भर्खरै :

क्वाड’ मार्फत धूर्त चाल चालिँदै

अमेरिकी राष्ट्रपति जो बाइडेनको एसिया भ्रमणको महत्वपूर्ण पक्ष मङ्गलबार टोकियोमा भएको क्वाड नेताहरूको शिखर सम्मेलन हो । अमेरिका, जापान, भारत र अस्ट्रेलिया सम्मिलित अनौपचारिक बैठकलाई सामान्यतया ‘चीनलाई नियन्त्रण गर्ने प्रयास’ का रूपमा लिइन्छ । बाइडेनले भर्खरै प्रस्तुत गरेको ‘इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क’बारे यदि मानिसले प्रश्न गर्छन् भने क्वाड पक्षबाट, क्वाड वर्षौँदेखि सञ्चालनमा रहेको छ भन्ने जवाफ आउँछ ।
क्वाडलाई ग्लोबल टाइम्सले गत सेप्टेम्बरमा वासिङ्गटनमा आफ्नो पहिलो सम्मेलन आयोजना गर्दा ‘चीनलाई प्रतिबन्धित गर्न बनेको इन्डो–प्यासिफिकको भयावह गिरोह’ भनेर नाम दिएको थियो । र, अहिले ६ महिनाभन्दा बढी समय बितिसकेको छ । टोकियोमा भएको क्वाड शिखर सम्मेलनमा महत्वपूर्ण रणनीतिक समायोजन भए पनि सङ्गठनप्रति विश्व समुदायको धारणा, निर्णय र परिभाषा भने कायमै छ ।
केही विशेष योजना जारी गर्नुबाहेक यो शिखर सम्मेलनको संयुक्त वक्तव्य गत सेप्टेम्बरको शिखर सम्मेलनसँग मिल्दोजुल्दो देखिन्छ । बाहिरी विश्वको अपेक्षाविपरीत यो सम्मेलनमा ताइवान मुद्दामा छलफल भएन, बरु पूर्वाधार निर्माण, जलवायु परिवर्तन, महामारीको पूर्वतयारी र आपूर्ति शृङ्खलामा ध्यान केन्द्रित गरिएको थियो । क्वाड सुरक्षाबाट अर्थतन्त्रतर्फ गएको र क्वाडले तथाकथित ‘लघु एसियाली नेटो’ को विकास गरिरहेको छैन भन्ने टिप्पणी पनि सतहमा आएका छन् ।
तर, यो एक चालबाजी मात्र हो । ‘हामी कुनै पनि जबर्जस्ती, उत्तेजक वा एकपक्षीय कार्यको कडा निन्दा गर्छौँ, जसले यथास्थितिलाई भङ्ग गर्न र क्षेत्रीय तनाव बढाउन खोज्छ’, शिखर सम्मेलनपछिको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो । ‘विवादित क्षेत्रको सैन्यकरण’, ‘तटीय रक्षा जहाज र समुद्री मिलिसियाको घातक प्रयोग’, र ‘अन्य मुलुकको अपतटीय स्रोत प्रयोगका गतिविधिमा बाधा पु¥याउने प्रयास’ कार्ययोजनामा सम्मिलित थिए । यी सबै आरोप वासिङ्गटनले चीनविरुद्ध उत्साहसाथ लगाएको छ ।
टोकियो शिखर सम्मेलनले रणनीतिक ‘शब्दजाल’ का अतिरिक्त ‘भयानक चालबाजी’ पनि ल्याएको छ । उदाहरण अवैध माछा मार्नेलाई रोक्नका लागि बैठकले सामुद्रिक क्षेत्र जागरूकताका लागि इन्डो–प्यासिफिक साझेदारी स्थापना गरेको छ । तर, दुर्गम समुद्री क्षेत्रमा ‘अवैध माछा मार्ने’ काम प्रायः अमेरिका र जापानजस्ता मुलुकले गरिरहेका छन् । भर्खरै सम्पन्न भएको अमेरिका–आसियान विशेष बैठकमा आसियान क्षेत्रमा वासिङ्गटनको सबैभन्दा ठूलो लगानी ‘गैरकानुनी माछा सिकार’ मा छ । निःसन्देह चीन र एसिया–प्यासेफिक देशबीचको सम्बन्ध बिगार्न एक भ्रमपूर्ण ‘जनविचार युद्ध’ को प्रयोग गर्नुमा धूर्तता झल्किन्छ ।
