अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध संरा अमेरिका स्वयम्को निम्ति आत्मघाती बन्यो । बाँकी विश्व र चीनलाई भन्दा पनि संरा अमेरिकालाई व्यापार संरक्षणवादी नीतिले ठूलो क्षति पु¥यायो, विश्वले यही अनुभव गर्यो । दोस्रो विश्वयुद्धपछि शक्तिशाली बनेको संरा अमेरिकाले तत्कालीन समयमा कमजोर बन्दै गरेको समाजवादी रुसलाई लुछेर, युरोपलाई आप्mनो मुट्ठीमा लिएर धनी बनेको सत्य हो । आर्थिकरूपमा सर्वश्रेष्ठ बन्ने संरा अमेरिकाको नीतिअनुरूप युरोप, ल्याटिन अमेरिका, एसियालगायतका महादेशहरूमा आर्थिक उपनिवेशको सुरुआत अमेरिकाले गर्यो । अर्थतन्त्रमा तिकडमहरू चाले, जालसाजीहरू अगाडि बढाए । संरा अमेरिका ‘अमेरिका प्रथम’ को आडम्बर र उन्माद लिएर अगाडि बढ्यो । आर्थिकरूपले अगाडि बढेका देशहरूको खुट्टा तान्ने काम उसले गर्यो । सम्भावना भएका देशहरूमा प्रवेश गरी त्यहाँको अर्थतन्त्र आप्mनो हातमा लिने संरा अमेरिकाको नीति आज पनि उही नै हो ।
संरा अमेरिकालाई टक्कर दिने देशहरूलाई जसरी पनि पतन गर्ने काम संरा अमेरिकाले रोकेन । एक समय जापान संरा अमेरिकाभन्दा आर्थिकरूपले अगाडि बढ्दै थियो । संरा अमेरिकाले व्यापार संरक्षणवादी नीति लिई जापानविरुद्ध व्यापार युद्ध गर्यो । आर्थिक एकाधिकार तथा बजारको एकहट्टीका लागि महादेशहरूमा विभाजन ल्याउने र राज गर्ने, विध्वंस मच्चाउने र राज गर्ने नीति लियो । आज युरोपलाई विभाजित गरी त्यहाँको अर्थतन्त्रमा कब्जा गर्ने नियत संरा अमेरिकाले लिएको देखिन्छ । चीनसँगको सहकार्यमा आर्थिकरूपमा तङ्ग्रिदै गरेको रुसलाई युक्रेनसँगको युद्धमा फसाएर सारा युरोपको बजार कब्जा गर्ने संरा अमेरिकाको दाउ कसले बुझेको छैन र ?
आजको विश्वमा संरा अमेरिकालाई टक्कर दिनसक्ने शक्तिशाली देश चीन हो । चीन युरोप, ल्याटिन अमेरिका र स्वयम् एसियाका देशहरूको सम्बन्ध, आर्थिक सम्बन्धले संरा अमेरिका आज पनि उत्तिकै त्रसित छ । त्यसकारण, एसियाको चीनविरुद्ध अनेक जालझेलहरू गर्ने क्रममा व्यापार युद्ध छेडेको हो । कोभिड कहर पूर्वको अनुमानअनुसार चीन छोटो समयमै विश्वको प्रथम अर्थतन्त्र बन्ने प्रक्षेपण थियो । स्वयम् संरा अमेरिकाको थिङ््कट्याङ्कले त्यो तथ्य सार्वजनिकरूपमै राखेको थियो । चीनको आर्थिक सर्वोच्चताको आधार उपनिवेश, छलछाम, युद्ध र विभाजन हुनेछैन बरु सभ्यता, आत्मनिर्भरता, विकसित र विकासशील देशहरूसँगको सहकार्य र समन्वयका आधारमा सर्वश्रेष्ठ अर्थतन्त्र बन्छ भन्ने विज्ञहरूको अध्ययन छ ।
त्यसपछि संरा अमेरिकाले चीनविरुद्ध अनेक जालझेल, आधारहीन आक्षेप र फतुरसहित चीनमाथि व्यापारयुद्ध थोप्यो । चीनले छलफलबाट समस्याको समाधान नखोजेको होइन । तर, संरा अमेरिकाले चीनको सरलता र नरम व्यवहारलाई कमजोरी ठान्यो र व्यापार युद्धलाई अझ क्रूर बनाउँदै लग्यो । त्यतिमा रोकिएन संरा अमेरिका, चीनमाथि बौद्धिक चोरी, जबरजस्ती जानकारी र उद्योग हस्तान्तरण गर्न लगाइएको, चीनको कारण अमेरिकी व्यापारमा क्षति पु¥याइएको, संरा अमेरिकी अर्थतन्त्रबाट चीनले नाजायज फाइदा उठाएको भनी आरोप लगायो ।
त्यसपछि, चीनले तथ्यतथ्याङ्क र आधारहरूसहित संरा अमेरिकी व्यापार युद्धविरुद्ध श्वेतपत्र जारी गर्यो । चीनले हरेक मसिना–मसिना कुरामा ध्यान दिई मुखले केही नबोली तथ्यतथ्याङ्कले जवाफ फर्कायो । व्यापारयुद्धको दौरानमा संरा अमेरिकाको चीनविरोधी लाञ्छना गलत साबित गर्न संरा अमेरिकाको वाणिज्य विभाग र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयजस्ता औपचारिक अन्तर्राष्ट्रिय संस्थाहरूकै तथ्यतथ्याङ्कसहित चीनले श्वेतपत्रहरू जारी गर्यो । त्यही श्वेतपत्रको नेपाली अनुवाद हो पुस्तक– “चीन संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र ।”
पुस्तकले चीनप्रति संरा अमेरिकाको पूर्वाग्रह प्रस्ट बताउँछ । संरा अमेरिकाका झूटहरूलाई प्रत्येक लाइनमा श्वेतपत्रहरूबाट प्रमाणित गरिएको छ । संरा अमेरिकाले चीनसँगको व्यापारयुद्धबाट बदनामी कमायो । आज एसियालाई युद्धमा फसाउन, आर्थिक प्रगति रोक्न विभिन्न सैन्य गठबन्धनसहित प्रवेश गरिरहेको सत्य हो । चीन आजको विश्वमा संरा अमेरिकाको प्रधान प्रतिद्वन्द्वी हो । त्यसकारण, चीनलाई सिध्याउन सकियो भने अबको शताब्दीमा पनि ‘संरा अमेरिका प्रथम’ रहने देखेर चीनविरुद्ध प्रहार गरेको बुझ्न पुस्तकले सघाउँछ ।
चीनले व्यापार युद्धको समयमा भनेको थियो, “हामी व्यापार असमझदारी र युद्ध चाहँदैनौँ । कसैले चीनको भावना लत्याएर प्रहार गर्छ भने इँटको जवाफ पत्थरले दिन चीन तयार छ ।” चीन संसारकै पहिलो निर्यातकर्ता देशमात्र थिएन सबैभन्दा ठूलो आयातकर्ता देश पनि हो । चीनले आप्mनो देशमा भटमासको आयात संरा अमेरिकाबाट गथ्र्यो । करवृद्धि र व्यापार संरक्षणवादी नीतिका कारण संरा अमेरिकी उत्पादकसँग चीनले भटमास किन्न बन्द गर्यो । त्यसपछि संरा अमेरिकी व्यापारी र उत्पादकहरूले नै ह्वाइट हाउस घेरेको स्मरण छ । त्यतिमात्र होइन विभिन्न स्टिल र अटोमोबाइलका उत्पादनहरूमा संरा अमेरिका चीन निर्भर छ । त्यस्ता उत्पादनमा संरा अमेरिकी र युरोपेली व्यापारीहरू प्रभावित भएपछि आप्mनै देशबाट व्यापार युद्धको विरोध हुन थालेको थियो ।
