भर्खरै :

सन्दर्भ : चीन र अमेरिकाबीच व्यापार युद्धबारे चीनको श्वेतपत्र

भर्खरै स्रष्टा समाजको आयोजनामा चीन अमेरिकाबीच भइरहेको व्यापार युद्धबारे चीनले जारी गरेको श्वेतपत्रको नेपाली अनुवाद सार्वजनिकीकरण भएको छ । अहिले ‘व्हाइट पेपर’ अर्थात् ‘श्वेतपत्र’ शब्द हामीबीच चर्चा परिचर्चा भइरहेको शब्द हो ।
श्वेतपत्र के हो ?
श्वेतपत्र आधिकारिक दस्तावेज हो जसले कुनै पनि मुद्दालाई बुझ्न, समस्यालाई समाधान गर्न र निर्णय लिन मद्दत पु¥याउँछ । त्यसैले श्वेतपत्रलाई तथ्यगत दस्तावेज पनि भनिन्छ । श्वेतपत्रमा सम्बद्ध विषयबारे विस्तृत विवरण हुन्छ । विभिन्न देशमा कुनै विषयमाथि विवाद हुँदा विपक्षले श्वेतपत्र जारी गर्न माग गरेको हुन्छ । यसको अर्थ हो, ‘वास्तविकता के हो ? सबै जनताले जान्न पाउनुपर्छ’ भन्ने माग हो । जब कुनै पनि देशमा कुनै विषयमा गम्भीर समस्या सिर्जना हुन्छ वा कुनै निश्चित मुद्दामाथि बहस हुन्छ, त्यतिबेला वास्तविकता जनतासामुने छर्लङ्ग पार्न श्वेतपत्र जारी गर्छ । यसमा कारण, सूचना, तथ्य, समस्याको गम्भीरता, सरकारको नीति, सम्भावित परिणाम सबै उल्लेख हुन्छ । त्यसपछि जनताको विचार जान्न मद्दत गर्छ अथवा उक्त मुद्दामाथि जनताको के विचार छ जान्न पनि पाउँछ । यसअनुसार सरकारले उक्त समस्यालाई सम्बोधन हुने गरी निर्णय पनि गर्नसक्छ । २०७५ मा एमालेको सरकार गठन भएपछि देशको अर्थ व्यवस्थामाथि धेरै टीकाटिप्पणी भएपछि अर्थमन्त्री युवराज खतिवडाले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरेका थिए ।
श्वेतपत्र दुईखाले हुन्छ । सरकारी र व्यवसायिक । सुरु–सुरुमा सरकारले मात्र श्वेतपत्र जारी गथ्र्यो भने अहिले व्यापारी प्रतिष्ठानले पनि जारी गर्ने चलन आएको छ । श्वेतपत्र एक व्यापारीबाट अर्को व्यापारीलाई जानकारी गर्ने पत्र पनि हो । त्यसैले यसलाई ‘वि टु वि पत्र’ पनि भनिन्छ । वस्तु बजारमा ल्याउनु अघि वस्तुको प्रवद्र्धन गर्न पनि श्वेतपत्र जारी गर्छ । व्यापारी संस्थानका श्वेतपत्रमा ती वस्तुबारे विस्तृत विवरण दिएको हुन्छ । तर, श्वेतपत्र भन्ने बित्तिकै सर्वसाधारण जनता अलि बढी नै जटिल विषय हो भनेर बुझ्छन् । छोटो र सरल भाषामा बुझ्ने हो भने श्वेतपत्रको अर्थ तत्कालीन समयमा कुनै गम्भीर मुद्दाबारे त्यसको सत्यतथ्य सरकारले जनतालाई जानकारी दिनु हो ।
श्वेतपत्र कसरी र कहाँबाट सुरु भयो ?