वासिङ्गटनले ‘चीनसँग टकराव खोज्दैन’ भनेर दाबी गर्छ । तर, उसले भनाइमा एउटा र गराइमा आर्को गर्ने कलामा निपुणता हासिल गरेको छ । हालैका वर्ष वासिङ्गटन र यसका साझेदारले ‘चिनियाँ खतरा’ को सार्वजनिक पैरवी गरिरहेका छन्, तर धेरै मुलुकले वास्तविक ‘खतरा’ एसिया–प्यासेफिक क्षेत्रलाई दुई शिविरमा विभाजन गर्ने मनसायमा देखिरहेका छन्, अर्थात् एक शिविरलाई नेटोमा परिणत गर्ने प्रयास जसले अन्ततः अर्को शीतयुद्धतर्फ धकेल्नेछ । नतिजा वासिङ्गटन र टोकियो विभिन्नरूपमा ‘सहयोग’ का नाममा घुमाउरो बाटो हिँडिरहेका छन् । केही अमेरिकी सञ्चारमाध्यमले यसलाई चीनलाई आर्थिकरूपमा घेर्ने योजनाको हिस्सा भएको अनुमान गरेका छन् ।
वासिङ्गटनले ‘चीनसँग टकराव’ नखोज्ने दाबी गरे पनि उसले भनाइमा एउटा र गराइमा अर्को गर्ने कलामा निपुणता हासिल गरेको छ ।
टोकियो शिखर सम्मेलनका क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा क्वाडले आगामी पाँच वर्षमा इन्डो–प्यासिफिक क्षेत्रमा पूर्वाधार निर्माणमा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने वाचा गरेको छ । प्रत्येक वर्ष क्वाड फेलोसिप (छात्रवृत्ति) ले क्वाड मुलुकका विद्यार्थीलाई अमेरिका लगिनेछ । यदि यी सबै पूरा गर्न सकिन्छ भने यो एक आदर्श स्थिति हुनेछ । तर, यदि अमेरिका साँच्चै योगदान गर्न चाहन्छ भने एसिया प्यासेफिक इकोनोमिक कर्पोरेसन एपेकजस्ता स्थापित माध्यमबाट किन गर्दैन भनेर आममानिसले प्रश्न गर्न छाड्ने छैनन् । वासिङ्गटनको ‘बृहत् सम्झौता’ यस क्षेत्रमा अमेरिकी हित पूरा गर्ने र यहाँका विकास–केन्द्रित एसिया–प्यासेफिक सहयोग संरचनालाई कमजोर वा विघटन गर्ने उद्देश्यबाट प्रेरित छ ।
एसिया–प्यासेफिक विश्वको सबैभन्दा गतिशील क्षेत्र हो र यसको मुख्य कारण के हो भने अधिकांश क्षेत्रीय मुलुकले इमानदार बहुपक्षीयता, सहयोग र परस्पर लाभमा जोड दिन्छन् र एकको क्षतिमा अर्काको फाइदा हुने जिरो सम गेमको विरोध गर्छन् । अमेरिकाबाहेक इन्डो–प्यासेफिक इकोनोमिक फोरम (आइपिइएफ)ले १२ संस्थापक सदस्य राष्ट्रलाई आकर्षित गरेको छ । तर, अमेरिकाले अन्य १२ देशका लागि आफ्नो बजार नखोलेको र एकअर्काका लागि भन्सार नहटाएको सन्दर्भमा यो सम्झौताले के फाइदा गर्छ ? कति एसिया–प्यासिफिक देश सुरक्षा र आर्थिक मामिलामा चीनविरुद्ध उभिन तयार छन् ?
‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि समावेशी र उदार हुने हाम्रो अटल प्रतिबद्धतालाई नवीकरण गरौँ,’ संयुक्त वक्तव्यको पहिलो वाक्यमा भनिएको छ । यद्यपि, क्वाडको वास्तविक उद्देश्यसँग तुलना गर्दा वक्तव्यको पहिलो वाक्यको अपमान हुन जान्छ । वासिङ्गटनलाई यी सदस्यलाई एक प्याकेजका रूपमा प्रयोग गर्न र आफ्नो भूराजनीतिक स्वार्थपूर्ति गर्न आवश्यक छ र वासिङ्गटन यसमा उत्कृष्ट छ ।
हालका वर्षमा वासिङ्गटनले धेरै ‘रणनीति’ र ‘संवाद’ सुरु गरेको छ । तर, तीमध्ये अधिकांश पक्षपातपूर्ण परिवर्तनका क्रममा कतै देखिएनन् वा अमेरिकाले फिर्ता लियो अथवा बेवास्ता ग¥यो । अमेरिका सधैँ आफ्नो प्रभुत्वका लागि देशलाई ‘इन्धन’ बनाएर मूर्ख बनाउन चाहन्छ । तर, समत्र्न्दा अगाडि बढ्ने अमेरिकी प्रयास सधैँ व्यर्थ हुन्छ ।
(ग्लोबल टाइम्सको सम्पादकीय लेख)
ग्लोबल टाइम्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *