कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
हेटौँडा, ३१ जेठ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले मङ्गलबार हेटौँडामा भेट गर्नुभयो ।
भेटका क्रममा मुख्यमन्त्री पाण्डेले बाग्मती प्रदेशअन्तर्गत उच्च शिक्षा ऐन पारित भइसकेको र नियमावली बन्ने क्रममा रहेको जानकारी गराउँदै सार्वजनिक, मानित र प्रतिष्ठान गरी तीनवटा प्रावधानको आधारमा विश्वविद्यालय सञ्चालनको लागि छिट्टै आह्वान गरिने बताउनुभयो । स्थानीय तहले सञ्चालन गर्ने प्रावधानअनुरुप ख्वप विश्वविद्यालयलाई प्राथमिकतामा राखी अगाडि बढाउनेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले हालै १०० शय्यामा स्तरोन्नति भएको ख्वप अस्पताल देशकै लागि उदाहरणीय ढङ्गले अस्पताल सञ्चालन गरेर देखाउन सफल हुनेमा विश्वस्त रहेको बताउँदै ख्वप अस्पताललाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
भेटमा भक्तपुर नपाका प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय स्थानीय तहले सञ्चालन गर्ने विश्वविद्यालय भएको हुँदा काठमाडौँ उपत्यकामा जग्गा महँगो भएकोले कम जग्गामा चलाउन सक्ने प्रावधानको खाँचो रहेको औँल्याउनुभयो ।
विश्वविद्यालय सञ्चालनको लागि राम्रोसँग सञ्चालनमा रहेका कलेजहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले सङ्घ सरकारको बेवास्ताका कारण हालसम्म ख्वप विश्वविद्यालयले सम्बन्धन नपाएको हो भन्नुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल १०० शय्यामा स्तरवृद्धि गर्न सहयोग पुर्याउनुभएकोमा धन्यवादज्ञापन गर्दै अस्पतालमा एमआरआई, सीटीस्क्यानलगायतका स्वास्थ्य उपकरण तथा भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेसमक्ष लिखित माग गर्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले मुख्यमन्त्री पाण्डेलाई मयुरको झ्याल र नपाका प्रकाशनहरू प्रदान गर्नुभएको थियो ।
किसानलाई छिटोभन्दा छिटो रासायनिक मल उपलब्ध गराउन कृषि सचिवको ध्यानाकर्षण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसानलाई छिटोभन्दा छिटो रासायनिक मल उपलब्ध गराउन बाग्मती प्रदेशअन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेसमक्ष मङ्गलबार ध्यानाकर्षण गराउनुभयो ।
नगर प्रमुख प्रजापतिले कृषि सचिव पाण्डेसँग भेटी नेपाल सरकारबाट अनुदानमा उपलब्ध गराउँदै आएको रासायनिक मल भक्तपुर नपा क्षेत्रका कृषकहरूको लागि अपुग भएको बताउँदै भक्तपुर नपाको लागि ५०० मे.ट. युरिया, ७० मे.ट. डीएपी र ३० मे.ट. पोटास आवश्यक पर्ने भएको हुँदा मागबमोजिमको रासायनिक मल उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभएको हो ।
सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले कृषकहरूले समयमै मल प्राप्त गर्न नसक्दा कृषि उत्पादनमा कमी आउने र खाद्यान्न उत्पादनमा ह्रास हुने बताउनुभयो ।
सोही क्रममा कृषि मन्त्रालयका सचिव डा. पाण्डेले सरकारले कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा कृषकहरू मारमा परेको र कृषिजन्य वस्तुहरूको उत्पादनमा समेत कमी आउने बताउँदै भक्तपुरलाई आवश्यक पर्ने रासायनिक मल उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको पनि उपस्थिति थियो ।
Leave a Reply