यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अमेरिकी विदेशमन्त्री आन्टोनी ब्लिन्कनले हालै चीनसम्बन्धी नीतिमा सम्बोधन गर्ने क्रममा अमेरिका र चिनियाँ कम्युनिस्ट पार्टी तथा चीन सरकारबीच गहिरो मतभेद मौजुद रहेको भन्दै ती मतभेदहरू दुई देशका सरकार र व्यवस्थाबीच मात्र मौजुद रहेको र जनताबीच नरहेको कुरा बताएका छन् ।
उनको उक्त भनाइबाट ‘नक्कली मायालु भावना’ देख्न सकिन्छ । अवश्य नै यो अमेरिकी राजनीतिज्ञको चेपारे नीति हो । यो चिनियाँ कम्युनिस्ट पार्टीको बदनाम गर्न र चिनियाँ कम्युनिस्ट पार्टी तथा जनताबीचको घनिष्ट बिगार्ने षड्यन्त्र हो ।
ब्लिन्कनलगायतका अमेरिकी राजनीतिज्ञले इतिहास र तथ्यको बेवास्ता गरी जनताको साझा अभिलाषाविपरीत जथाभावीरूपमा चिनियाँ कम्युनिस्ट पार्टी तथा जनताबीचको घनिष्ट सम्बन्धलाई तोड्ने प्रयास गर्न खोजेका छन् ।
ब्लिन्कनको सम्बोधन सकारात्मक जस्तो देखिए तापनि त्यसले चीनको विकासको प्रतिरोध गर्न र चीन राष्ट्रको पुनःरूत्थानलाई अवरोध गर्न खोजेको देखिन्छ ।
जून १ का दिन अमेरिकी उपव्यापार प्रतिनिधि सारा बियान्चीले चीनको थाइवानका प्रतिनिधिसँग भिडियो वार्ता आयोजना गरेर तथाकथित २१ औँ शताब्दी अमेरिका तथा थानवानबीचको व्यापार परियोजना बनाएका छन् । यो परियोजना अमेरिकाले थाइवानसँग मिलेर व्यापारको नाममा विशेष राजनीतिक उद्देश्य पूरा गर्ने उपाय हो । यो थाइवानलाई प्रयोग गरेर चीनको प्रतिरोध गर्ने अमेरिकाको राजनीतिक उद्देश्य हो । अमेरिकाको उक्त गतिविधिले चीन र अमेरिकाबीचको तीनबुँदे संयुक्त घोषणापत्रको सहमतिलाई उल्लङ्घन गरेको छ । यो कार्यले चीन र अमेरिकाबीचको सम्बन्धलाई खलल पार्नेछ ।
चीन र अमेरिकाबीचको तीनबुँदे संयुक्त घोषणापत्रले अमेरिकाले विश्वमा एक चीन र थाइवान चीनबाट विभाजन गर्न नसकिने एक भागको विषयमा स्वीकार गरेको छ । अमेरिका र थाइवानबीचको व्यापार परियोजनाले एक चीनको नीतिलाई उल्लङ्घन गरेको देखिन्छ । यो गतिविधि अमरिकाले चीनलाई प्रतिरोध गर्न खोजेको एउटा नयाँ उपाय हो । भविष्यमा चीन अवश्य नै एकीकृत हुनेछ र यो कार्यलाई कुनै व्यक्ति वा शक्तिले रोक्न सक्दैन ।
Leave a Reply