युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
भक्तपुर, जेठ १२ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरवासीहरूको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु भएको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याङ्ककीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयूकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्तरूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरूको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
उहाँले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनता निकै खुसी भएको बताउनुभयो ।
सोही क्रममा केयूकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरवासी जनतालाई मेलम्चीको खानेपानी वितरण भए पछि भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताउनुभयो ।
मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीयहरू निकै खुसी देखिएका थिए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरूले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवाद दिएका थिए । पानी वितरणसँगै ठाउँ–ठाउँमा पाइपहरू फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिट्टै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीहरूको माग रहेको छ ।
Leave a Reply