संरा अमेरिकाले आपैmले निर्माण गरेको स्वतन्त्र व्यापार नीति पनि अवलम्बन गरेन । विश्व व्यापार सङ्गठनको काइदा कानुन मानेन । अर्थशास्त्र या व्यापारशास्त्रमा जित–जित सिद्धान्त समाजवादी सिद्धान्त होइन पुँजीवादी नारा हो । चीनले सन् २००१ मा डब्लुटीओमा प्रवेश गरिसकेपछि त्यहाँको नीति नियमहरूको इमानदारीपूर्वक पालना गर्यो । व्यापारमा जित–जित सिद्धान्तलाई चीनले विशेषतः विकासशील देशहरूका निम्ति हुर्कायो । विश्वमा अर्थतन्त्रको बहुपक्षीयतालाई परिभाषित गर्यो अर्थात् हुर्कायो । त्यसको ठीकविपरीत संरा अमेरिकाले एकपक्षीयता, एकधु्रवीय विश्व, संरक्षणवाद र आर्थिक प्रभुत्ववादको निर्लज्जतापूर्वक पक्ष लियो ।
स्रष्टा समाज नेपालले हालै प्रकाशित गरेको यो पुस्तकले तथ्यतथ्याङ्कको आधारसहित चीन व्यापारयुद्धको विपक्षमा उभिएको प्रमाणित गर्छ । बौद्धिक चोरी र जबरजस्ती प्रविधि हस्तान्तरणको आरोपलाई तथ्यहरूले गलत प्रमाणित गर्छ । चीनको कारण संरा अमेरिकाको व्यापार सुसाएको होइन बरु अझ व्यापार र आर्थिक वृद्धि भएको हो भन्ने तथ्याङ्क प्रस्तुत गर्छ । व्यापारयुद्ध संरा अमेरिकाको चीनविरोधी पूर्वाग्रहको परिणति थियो । आपूm ‘अमेरिका प्रथम र अमेरिका महान्’ को स्थान गुम्ने डरको कारण जन्माइएको युद्धको नाम थियो व्यापार युद्ध भन्ने कुरा बुभ्mन श्वेतपत्रहरूले सघाउँछ । पुस्तक संरा अमेरिकाको असली अनुहार बाहिर ल्याउन सफल छ ।
अन्तर्राष्ट्रिय अर्थतन्त्रमा आइरहेको यस्तो उतारचढावबारे अनभिज्ञ र उपेक्षा गर्ने नेपाली बौद्धिक जमातलाई यो पुस्तक जानकारीको स्रोत बन्न सक्छ । अन्तर्राष्ट्रिय व्यापार र अर्थतन्त्रजस्तो जटिल र गम्भीर विषयलाई स्रष्टा समाजले नेपाली भाषामा प्रकाशन गर्नु अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीहरूको निम्ति ठूलो गुण लाएको अनुभव हुन्छ ।
आज पनि चीन र संरा अमेरिकाबीचको आपसी स्वस्थ व्यापार सम्बन्ध एकअर्काको निम्ति लाभदायक नै देखिन्छ । ती दुई देशको राम्रो सम्बन्ध सारा विश्वकै निम्ति, विश्व अर्थतन्त्रको निम्ति हितकर हुुन्छ । वस्तुहरूको व्यापारमा चीन र संरा अमेरिका एक अर्काका साझेदार हुन् । सेवा क्षेत्रमा दुईपक्षीय व्यापारको तीव्रगतिमा विकास भइरहेको तथ्य पुस्तकमा छ । व्यापारिक र आर्थिक सहकार्यबाट चीन र अमेरिका दुबैलाई उल्लेख्य लाभ मिलेको तथ्याङ्क श्वेतपत्रमा छ । श्वेतपत्रले व्यापार तथा आर्थिक सहकार्यका तथ्यहरूको स्पष्टीकरण प्रस्तुत गर्छ । संरा अमेरिकाको व्यापार घाटा चीनसँगको व्यापारले गर्दा होइन बरु आप्mनो न्यून बचतको स्वाभाविक प्रतिफल, नाफाप्रधान उद्योगहरू अन्तर्राष्ट्रिय श्रम विभाजनमा संरा अमेरिकाको स्थान आदिको प्रतिफल थियो ।
चीनले सम्झौताविपरीत प्रविधि स्थानान्तरणमा जोड दियो भन्ने आक्षेप किन गलत छ ? बौद्धिक सम्पत्ति अधिकार सुरक्षण खारेज गरिनु हुन्न भन्ने विषयमा चीनको अडान र सफलता के हो ? यी प्रश्नको जवाफ श्वेतपत्रमा छ । त्यतिमात्र होइन संरा अमेरिकाले विश्वमा अभ्यास गरिरहेको व्यापार संरक्षणवादी नीतिको विरोध छ । विदेशी उत्पादनमाथिको भेदभाव, राष्ट्रिय सुरक्षा पुनरावलोकनको दुरूपयोग, ठूलो परिमाणको गैरभन्सार बाधाको प्रयोगजस्ता अमेरिकी व्यापार अपराध उदाङ्गो पार्ने काम श्वेतपत्रले गर्छ । त्यतिमात्र होइन संरा अमेरिकी प्रशासनको अधिनायकवादी अभ्यासहरूको फेहरिष्ट पुस्तकले उजागर गर्छ । व्यापार संरक्षणवादले कुनै पनि देशको भलो भएको छैन, अमेरिकाको पनि हुँदैन भन्ने श्वेतपत्रको अडान सही प्रमाणित भएको छ । पहिलो श्वेतपत्रमा यी विषयहरू छन् भने दोस्रो श्वेतपत्रमा चीनको अडान र वैचारिक आधार स्पष्टसँग उल्लेख छ ।
चीन आप्mनो राष्ट्रिय प्रतिष्ठा र प्रमुख चासोको विषयमा दृढ–निश्चयी रह्यो । चीन संरा अमेरिकासँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई दरिलो ढङ्गले विकास गर्न पूर्णतः प्रतिबद्ध रह्यो । चीनले बहुपक्षीय व्यापार प्रणालीको पक्ष लियो । आप्mनो बौद्धिक सम्पत्तिको अधिकार रक्षाका लागि प्रतिबद्ध रह्यो । वैदेशिक व्यापारको कानुनसम्मत अधिकार जोगाउन लागि प¥र्यो । चीन अर्थतन्त्रमा सुधार र खुलापनलाई अझ परिमार्जितरूपमा अघि बढाउँदै छ । विकसित र विकासशील देशहरूसँगको दुईपक्षीय फाइदाका निम्ति चीनले अगुवाइ ग¥यो । चीन मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माणमा दृढ निश्चयी छ ।
आज पनि चीन व्यापार युद्ध र लगातारको भन्सार वृद्धिले व्यापार समस्या समाधान गर्छ भन्ने पक्षमा चीन छैन । दुईपक्षीय व्यापार सम्बन्ध परामर्श, आपसी सम्मान, समानता र आपसी लाभमा आधारित हुनुपर्छ, असल मनसाय र उद्देश्यमा सामञ्जस्य हुनुपर्छ भन्ने पक्षमा छ । आज पनि सिद्धान्तको हकमा चीनले कहिल्यै हस्तक्षेप स्वीकार्दैन र कुनै पनि चुनौतीले चीनको विकास रोक्ने सामथ्र्य राख्दैन भन्ने विषयमा ढुक्क छ ।
चीनको असल विदेश नीति, व्यापार नीतिका कारण चीन विश्वमा एक शासकभन्दा पनि सहयोगी र असल मित्रको रूपमा उदाएको छ । अफ्रिकादेखि युरोप, ल्याटिन अमेरिकादेखि एसियामा चीन असल मित्रको रूपमा छ ।चीनलाई चिनाउने र संरा अमेरिकाको व्यापार अपराधहरू उजिल्याउने यस पुस्तक पठनीय छ । व्यापारयुद्धको खसोखास तथ्य उजागर गरेको यो सङ्ग्रहणीय पुस्तकका प्रकाशक र अनुवादकहरूप्रति साधुवाद छ ।
Leave a Reply