युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
भक्तपुर, १२ जेठ । “दलीय व्यवस्थामा हरेक निर्वाचनमा विचारको प्रतिस्पर्धा हुनुपर्ने हो, तर यहाँ पदको निम्ति भइरहेको छ ।” उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमेज च्यानलको कार्यक्रम ‘द मर्निङ ग्लो’ मा व्यक्त गर्नुभएको हो ।
उहाँले निर्वाचित जनप्रतिनिधिहरूले घोषणापत्रअनुरूप काम नगर्दा निर्वाचनको बेला शासक दलका कार्यकर्ताहरूमा आफ्नै पार्टी र नेतृत्वप्रति असन्तुष्टि देखिएको बताउनुभयो ।
प्रमुख प्रजापतिले स्थानीय तह अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिँदै नेमकिपाले स्थापनाकालदेखि नै राजनीतिलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले नपाको बजेट, आम्दानी, चन्दा आदिबारे विभिन्न माध्यमबाट जनतालाई थाहा दिँदै आइरहेको उल्लेख गर्दै उहाँले पुँजीवादी व्यवस्थामा विचारको भन्दा पद र लाभको निम्ति प्रतिस्पर्धा हुने बताउनुभयो ।
नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने माध्यमको रूपमा उपयोग गर्दै आइरहेको उल्लेख गर्दै उहाँले सय वर्षपछिको भक्तपुरलाई आधार मान्दै भक्तपुर नपाले मौलिक शैलीमा घर निर्माण गर्ने नगरवासीहरूलाई आर्थिक अनुदानको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।
काठमाडौँ उपत्यकालाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले राज्यले देशको भाषा र संस्कृतिको जगेर्नामा विशेष पहल गर्नुपर्छ भन्नुभयो ।
Leave a Reply