पहिलो पटक ब्रिटेनका प्रधानमन्त्री चर्चिलले सन् १९२२ मा श्वेतपत्र जारी गरेका थिए । त्यतिबेला इजरायल देशको अस्तित्वमा आउने विषय संसारभर चर्चाको विषय थियो । तर, वास्तविकता जनतालाई थाहा थिएन । बेलायत सरकारले के गरिरहेको थियो भन्नेबारे जनता थाहा पाउन चाहन्थे । यसै मागलाई सम्बोधन गर्ने तरिकाले पहिलोपटक बेलायतले ‘इजरायल राष्ट्र’ अस्तित्वमा ल्याउने के कस्तो काम भइरहेको छ भनेर श्वेतपत्र जारी गरेको थियो । त्यसै समयदेखि नै सरकारले गम्भीर मुद्दाको प्रकृति हेरेर जनतालाई जानकारी दिने हिसाबले श्वेतपत्र जारी गर्ने चलन चलेको हो । श्वेत अर्थात् सेतो नै किन भनियो त ? त्यतिबेला मन्त्रिमण्डलमा हुने निर्णय गोप्य राख्नु परेमा रङ्गीन कागजमा लेखिन्थे भने सर्वसाधारण जनतालाई थाहा दिन मिल्ने भएमा सेतो कागजमा छापिने रहेछ । त्यतिबेलादेखि सर्वसाधारणलाई कुनै गम्भीर विषयबारे जानकारी दिनु परेमा श्वेतपत्र जारी गर्ने चलन चल्यो ।
चीन र अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्रको सङ्क्षेप
अमेरिकाले चीनसँगको व्यापारबारे ठूलो भ्रम सिर्जना गर्न खोजेको समयमा उक्त विवादको वास्तविकता के हो भनेर विश्व समुदायलाई जानकारी गराउन चीनले श्वेतपत्र जारी ग¥योे । अमेरिका र चीनबीच भइरहेको व्यापार युद्धमाथि चीनले जारी गरेको श्वेतपत्रले आफ्ना देशका जनतालाई मात्र जानकारी गराएको होइन बरु विश्वभरिका जनताका लागि जानकारी गराउने उद्देश्य जारी गरेको हुनुपर्छ । अमेरिका सधँै विश्वभरिका जनतालाई उनले नै पालिरहेकोजस्तै ठान्ने रहेछ । चीनको सन्दर्भमा पनि अमेरिकासँगको व्यापारले चीनले एकतर्फी फाइदा लिइरहेको जस्तै गरी विश्वलाई बताइरहेको छ । जबकि अमेरिकाले चीनसँगको व्यापारमा निकै फाइदा लिइरहेको तथ्य तथ्याङ्कले देखाइरहेको छ ।
यदि चीन र अमेरिकाबीचको तथ्याङ्कलाई नियाल्ने हो भने दुई देशबीचको व्यापारले गर्दा अमेरिकाले निकै फाइदा लिइरहेको प्रस्ट छ । अमेरिकाको कुल गार्हस्थ उत्पादनमा चीनबाट आयातको कारण ०.८ प्रतिशतले वृद्धि भएको छ । चीनमा गरिएको निर्यातले अमेरिकी जीडीपीमा २१६ अर्ब डलरको योगदान रहेको छ भने १.२ प्रतिशतले आर्थिक वृद्धि भएको छ । चीनकै कारण अमेरिकामा मुद्रास्फीति १.५ प्रतिशतले घटेको छ । दुर्ई देशबीचको दोहारो लगानीबाट व्यापारले अमेरिकामा २६ लाख रोजगार सिर्जना भएको छ । चीनमा उत्पादित वस्तुको उपभोग गर्न पाएर हरेक अमेरिकी परिवारले ८५० अमेरिकी डलर बचत गर्नसक्ने भएको छ । प्रत्येक अमेरिकी किसानले १० हजार डलरको कृषिजन्य वस्तु चीनमा निर्यात गर्छन् ।
अमेरिकाले चीनसँगको व्यापार घाटाबारे ठूलै भ्रम छरेको रहेछ । सन् २०१७ मा चीनले १५१ अर्ब अमेरिकाबाट आयात गरेको थियो भने ५०६ अर्ब अमेरिकामा निर्यात गरेको थियो । यही अङ्कलाई मात्र हेर्ने हो भने दुई देशबीचको व्यापारमा साँच्चै अमेरिका घाटा रहेको देखाउँछ । वास्तविकता के हो भने अमेरिका, जर्मन, बेलायत र दक्षिण कोरियाजस्तो विकसित मुलुकका ठूला ठूला कम्पनीहरू चीनमा छन् । यही कम्पनीले चीनमा उत्पादन गरेर अमेरिकामा निर्यात गर्छन् । अमेरिकी कम्पनीले चीनमा सस्तो लागतमा उत्पादन गरेर अमेरिकामै निर्यात गरेर मनग्य पैसा कमाइरहेका छन् । तर, यो वास्तकितालाई लुकाउँदै उल्टै चीनमाथि दोष दिएर चिनियाँहरूले नै उत्पादन गरेका वस्तुमा भने उच्च कर लगाएका छन् । त्यसैगरी उत्पादन लागत कम भएकोले चीन अवस्थित अमेरिकी कम्पनीले चिनियाँ बजारबाट ४८१.४ अर्ब डलर कमायो भने चिनियाँ कम्पनीले अमेरिकामा २५.६ अर्बमात्र कमायो ।
अन्तमा प्रश्न उठ्छ, अमेरिका किन चीनको खोइरो खन्न लागिरहेको छ ? यसलाई पनि छोटकरीमा यसरी बुझौँ, दशकौँदेखि आफ्नो आर्थिक शक्तिको दुरूपयोग गरी अमेरिकाले विश्वभर दादागिरी चलाउँदै आएको छ तर पछिल्लो समय चीनको कारणले यो क्रम भङ्ग हुने देखिएपछि जसरी पनि चीनलाई अप्ठेरो पार्ने अमेरिकाको नियत रहेको छ । तर, चिनियाँहरूको अथक मेहनतको अगाडि अमेरिकी षड्यन्त्र सफल हुनेछैन भन्ने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *