भर्खरै :

गाईजात्रासँगै लाखेंजात्रा मनाइयो

ललितपुर, २४ साउन । गोदावरी नगरपालिकास्थित चापागाउँ र ठेचोेमा प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा यस वर्ष पनि भव्यताका साथ मनाएको छ ।
गाईजात्रासँगै परम्परागतरुपमा चल्दै आएको लाखें नाच समेत देखाउने प्रचलन छ । गाईजात्राका दिन गाईलाई लक्ष्मीको रुपमा सिंगारेर बजार परिक्रमा गराउने प्रचलन छ ।
जात्रा हेर्न यहाँ गोदावरी, लेले, छम्पी, धापाखेल, देवीचौरलगायतका क्षेत्रबाट व्यापक रुपमा मानिसहरुको उपस्थिति रहेको गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार आजका दिन नेवारी परम्पराअनुसार यस वर्ष दिवङ्गत भएका परिवारका सदस्यले दान गरेमा मृत आत्माले शान्ति पाउने र स्वर्गलोकमा बास हुने विश्वास छ ।
स्थानीय सन्तवहादुर देशारका अनुसार गाईजात्रासँगै मनाइने लाखेंजात्रा नेवारी समुदायको प्रत्येक टोल–टोलमा मनाउने चलन छ । लाखेंको रुपमा नाच्ने व्यक्तिले आफ्नो अनुहार नदेखिने गरी मकुन्डो लगाउने गर्दछ भने उक्त मकुन्डोमा लामो खालको कृत्रिम कपाल समेत रहने गरेको उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *