भर्खरै :

क्यान्सर उपचारको लागि सुरुमै पहिचान हुनुपर्ने

काठमाडौँ, ४ असार । कुनै बेला नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा गरेको ३० औँ सुदीप्त क्यान्सर सर्भाइबर मिटमा क्यान्सर निको भएका व्यक्तिहरूले क्यान्सरको उपचार सम्भव भएको बताए । क्यान्सरको उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमाथि जोड दिँदै उनीहरूले नेपालमै अन्तराष्ट्रियस्तरको क्यान्सरको उपचार हुने जनाए । त्यसकारण, क्यान्सर भएकाहरूले आ–आफ्नो मनोबल नगिराउन उनीहरूले सल्लाह दिए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराईले क्यान्सरबारेको जनचेतना अझै व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उहाँले मनोबल उच्च राख्न सबै बिरामीलाई सल्लाह दिनुभयो ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदीप्त क्यान्सर सर्भाइबर मिटका संयोजक स्वरूपा श्रेष्ठले क्यान्सरको उत्तर रहेको भन्दै खुसीसाथ जीवन बिताउन सुझाव दिनुभयो । क्यान्सर रोग निको हुने रोगमा रहेको बताउँदै उहाँले ठीक समयमा नेपालमै उपचार गरेर खुसीसाथ नयाँ जीवन जिउन सुझाव दिनुभयो ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशांक शर्माले आफूले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ वर्ष भएको अनुभव सुनाउँदै नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार हुने अस्पताल रहेको बताउनुभयो ।
महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापकरूपमा लैजाने योजना रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *