विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
मेलम्चीको खानेपानीबाट राहत महसुस गरिएका उपत्यकाका जनता फेरि निराश भएका छन् । लामो समयपछि मेलम्चीको खानेपानी उपत्यकामा छोडिएपछि खुसी भएका उपत्यकावासी मेलम्ची खानेपानी आयोजनाको मुहानको ढोकै बन्द भएपछि निराश भएका हुन् । मेलम्ची खानेपानी आयोजनाले निरन्तर पानी परेका कारण बाढी पहिरो आएर मुहान र सुरूङमा क्षति पु¥याउने सम्भावना देखेर मुहानको ढोका नै बन्द गरेको थियो । वर्षायाम सकिएपछि अर्थात् कार्तिकदेखि मात्रै पानी सुन्दरीजल पठाइने आयोजनाले जनाएको छ । खानेपानीको राहत पाएका उपत्यकावासीले हप्तादिन नहुँदै खानेपानीको स्रोत नै बन्द भएपछि के जनतामा निराशा छाउँदैन ?
मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी मन्त्रालयले बाग्मती नदी, भक्तपुरको महादेव जलाशय र जमिनमुनिको पानी सङ्कलन गरी वितरण गर्ने जनाएको छ । तर, त्यो पानी कहिलदेखि वितरण हुन्छ, त्यो सम्भव हुन्छ कि हुँदैन ? के त्यो पानी उपत्यकावासीको लागि पुग्छ ? कतै त्यो उपत्यकावासीको आक्रोश शिथिल पार्ने आश्वासनमात्र होइन भन्ने प्रश्न उठेको छ । गत वर्षको असार १ र साउन १७ गतेझैँ बाढी–पहिरो आएर मुहान नै छेक्यो या त्यस्तै स्थिति भयो भने त कसको के लाग्छ । तर, सामान्य वर्षासँगै सामान्य बाढी आयो भने के मुहानको ढोका बन्द गर्नुपर्ने स्थिति हुन्छ ? सामान्य बाढी आउनेबित्तिकै मुहानको ढोका नै बन्द गर्नुपर्ने संरचना कस्तो ¤ कतै मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य नै गुणस्तरहीन भएको त होइन ? कच्चा भएको होइन ? मेलम्ची आयोजनाको निर्माण कार्य गुणस्तरीय छ छैन, के त्यसबेला परीक्षण गर्नुपर्दैन ?
कार्तिकदेखि खानेपानी आयोजना बन्द हुने सूचनाअनुसार के अब बीचमा मुहानको ढोका खुल्दैन ? पानी परे पनि नपरे पनि वर्षा भए पनि नभए पनि अहिलेदेखि साउन–भदौसम्म कहिल्यै मुहानको ढोका खुल्दैन ? लामो समयसम्म खानेपानी उपभोग गर्न पाएन भने अर्बौँको बजेट खर्च गरेर बनाइएको मेलम्ची खानेपानी आयोजनाको के अर्थ रह्यो ? भनसुन र मनसुनको भर छैन भन्ने यो देशमा कमिसन र कमसलको कारण देशको ठूलो सम्पत्ति खेर गइरहेको छ ।
यहाँ प्रसङ्ग मेलम्ची खानेपानी आयोजनाको मात्र होइन देशमा बनिरहेका पुलहरूको स्थिति पनि त्यस्तै छ । करोडौँ खर्च भएका पुलहरू बनाउँदा बनाउँदै भत्किएका छन्, बनेर चालु हुन नपाउँदै भत्किएका छन् । सडक पीचको हालत पनि त्यस्तै छ । सडक पीच भएको महिना दिन होइन दुई–चार दिन पनि नटिकेको सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन् । आर्थिक लाभको निम्ति गुणस्तरहीन ढङ्गले संरचना निर्माण गर्दा यो समस्या देखिएको हो । मेलम्ची खानेपानी आयोजनाको संरचना अर्को दृष्टान्त बनेको छ । मेलम्ची खानेपानी बनाउन बनाइएको सुरूङको कार्य गुणस्तरहीन भएको त्यतिबेलै चर्चामा आएको हो । मेलम्चीको खानेपानी उपत्यकावासीले खान पाउलान् त भन्ने शङ्का उसैबेला भएको हो । आज त्यो छर्लङ्ग भएको छ ।
Leave a Reply