भर्खरै :

ज्यानमारा खाल्डाखुल्डी कि भ्रष्ट राज्य ?

राजधानीमा विद्यालयबाट फर्केकी एक जना छात्रा नालीमा खसेको घटनाको चर्चा नसेलाउँदै रौतहटमा चार जना बालबालिका पानीका खाल्डामा खसेर ज्यान गुमाउनुप¥यो । रौतहट जिल्लामै पछिल्ला तीन महिनामा एघार जना बालबालिकाले सडक बनाउने क्रममा छेउमा बनाइएका पानीले भरिएका खाल्डामा खसेर ज्यान गुमाएको समाचार सार्वजनिक भयो । ठेकेदारले बाटो बनाउने क्रममा सडक छेउमा माटो निकाल्न बनाएका खाल्डामा जमेका पानीमा केटाकेटीहरू खसेर वा डुबेर मारिएका हुन् । वर्षायाममा पानी पर्नु प्राकृतिक प्रक्रिया हो । वर्षाका कारण खाल्डामा पानी जम्नु पनि प्राकृतिक कुरा हो । तर सडक बनाउन माटो निकाल्दा बनेका खाल्डामा केटाकेटी डुब्नु भने प्राकृतिक वा कुनै भवितव्य होइन । यसलाई भवितव्य भनेर पन्छाउनु दोषी वा अपराधीलाई उन्मुक्ति दिनु हो ।
सडक बनाउन वा कुनै अरू विकास निर्माणका कामको ठेक्का लिएका नाफाखोर ठेकेदारहरूले सम्भावित दुर्घटनाको ख्याल नगरी असामाजिक व्यवहार गर्नुको परिणामलाई भवितव्य भन्नु अनैतिकता र अपराध हो । त्यस्ता दुर्घटनाको लागि सरकारले आफ्नो कोषबाट क्षतिपूर्ति दिनु अपराधीलाई उन्मुक्ति दिने अर्को काइदा हो । गल्ती ठेकेदारले गर्ने अनि क्षतिपूर्ति जनताको रगत पसिनाले जम्मा भएको राज्यकोषबाट दिनु भ्रष्टाचार हो र अपराधीलाई हौसला दिनु हो ।

वर्षायाममा पानी पर्नु प्राकृतिक प्रक्रिया हो । वर्षाका कारण खाल्डामा पानी जम्नु पनि प्राकृतिक कुरा हो । तर सडक बनाउन माटो निकाल्दा बनेका खाल्डामा केटाकेटी डुब्नु भने प्राकृतिक वा कुनै भवितव्य होइन । यसलाई भवितव्य भनेर पन्छाउनु दोषी वा अपराधीलाई उन्मुक्ति दिनु हो ।

निर्माण कार्यमा हुने गरेको लापबा¥ही र भ्रष्टाचार खुला सत्य हो । जुन ठेकेदारले सरकारी कर्मचारी, प्रहरी प्रशासन, शासक राजनीतिक दल र स्थानीय गुण्डाहरूसम्मलाई ठूलो कमिशनको भाग पु¥याउन सक्छ, उसैले टेण्डर हात पार्ने र त्यही कमिशनको हिसाब कटाएर ठेकेदारले बनाउने न्यून गुणस्तरको निर्माणका कारण रौतहटमा मात्र होइन, देशभरि नै कुनै न कुनै रूपमा यस्ता दुर्घटना हुने गरेका छन् । राज्य संयन्त्र स्वंय भ्रष्टाचारी बन्दा आज हरेक दिन कुनै न कुनै किसिमले जनताले कथाकथित दुर्घटनाको शिकार बन्नु परिरहेको छ, आफ्ना प्रियजन गुमाइरहनुपरेको छ । तर राज्य समस्याको जरामा पुग्नुको सट्टा केही हजारको क्षतिपूर्तिले आफ्नो भ्रष्ट संयन्त्रको भ्वाङ टाल्ने अपराध गरिरेको छ ।
ठेकेदारले ठेक्का लिने अनि तोकिएको समयमा गुणस्तरीय निर्माण नहुनु हाम्रो देशमा स्वाभाविक जस्तै हुन थालेको छ । तर दिइएको समयमा तोकिएको काम गर्न नसक्ने ठेकेदारलाई कुनै कार्यबाही हँुदैन । बरू सरकारमा जाने राजनीतिक दलको सुरक्षा कवच बोकेर ती अपराधी र ज्यानमारा ठेकेदारहरू समाजमा प्रतिष्ठाको विज्ञापन गर्दै हिंड्छन् । राजधानीमा नालीमा खसेर छात्राको कन्तबिजोग र रौतहटमा बालबालिकाको मरण राज्य स्वंयले बुनेको हत्याको धराप हो । सरकारमा जाने दलहरूले अपराधी ठेकेदारहरूलाई चन्दाको लोभमा जबसम्म टिका लगाएर पाप चोख्याइदिने काम गरिरहन्छन्, यस्ता घटना दैनिक दोहोरिरहनेछन् । अनि तिनका ज्यानमारा कर्तुतलाई सरकारले क्षतिपूर्तिको जामा लगाइरहने गल्ती भइरहनेछ ।
तसर्थ ज्यान मार्ने खाल्डाखाल्डी होइनन्, विकास निर्माणलाई आफ्नो दुनो सोझ्याउने कामको रूपमा मात्र देख्ने असामाजिक ठेकेदार र तिनलाई अंगाल्दै हिंड्ने शासक दलहरू नै ज्यानमारा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *