युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
काठमाडाँै, १० जेठ । एक, ‘५० द्रष्टा सम्मानित, ५० अगुवा घोषित’ शीर्षकमा १० जेठ २०७९ को अङ्कमा अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण एक्सप्रेसले देशका ५० द्रष्टा (भिजिनरी) लाई विशेष सम्मान गरेको र विशेष समारोहमा विभिन्न क्षेत्रका ५० अगुवा (पायोनियर) को समेत घोषणा गरेको समाचार छापियो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सो समारोहमा “असल नेतृत्वको खोजी गर्ने कामको थालनी भएको” उल्लेख गरे । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले “दिनहुँ हजारौँ युवालाई जहाज चढाएर ४०–४२ डिग्रीको तातो घाममा बेल्चा चलाउन खाडी मुलुकमा पठाइरहेका छौँ, हामीले चाहेको यस्तै राजनीति हो” भन्ने प्रश्न गर्दै उनले भने, “देशलाई राजनीतिले सिध्याएको छ ।”
तर, आश्चर्य छ– वर्षौँसम्म न्यायपालिका मुख्य पदमा बसेर काम गरिसकेका कल्याण श्रेष्ठले अवकासपछि मात्रै देशमा ‘खराब नेतृत्व’ भएको अनुभव गरे र “असल नेतृत्वको खोजी गर्ने काम थाल्नुभएको” हो ? उनी पद वा सत्तामा रहँदा के सबै ठीकठाक थियो ? आजको परिस्थिति के हिजोकै सिलसिला होइन ? हिजै सबै ठीक थियो भने आज बिगार्नेहरू को–को हुन् र कुनकुन नीतिले गर्दा देश भड्खालोमा पुग्दै छ भनी प्रस्ट भाषामा भन्नु जरुरी छ– गणतन्त्र, मानव अधिकार र वाक् स्वतन्त्रता प्राप्त समाजमा ¤ छायावादी कुराले आफ्ना अपराधहरू लुक्दैनन् । जनताले कुरा प्रस्टरूपमा बुझ्ने अवसर पाउनुपर्छ । नत्र यी सबै कुरा माथिल्लो वर्ग वा शासक वर्गको प्राज्ञिक अभ्यासमात्रै हुनेछ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अङ्ग नै देशको यस दुर्दशाको निम्ति जिम्मेवार छन् ।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पनि ‘देशलाई राजनीतिले सिध्याएको’ घोषणा गरे । देशका लाखौँ युवाहरूलाई ४०–४२ डिग्रीमा काम गर्न विवस बनाइयो भन्ने उनको भनाइको सार हो ।
माथि नै भनियो– आजको परिस्थिति हिजोकै दुर्गतिको सिलसिला हो । प्रजातन्त्रको पुनः स्थापनापछिका सबै नेतृत्व अर्थात् शासक राजनैतिक दलहरू, त्यसका अध्यक्ष वा सभापति, प्रधानमन्त्री र अन्य नेता र मन्त्रीहरू जिम्मेवार छन् । यति भन्नुको अर्थ जनतालाई भ्रममा पार्नु र आफू सद्दे हुँ भन्ने अर्थ लाग्छ । यसकारण, नेपाली काङ्ग्रेसका सभापति र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि आजका धेरै पटक प्रधानमन्त्री हुने र बिगार्ने शेरबहादुर देउवा पनि देशको आजको बेहाल पििस्थतिको जिम्मेवार व्यक्तिहरू छन् । त्यस्तै एमाले र अन्य कम्युनिस्ट भनिने अध्यक्ष र प्रधानमन्त्रीहरू मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराई, ओलीहरूसमेत जिम्मेवार छन् । सूर्यबहादुर थापा र चन्द पनि पञ्चायत र प्रजातन्त्र पुनःस्थापनापछिका सरकारहरूका जिम्मेवार व्यक्तिहरू हुन् ।
साथसाथै ४०–४२ डिग्री तापमानमा नेपालीहरूलाई काम गर्न बाध्य पार्ने नीतिमा प्रवक्ता वा अर्थमन्त्रीहरू, रामशरण महत, महेश आचार्य र बाबुराम भट्टराई नै ५० जना द्रष्टा र अगुवाको सूचीमा छन् । । हरेक निर्वाचन क्षेत्रका २–२ सय जना युवालाई विदेशमा काम गर्न पठाउने बजेट भाषण दिने तथा माथिल्लो कर्णालीको सम्झौतामा देशलाई घात गर्ने र एमसीसीमा हस्ताक्षर गर्ने पहिलो प्रधानमन्त्री ती नै हुन् ।
यसकारण, यस कार्यक्रमका अगुवा र यसका आयोजकहरूले ठीक बेठीक छुट्याउनु भन्दा आ–आफ्नो पदमा बसेर सेवा गर्ने व्यक्तिहरूलाई दागी, खराब र बदनामहरूसँगै राखेर ‘राजनैतिक जालसाजी’ (पोलिटिकल म्यानिपुसलेसन) मा फसाइएको अनुभव धेरैले गरेका छन् ।
Leave a Reply