भर्खरै :

बाल विकासमा चिनियाँ चलचित्र प्रदर्शनी

भक्तपुर, २५ साउन । चिनियाँ सांस्कृतिक केन्द्रसँगको समन्वयमा सीसीसी सेकेण्ड स्कूल एण्ड फिल्म फेस्टिभलअन्तर्गत चिनियाँ चलचित्र प्रदर्शनी कार्यक्रम बुधबार बाल विकास स्कूलमा सम्पन्न भयो ।  चीन र नेपालबीचको सांस्कृतिक तथा आत्मीयतालाई अझ द¥हो र सार्थक बनाउन सांस्कृतिक आदानप्रदानले सहयोग पु¥याउने भनाइ राख्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले चीनको सांस्कृतिक, आर्थिक विकासबाट नयाँ पुस्ताले जानकारी हासिल गर्नुुपर्ने विचार व्यक्त गर्नुभयो ।
नयाँ पुस्ताहरुले दुई देशबीचको पुलको काम गरी एक आपसमा सद्भाव र भाइचारा विकास गर्नुपर्ने कुरामा जोड दिंदै नेपाल चीनको मित्रता अमर रहोस् भन्ने कामना गर्नुभयो । चिनियाँ सांस्कृतिक केन्द्रका डाइरेक्टर इन कुन सोङले दुई देशबीचको सांस्कृतिक आदानप्रदानले देश, परिवेश र जनताको भावना बुझ्न पाउने विचार व्यक्त गर्नुभयो ।  उहाँले दुई देशबीचको हिमाल तथा पहाडहरु अवरोध नभई अवसर र सम्बन्ध विकास गर्ने साँघु भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई चिनियाँ चलचित्र देखाइएको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *