भर्खरै :

उत्तर कोरियामाथि आक्रमणको धम्की बन्द गर !

-प्रकाश
अमेरिकी साम्राज्यवादको एसिया आधिपत्यको मार्गमा उत्तर कोरिया निकै तीखो सुइरोसहितको तगारो बनिरहेको छ । अमेरिकी शासकहरुले उत्तर कोरिया अर्थात प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई धूलोपिठो बनाउने सपना देखेको धेरै दसक भइसक्यो तर तिनीहरुको त्यो सपना मृगतृष्णामात्र हो ।
जापानी सैन्यवाद र उपनिवेशवादसित दसकौं लामो लडाइँपछि भर्खर स्वतन्त्र भएको मुलुक कोरियामा संरा अमेरिकाले १९४५ मा सेना उत्तारेको थियो । एक स्वतन्त्र र सार्वभौम देशमाथि हमला गरी १९५०–५३ सम्म लडाइँ गरेर कोरियालाई उत्तर दक्षिणमा विभाजित गरेको थियो साम्राज्यवादी संरा अमेरिकाले । थोरैमात्र राजनीति बुझेका सबैलाई थाहा छ आज दक्षिण कोरिया र जापानमा जतिसुकै जननिर्वाचित सरकार भने तापनि ती संरा अमेरिकी कठपुतली सरकार नै हुन् । अमेरिकी कठपुतली बन्ने गुण र दास मानसिकता नभईकन ती देशमा राष्ट्रपति र प्रधानमन्त्री बन्नै सकिंदैन, कदाचित बने पनि टिक्न दिइँदैन ।
अमेरिकी साम्राज्यवादको एसिया आधिपत्यको मार्गमा उत्तर कोरिया निकै तीखो सुइरोसहितको तगारो बनिरहेको छ । अमेरिकी शासकहरुले उत्तर कोरिया अर्थात प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई धूलोपिठो बनाउने सपना देखेको धेरै दसक भइसक्यो तर तिनीहरुको त्यो सपना मृगतृष्णामात्र हो । नेता र जनताको एकमना एकताले प्रजग कोरिया शक्तिशालीमात्र होइन, आणविक अस्त्रको फौजयुक्त देश बनिसकेको छ । उत्तर कोरियाले आफ्नो रक्षाको निम्ति अन्तर महादेशीय आणविक व्यालेष्टिक क्षेप्यास्त्रसहित हाइड्रोजन बमलगायत अनेक अत्याधुनिक अस्त्र तयार गरी परीक्षण गर्न थालेपछि संरा अमेरिकी साम्राज्यवादीहरु, तिनका पिछलग्गू तथा कठपुतलीहरुलाई अत्यन्तै दाहा भएको छ । आज कुनै दिन त्यस्तो छैन जुन दिन ती साम्राज्यवादी, पिछलग्गू तथा कठपुतलीहरुले उत्तर कोरियामाथि हमला गर्ने र ध्वस्त पारिदिने धम्की दिएको नहोस् । प्रजग कोरिया अर्थात उत्तर कोरियाका नेता र जनता त्यस्ता धम्कीदेखि डराउने र तर्सने जाति होइनन् । नाकाबन्दी, धम्की र आक्रमणबाट उत्तर कोरिया तर्सने हो भने त पहिले नै त्यसको अस्तित्व समाप्त भइसक्थ्यो ।
कोरियाली जनसेना तथा जनता साम्राज्यवादी आक्रमणको तत्काल प्रत्याक्रमणका निम्ति तम्तयार अवस्थामा छन् । उनीहरु युद्ध भए युद्ध र वार्ता भए वार्ता भनी कुनै पनि मोर्चाका निम्ति तयार छन् । कोरियाली जनतालाई आक्रमण गर्ने धम्की दिई भड्काउनु साम्राज्यवादी, पिछलग्गू तथा कठपुतलीहरुको दुर्भाग्यको दिनको सुरुवात हुनेछ । तसर्थ अमेरिकी राष्ट्रपति ट्रम्प होस् वा केही अमेरिकी कठपुतली उत्तर कोरियामाथि आक्रमणको धम्की दिई आफ्नो राजनीतिको रोटी पोल्ने काम बन्द गर्नुपर्छ । विश्वरभका न्यायप्रेमी, स्वतन्त्रता र स्वाधीनताप्रेमी जनता आज आवाज बुलन्द गर्दैछन् – उत्तर कोरियामाथि आक्रमणको धम्की बन्द गर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *