कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ३१ जेठ । स्थानीय पथप्रदर्शक व्यवस्थापन समिति, भक्तपुरले स्थानीय पथप्रदर्शकहरूको भेलाको आयोजना गरेको छ ।
मङ्गलबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पर्यटक प्रदर्शकहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय स्थिति जानकारीमा राख्नु जरुरी भएको विचार राख्नुभयो । उहाँले देशको अर्थतन्त्र बलियो भए आन्तरिक पर्यटक बढ्ने भन्दै हाम्रो सांस्कृतिक सम्पदा संरक्षण भए पर्यटक पनि बढ्ने छ भन्नुभयो । लायकूको चित्रकला सङ्ग्रहालय पुनःनिर्माण गर्नुपर्ने विषय सदनमा उठाइरहेको सचिव सुवालको भनाइ थियो ।
सचिव सुवालले संसद्मा आगामी आव २०७९÷८० को बजेटबारे छलफल भइरहेको उल्लेख गर्दै बजेट ऋण र अनुदानमा निर्भर भएको बताउनुभयो । उहाँले सरकार गतिलो नहुँदा व्यापार घाटा र सार्वजनिक ऋण बढ्दो क्रममा रहेको तर्क गर्नुभयो । रोपाइँ सुरु भएर पनि किसानले मल नपाएको भन्दै सचिव सुवालले नेमकिपाले अविलम्ब मलको व्यवस्था गर्न सडक र सदनमा आवाज उठाइरहेको भनाइ राख्नुभयो ।
निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने, पार्टी जितेमा देश र जनताको दुःख पाउने उहाँको विचार थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैँजूले भक्तपुरलाई चिनाउने पथप्रदर्शकहरू सभ्य एवम् सुसंस्कृत हुनुपर्ने भन्दै महिला पथप्रदर्शक बढाउनमा जोड दिनुपर्ने भनाइ राख्नुभयो । नेपालका अर्थतन्त्रमा पर्यटनले ७–१० प्रतिशत योगदान गरेको उल्लेख गर्दै उहाँले भक्तपुर पर्यटकीय नगर भएकोले भक्तपुरको औद्योगिक क्षेत्र स्थानान्तरण गरी हस्तकला ग्राम बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले नगरपालिकाले पथप्रदर्शकहरूसँग समन्वय तथा बैठक गरिरहने भन्दै पर्यटकलाई सही सूचना पुग्नुपर्ने भनाइ राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको कार्यक्रममा भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, पर्यटन व्यवसायी रामसुन्दर भेले, गोविन्दप्रसाद भट्टराई, जनप्रतिनिधिहरू विष्णुमाया कामी, मञ्जुमैयाँ लाखा, कृष्णप्यारी जधारीलगायतले मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply