हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, २८ जेठ । गःपलि टोल सुधार समितिको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ मा भक्तपुर नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा वडा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम साइनिङ्ग एकेडेमीको प्राङ्गणमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनता राम्रो भए चुनिने नेता पनि राम्रो हुने बताउनुभयो । पैसा र भोजमा बिकेर मत दिए जनताले भ्रष्टाचारी नेता पाउने उहाँले बताउनुभयो ।
उहाँले सङ्ख्याभन्दा विचार महत्वपूर्ण हुने चर्चा गर्दै सार्वभौमिकता सबै देशको बराबर हुने बताउनुभयो ।
उहाँले भक्तपुर एसियाकै सफा सहर बन्न सफल भएको उल्लेख गर्दै भक्तपुरमा सरसफाइ र शिक्षामा क्रान्ति नै भएको छ भन्नुभयो ।
उहाँले विदेशी सहयोगविना १२४ सम्पदा पुनःनिर्माण गरेको बताउँदै काठमाडौँको भन्दा जेठो रानी पोखरी जीर्णोद्धार गरेको बताउनुभयो ।
उहाँले तीन सय वर्ष पुरानो पाँचतले मन्दिर जीर्णोद्धार जनताको सहयोगमा भएको उल्लेख गर्दै कुनै पनि भूकम्पबाट नभत्किएको पाँचतले मन्दिरको बनावट र वास्तुशास्त्रबारे ख्वप इन्जिनियरिङ्ग कलेजमा पढाउने गरेको बताउनुभयो ।
उहाँले अहिले सय शय्याको अस्पताल स्वीकृति दिएकोले नर्सिङ्ग सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन, सुन्दर सफा नगर बनाउन नगरवासीहरूले पनि आफ्नो कर्तव्य पालना गरी सहयोग गर्नुपर्ने उल्लेख गर्दै काठमाडौँमा देखिएको फोहरको समस्या समाधान गर्न घरघरबाटै फोहर छुट्याई सङ्कलन गर्नुपर्ने र नकुहिने फोहरको बेचबिखन गरी आयआर्जन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नेपालकै उत्कृष्ट बन्नुमा अग्रज कार्यकर्ता, नेताहरूको देन र नगरवासीहरूको सहयोग रहेको बताउनुभयो ।
उहाँले निर्वाचन घोषणापत्रअनुसार शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण गरी नगरवासीहरूको सांस्कृतिक स्तर उठाउनसमेत कार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार एवम् भक्तपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रोशनीमैया धौबञ्जारले नेपालकै सर्वोत्कृष्ट नगर बन्न सफल भएको उल्लेख गर्दै नगरले फुटपाथ पसलको व्यवस्थापन, चोरी, फोहरमैला व्यवस्थापन र प्लाष्टिक बाल्न नदिनेतर्फ व्यवस्थापन गर्न नगरपालिकालाई सुझाव दिनुभयो ।
गःपलि टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित भक्तपुरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा सचिव रवीन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्ष रविन छुस्याकीले पनि बोल्नुभएको थियो ।
Leave a Reply