कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २१ जेठ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा २ वडा इताछेँ एकाइ समितिको आयोजनामा २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गर्न सफल जनप्रतिनिधिहरूलाई बधाईज्ञापन तथा धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले भक्तपुर नगरपालिका हरेक नागरिकले १५ मिनेटभित्र स्वास्थ्य सेवा प्राप्त गर्न सकिने देशकै सबैभन्दा सानो नगरपालिका भएको बताउँदै नपाद्वारा सञ्चालित ख्वप अस्पतालले सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।
उहाँले शिशुस्याहारदेखि कलेजसम्मको व्यवस्थापन गर्ने भक्तपुर नगरपालिका एकमात्र स्थानीय तह रहेको जिकीर गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणमा गरिरहेको कार्य देशभरमै उत्कृष्ट रहेको चर्चा गर्नुभयो ।
प्रमुख प्रजापतिले समाजवाद काम गरी खाने वर्गको निम्ति स्वर्ग हो, नेमकिपामा अग्रजहरूले गरेको योगदानलाई स्मरण गर्दै काम गरी खाने जनताको हितको निम्ति अबको पुस्ताले सो कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशका सभासद् सृजना सैंजुले नेमकिपाले स्थानीय तह सदस्य निर्वाचनमा जनताको मत र मन दुबै जित्न सफल भएको चर्चा गर्दै भनपाले ख्वप मोडेलमार्पmत शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, कला संस्कृति र विकासको मोडेललाई देशमै नमुनाको रूपमा अगाडि बढाउन सफल भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक गतिविधिहरूको सङ्क्षिप्त चर्चा गर्दै सिद्धान्तको सम्झौता नगर्ने र कार्यकर्ताहरूमा राजनैतिक संस्कार विकास गर्न सफल एकमात्र पार्टी नेमकिपा हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले काठमाडौँ र ललितपुर जिल्लाका जनताले समेत नेमकिपाको आवश्यकता महसुस गरेको बताउँदै भक्तपुर नगरवासीहरूको शैक्षिक स्तर वृद्धि भइरहेको जानकारी दिनुभयो ।
भनपा–२ वडाका निर्वाचित वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिका–२ मा सञ्चालित देको–मिवा–इतापाके आयोजना व्यवस्थित सहर विकासको लागि सञ्चालित योजना हो, नेमकिपाले घोषणापत्रमा उल्लेख गरेबमोजिमका कार्यहरू एक–एक गर्दै प्रतिबद्ध भई कार्यान्वयन गर्न वडावासीहरूको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा–२ नं. वडा निर्वाचन परिचालन समितिका संयोजक रवीन्द्र खर्बुजा, निर्वाचित वडासदस्यहरू श्यामसुन्दर मातां, न्हुछेराम कोजु र मञ्जुमाया लाखाजुले स्थानीय तह सदस्य निर्वाचनमा व्यक्ति होइन पार्टी विजयी भएको हो भन्नुभयो ।
कार्यक्रममा अध्यक्ष राजन जति, समाजसेवी विनोदचरण राय र कोषाध्यक्ष कृष्णराम तुकंबञ्जारले पनि बोल्नुभएको थियो ।
Leave a Reply