहारले ठूला भनिएका दलहरूलाई सैद्धान्तिक हाँक दिन नेमकिपा तयार हुनुपर्दछ । जनता नेमकिपाको अभिभावकत्वमा जस्तै चुनौतीपूर्ण काममा हातेमालो गर्न तयार छ । यो सङ्केत निर्वाचनले दिएको सन्देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *