भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १८ जेठ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भक्तपुर नगरपालिकामा नवनिर्वाचित वडाध्यक्ष र वडा सदस्यहरूलाई शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरलाई विगतमा झै अझ उदाहरणीय बनाउन पहल गर्ने र नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार कार्य योजना अघि बढाउने जानकारी गराउँदै देको–मिवा–इतापाखे जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गरी जग्गा वितरण गर्ने जानकारी दिनुभयो । उहाँले वडाको विकासमा स्थानीय जनतासँग सरसल्लाह गरी ५० लाखको बजेट कार्यान्वयन गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार बालमुकुन्द बासुकलाले प्रतिक्रियावादी सङ्घ संस्थाभित्र प्रवेश गरी जनताको सेवा गने लेनिनवादी नीतिअनुसार नेमकिपाका कार्यकर्ताहरूले विगत ५० वर्षदेखि भक्तपुरमा विकास निर्माणमा निःस्वार्थपूर्वक संलग्न रही भक्तपुरलाई आजको अवस्थामा पु¥याएको हो भन्दै बधाई ज्ञापन गर्नुभयो ।
अर्का सल्लाहकार कृष्णभक्त लघुले पार्टीको घोषणापत्रअनुसार कार्य गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै जनतासँग सहकार्य गरी विकास निर्माणलाई अझ तिव्रता दिन सकोस भनी वधाई ज्ञापन गर्नुभयो ।
संस्थाका अध्यक्ष राजकुमार लघुले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाईज्ञापन गर्दै निकट भविष्यमा संस्थाको आ.व. २०७९÷२०८० को बजेट निर्माण र वार्षिक कार्य योजना निर्माण गोष्ठी आयोजना गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश व्यान्जू, सचिव लक्ष्मीनारायण सुवाललगायतले संस्थाको गतिविधिबारे प्रस्ट पार्दै भनपा वडा नं २ बाट निवार्चित जनप्रतिनिधीहरूलाई बधाईज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
Leave a Reply