मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
भक्तपुर, १४ जेठ । समय बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाको १२ औँ स्थापना दिवस तथा भक्तपुर नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, भनपा ८ का वडा अध्यक्ष एवम् वडा सदस्यहरूलाई बधाई ज्ञापन कार्यक्रम शनिबार आयोजना ग¥यो ।
कार्यक्रममा अतिथि सुनिल प्रजापतिले गैरसमुदायमा आधारित सहकारी संस्था र सिद्धान्तविपरीत सञ्चालन भएका सहकारी संस्थाहरूप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
ख्वप कलेज, ख्वप इन्जिनियरिड कलेज, इन्जिनियरिड कलेज अफ ख्वपलगायत अरू शैक्षिक संस्थाहरू सञ्चालन गरी शिक्षा क्षेत्रमा भक्तपुर नगरले नमुना कार्य गरेको, सफा नगर बनाएको र सम्पदा पुनः निर्माण गरेको बताउनुभयो ।
उहाँले नेमकिपाका नेता तथा कार्यकताहरूले इमानदारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै सामाजिक कार्य घाटा नाफाको लागि हुन नहुने, हातमा सीप हुने कहिले भोको नहुने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले २०७४ सालमा नेमकिपाले गरेको घोषणापत्रअनुसार कार्य गरी भक्तपुरवासीको मन जित्न सकेको कारण फेरि अत्यधिक मतका साथ विजय गराएको बताउनुभयो । सुसंस्कृत समाज आजको आवश्यकता हो, उहाँले भन्नुभयो ।
वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले वडावासीको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्व वडाध्यक्ष महेन्द्र खायमलीले स्थानीयको सामूहिक प्रयासले नेमकिपाका उम्मेदवारहरू निर्वाचित हुन सफल भएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सरकारले रासायनिक मलमा कोटा प्रणाली लागु गरेकोले भनपाभित्रका सहकारीहरूले आवश्यकता अनुसार मल वितरण गर्न नसकेको बताउनुभयो । समुदायमा आधारित संस्थामा पैसा जम्मा गरेमा सदस्यको पैसा सुरक्षित हुने उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजूले संस्थाका विभिन्न गतिविधिहरूबारे जानकारी दिँदै आफ्नो पैसाको सुरक्षाको लागि समुदायमा आधारित संस्थामा मात्र कारोबार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष बाबुकाजी गाईजू, लक्ष्मीप्रसाद छुस्याबाग, चन्द्रकृष्ण ग्वाछालगायतले बोल्नुभएको थियो ।
Leave a Reply